सामग्रीमा जानुहोस्

सिद्धु मूसेवाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्धु मूसेवाला
सन् २०२० मा मूसेवाला
जन्मशुभदीप सिंह सिद्धू []
(१९९३-०६-११)११ जुन १९९३[]
मुसा, पन्जाब, भारत
मृत्यु२९ मे २०२२(2022-05-29) (उमेर २८)
जावहार्के, पन्जाब, भारत
मृत्युको कारणगोली हानी हत्या
अन्य नाम५९११ [][]
पेशा
  • र्‍यापर
  • गायक
  • गितकार
  • राजनीतिज्ञ
कार्यकाल२०१६–२०२२
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
हस्ताक्षर

शुभदीप सिंह सिद्धू (११ जुन १९९३ – २९ मे २०२२), पेशागत रूपमा सिद्धू मूसेवालाका नामले परिचित, एक भारतीय गायक र र्‍यापर थिए। उनले मुख्यतः पञ्जाबी भाषाको संगीत र चलचित्र क्षेत्रमा काम गरेका थिए। मूसेवाला इतिहासका सबैभन्दा प्रभावशाली र सफल पञ्जाबी र्‍यापरहरू मध्येका एक मानिन्छन् र धेरैका दृष्टिमा, आफ्नो पुस्ताका महान भारतीय संगीतकारहरू मध्येका एक थिए। []

सन् २०२० मा, दि गार्डियन पत्रिकाले मूसेवालालाई उदीयमान ५० कलाकारहरू मध्ये एकका रूपमा उल्लेख गरेको थियो। उनले वायरलेस फेस्टिभलमा प्रस्तुति दिने पहिलो पञ्जाबी र भारतीय गायकको रूपमा पनि इतिहास रचेका थिए र ब्रिट एसिया टिभी म्युजिक अवार्ड्समा चारवटा पुरस्कार जितेका थिए।[]

मूसेवाला आफ्नो गीत सो हाई मार्फत लोकप्रियतामा आएका थिए। सन् २०१८ मा उनले आफ्नो पहिलो एल्बम पिविएक्स १ सार्वजनिक गरे, जसले बिलबोर्ड क्यानाडियन एल्बम्स चार्टमा ६६औँ स्थान हासिल गरेको थियो। उनका एकल गीतहरू ४७मेरा ना लाई यूके सिंगल्स चार्टमा स्थान प्राप्त भएको थियो।

भारतको पञ्जाबको मूसा गाउँमा जन्मिएका मूसेवालाले आफ्नो पेशागत जीवन सन् २०१६ मा लाइसेन्स नामक गीतका लागि गीतकारको रूपमा सुरुवात गरेका थिए जसलाई गायक निन्जाले गाएका थिए। सन् २०१७ मा गुरलेज अख्तरसँगको युगल गीत जी वागोन मार्फत उनले मुख्य कलाकारको रूपमा डेब्यु गरे। आफ्नो पहिलो गीतपछि उनले ब्राउन ब्वोइजसँग विभिन्न गीतहरूमा सहकार्य गरे। मूसेवालाका गीतहरू यूके एसियन म्युजिक चार्टमा शीर्ष स्थानमा पुगेका थिए। उनको गीत वामविहे वोल विश्वव्यापी युट्युब म्युजिक चार्टका शीर्ष पाँच गीतहरू मध्ये परेको थियो।

सन् २०२१ मा उनले मुसेटेप नामक एल्बम सार्वजनिक गरे, जसका गीतहरू बिलबोर्ड ग्लोबल २००, बिलबोर्ड ग्लोबल एक्सक्लु. यूएस, क्यानाडियन हट १००, यूके एसियन, र न्युजिल्यान्ड हट चार्टहरूमा विश्वव्यापी रूपमा चार्ट भएका थिए। मूसेवालाका गीतहरू बिलबोर्ड इन्डिया सॉन्ग्स चार्टमा सबैभन्दा धेरै नम्बर-वान एकल भएका छन्। यो स्पोटिफाईमा १ अर्बभन्दा बढी स्ट्रिम हुने पहिलो भारतीय एल्बम बनेको थियो।[]

सन् २०२१ मा मूसेवाला भारतीय राष्ट्रिय काङ्ग्रेस (आइएनसि) राजनीतिक दलमा सामेल भएका थिए र सन् २०२२ को पञ्जाब विधानसभाको चुनावमा मनसा क्षेत्रबाट उम्मेदवार बनेका थिए, तर उनी निर्वाचित हुन सफल भएनन्।

उनी २०२२ मे २९ मा अज्ञात आक्रमणकारीहरूद्वारा गोली हानी हत्या गरिएको थियो। क्यानडामा बसोबास गर्ने ग्याङस्टर गोल्डी बरार र लरेन्स बिश्नोई समूहका सदस्यले उक्त हत्याको जिम्मेवारी लिएका थिए, जुन पुलिसका अनुसार ग्याङबीचको आपसी द्वन्द्वको परिणाम थियो।

शुरूवाती जीवन

[सम्पादन गर्नुहोस्]

शुभदीप सिंह सिद्धूको जन्म भारतको पंजाब राज्यको मानसा जिल्लास्थित मूसा गाउँमा बलकौर सिंह र आमा चरण कौरको घरमा भएको हो। उनी जाट सिख समुदायका सदस्य हुन्।

मूसेवालाले लुधियानास्थित गुरु नानक देव इन्जिनियरिङ कलेजमा अध्ययन गरे र सन् २०१६ मा विद्युत इन्जिनियरिङ विषयमा स्नातक डिग्री हासिल गरेका थिए। उनले र्‍यापर टुपाक शकुरलाई प्रशंसा गर्थे र उनीबाट प्रभावित थिए। उनी छैठौं कक्षामा अध्ययनरत हुँदा नै हिप–हप संगीत सुन्न थालेका थिए र लुधियानामा हर्विन्दर बिट्टुबाट संगीत प्रशिक्षण लिएका थिए।

चुनावी अभियानका क्रममा उनले दिएको बयानअनुसार, उनले आफ्नो गाउँ मूसा प्रति श्रद्धा प्रकट गर्न आफ्नो कलाकार नाम “सिद्धू मूसेवाला” (पंजाबी: ਸਿੱਧੂ ਮੂਸੇ ਵਾਲਾ, अर्थ: ‘मूसा गाउँका सिद्धू’) रोजेका हुन्।

स्नातक अध्ययनपछि मूसेवाला अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा क्यानडाको ओन्टारियो प्रान्तको ब्राम्पटन शहर गए। त्यहाँ बस्दै गर्दा उनले हम्बर कलेजमा अध्ययन गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Grewal, Preetinder (१५ नोभेम्बर २०१८), "The rise of Punjabi singer Sidhu Moosewala", Special Broadcasting Service, मूलबाट ३१ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३१ डिसेम्बर २०१८ मिति
  2. Kapoor, Diksha (११ जुन २०१९), "Happy Birthday Sidhu Moose Wala: Here Are Some Lesser Known Facts About Birthday Boy", PTC Punjabi, मूलबाट २९ अक्टोबर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ फेब्रुअरी २०२२ 
  3. Ninog, Alex, "Fans Believe Drake Is Dropping a Posthumous Collab With Sidhu Moose Wala", Complex Networks, अन्तिम पहुँच २७ मे २०२३ 
  4. Ami, Daljit (३ जुन २०२२), "Sidhu Moose Wala: A Complex Character in Life, Death and Music", The Wire, अन्तिम पहुँच २७ मे २०२३ 
  5. Arora, Kusum, "Sidhu Moose Wala's Death Evokes Memories of the Tragic End of Amar Singh Chamkila", The Wire, "Both Moose Wala and Chamkila – which in Punjabi and Hindi means 'glistening' – had numerous similarities in terms of their music careers. Moose Wala and Chamkila both became iconic stars of Punjabi music, but both their journeys were short-lived." 
  6. Lazarus, Neville (२० मार्च २०२३), "Sidhu Moose Wala's father accuses Punjab govt of 'suppressing' those seeking justice for murdered hip hop star", Sky News 
  7. "Sidhu Moosewala's 'Moosetape' Makes History As The First Indian Album To Surpass 1 Billion Streams On Spotify", 5 Dariya News, ३० नोभेम्बर २०२३, अन्तिम पहुँच १४ डिसेम्बर २०२३