सामग्रीमा जानुहोस्

सिनग्याँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिनग्याँस, विभिन्न अनुपातमा हाइड्रोजन र कार्बन मोनोअक्साइड मिश्रण हो।[१] यो ग्यासमा प्रायः केही मात्रामा कार्बन डाइअक्साइड र मिथेन पनि हुन्छ। यो मुख्यतया अमोनिया वा मेथनोल उत्पादन गर्न प्रयोग गरिन्छ।

सिनग्याँस दहनशील हुन्छ र इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ । ऐतिहासिक रूपमा, यो दोस्रो विश्व युद्ध" को समयमा पेट्रोलको आपूर्ति सीमित भएको बेलामा यसको प्रयोग पेट्रोलको बिकल्पको रूपमा प्रयोग गरिएको थियो। उदाहरणका लागि, काठ ग्यास दोस्रो विश्वयुद्धको समयमा युरोपमा कारहरू चलाउन प्रयोग गरिएको थियो (जर्मनीमा मात्र, काठ ग्यासमा चलाउन पाँच लाख कारहरू निर्माण वा पुनर्निर्माण गरिएको थियो।[२]

उत्पादन

[सम्पादन]

सिन्ग्यास स्टिम रिफर्मिङ वा प्राकृतिक ग्यास वा तरल हाइड्रोकार्बन, वा कोइला ग्यासीकरण आंशिक अक्सीकरणद्वारा उत्पादन गरिन्छ।[३]

H2O (g) + C (s) → H2 (g) + CO (g) (ΔHr = 131 kJ/mol)

CO (g) + H2O (g) → 2 CO2 (g) + H2 (g)

CO2 (g) + C (s) → 2 CO (g) (ΔHr = 170 kJ/mol)

प्रयोग

[सम्पादन]

सिनग्याँस हाइड्रोजनको स्रोतको साथसाथै ईन्धनको रूपमा प्रयोग गरिन्छ। फलामको अयस्कलाई रिडक्सन प्रक्रियाबाट स्पन्ज फलाम बनाउन पनि यसको प्रयोग गरिन्छ। यसको रासायनिक प्रयोगहरूमा मेथनोल उत्पादन, धेरै तरल ईन्धनहरू र लुब्रिकन्ट उत्पादन, हाबर प्रक्रिया मार्फत अमोनिया उत्पादन, जसमा वायुमण्डलीय नाइट्रोजन (N2) लाई अमोनियामा रूपान्तरण गरिन्छ, पर्छ ।

वातावरणीय प्रभाव

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Speight, James G. (२००२), Chemical and process design handbook, McGraw-Hill handbooks, New York, NY: McGraw-Hill, पृ: ५६६, आइएसबिएन 978-0-07-137433-0।
  2. ↑ "Wood gas vehicles: firewood in the fuel tank", LOW-TECH MAGAZINE, १८ जनवरी २०१०, मूलबाट २०१०-०१-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०६-१३।
  3. ↑ Beychok, Milton R. (१९७४), "Coal gasification and the Phenosolvan process", Am. Chem. Soc., Div. Fuel Chem., Prepr.; (United States) 19 (5), ओएसटिआई 7362109, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित। अभिलेखिकरण ३ मार्च २०१६ वेब्याक मेसिन