सिद्धार्थ वनस्थली स्कूल
Budhanilkantha School बूढानीलकण्ठ स्कूल | |
---|---|
ठेगाना | |
बनस्थली बालाजु काठमाडौं , बागमती 44600 नेपाल | |
जानकारी | |
विद्यालय प्रकार | निजी स्कुल |
आदर्श वाक्य | Knowledge is Power |
संस्थापन | सन् १९५२ |
विद्यालय जिल्ला | काठमाडौं |
कर्मचारी | 200 |
सङ्काय | 80 |
ग्रेड | 5-12 |
विद्यार्थी सङ्ख्या | 1136 total |
Sixth form students | 180 |
शिक्षक-विद्यार्थी अनुपात | 14:1 |
क्षेत्र | 95 Acres |
नारा | Knowledge is Power |
Graduates | Approximately 4000 |
वेबसाइट | svi |
सन् १९५२मा स्व.प्रा. भुवनलाल जोशी र शिक्षाविद् स्व. विजयानन्द जोशीद्वारा संयुक्तरूपमा स्थापना भएको सिद्धार्थ वनस्थली इन्स्टीच्युटको शुरुको नाम 'वनस्थली विद्याश्रम' थियो। खरको छाना भएको दुईतले माटोको भवनबाट थालनी भएको उक्त इन्स्टीच्युटमा संस्थापक सदस्यका छोराछोरीलगायत छिमेकी र नातागोताहरू नै यस विद्यालयका पहिलो समूहका विद्यार्थी थिए। इन्स्टीच्युटका लागि जग्गा स्व. मार्सल जनरल हरिशमशेर ज.ब.रा.बाट सहयोगस्वरूप प्राप्त भएको थियो। स्व.प्रा. भुवनलाल जोशी अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर फर्किएपछि उहाँकै सक्रियतामा इन्स्टीच्युटको स्थापना भयो भने उहाँले नै लगभग धेरैजसो विषयको प्राध्यापनको दायित्व लिनुभएको थियो।
सन् १९७३ मा आएर सुरुको सिद्धार्थ अङ्ग्रेजी बोर्डिङ स्कूलको नामलाई पुनः वनस्थली विद्याश्रम बनाई सिद्धार्थ वनस्थली माध्यमिक विद्यालय नामकरण गरियो र सोही वर्षदेखि लक्ष्मण राजवंशीले स्कूलको सम्पूर्ण जिम्मेवारी वहन गर्दै आउनुभएको छ।