सिना भाषा
| सिना | |
|---|---|
| गिलगिती | |
| ݜݨیاٗ | |
| उच्चारण | [ʂiɳjá] |
| मूलभाषी | पाकिस्तान, भारत |
| क्षेत्र | गिलगित बल्तिस्तान, कोहिस्तान, द्रास, गुरेज |
| रैथाने(हरू) | सिना |
| मातृभाषी वक्ता | ११ लाख |
हिन्द-युरोपेली
| |
प्रारम्भिक रूप | |
| अरबी लिपि (नास्तालिक)[१] | |
| भाषा सङ्केतहरू | |
| आइएसओ ६३९-३ | कुनै:scl – मानक सिनाplk – कोहिस्तानी सिना |
| ग्लोटोलग | shin1264 सिना[२]kohi1248 कोहिस्तानी सिना[३] |
सुन्तला रङ्गमा सिना भाषाको फैलावट | |

सिना (ݜݨیاٗ, [ʂiɳjá]), वा गिलगिती नामले पनि चिनिन्छ,[४] भारोपेली भाषा परिवार अन्तर्गत दार्द शाखाको एक हिन्द-आर्य भाषा हो। यो मुख्यतया उत्तरी पाकिस्तानका गिलगित-बल्तिस्तान र कोहिस्तान क्षेत्रका सिना जातिद्वारा बोलिन्छ।[५][६][७] भारतको जम्मू र कश्मीरको गुरेज उपत्यका र लद्दाखको द्रास उपत्यकामा पनि सिना भाषा बोल्ने सानो समुदाय बसोबास गर्दछ।[६] लद्दाखमा ब्रक्सकत, आजाद कश्मीरमा कुन्दल शाही, चित्राल र कुनारमा पालुला र सावी, स्वात उपत्यकामा उशोजी र दिरमा कालकोटी जस्ता शिना भाषाका अन्य शाखाहरू पनि पाइन्छन्।[६]
हालसम्म यस भाषाको लागि कुनै एक निश्चित लेखन प्रणाली विकसित गरिएको थिएन। यसका लागि विभिन्न लिपिहरू प्रस्ताव गरिए तापनि, सिना वक्ताहरूले प्रयोग गर्ने कुनै एक साझा लेखन प्रणाली हाल प्रचलनमा छैन।[८] सिना मुख्यतया बोलिने भाषा हो, लिखित भाषा होइन।
पाकिस्तानी सञ्चारमाध्यमहरूमा उर्दु र अङ्ग्रेजी जस्ता प्रभावकारी भाषाका साथै अरबी र फारसीको धार्मिक महत्त्वका कारण, शिना भाषाले निरन्तर रूपमा नयाँ आगन्तुक शब्दहरू सापटी लिँदै आफ्नो शब्दावली भण्डार विस्तार गरिरहेको छ।[९] यो प्रक्रिया पाकिस्तानका अन्य धेरै भाषाहरूमा पनि निरन्तर भइरहेको छ।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Ethnologue report for Shina", Ethnologue।
- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "सिना", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "कोहिस्तानी सिना", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ भाषा विज्ञानमा, यो शब्द गिलगित र आसपासको क्षेत्रमा बोलिने शिनाको बोलीलाई मात्र बुझाउन प्रयोग गरिन्छ।
- ↑ Jain, Danesh; Cardona, George (२००७-०७-२६), The Indo-Aryan Languages (अङ्ग्रेजीमा), Routledge, पृ: 1018, आइएसबिएन 978-1-135-79710-2।
- 1 2 3 Saxena, Anju; Borin, Lars (२००८-०८-२२), Lesser-Known Languages of South Asia: Status and Policies, Case Studies and Applications of Information Technology (अङ्ग्रेजीमा), Walter de Gruyter, पृ: 137, आइएसबिएन 978-3-11-019778-5।
- ↑ "Shina", Ethnologue (अङ्ग्रेजीमा), मूलबाट २०१९-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१९।
- ↑ Braj B. Kachru; Yamuna Kachru; S. N. Sridhar (२००८), Language in South Asia, Cambridge University Press, पृ: १४४, आइएसबिएन 9781139465502।
- ↑ Shams, Shammim Ara (२०२०), "The Impact of Dominant Languages on Regional Languages: A Case Study of English, Urdu and Shina", Pakistan Social Sciences Review 4 (III): 1092–1106, डिओआई:10.35484/pssr.2020(4-III)79।
- ↑ M. Oranskij, “Indo-Iranica IV. Tadjik (Régional) Buruǰ ‘Bouleau,’” in Mélanges linguistiques offerts à Émile Benveniste, Paris, 1975, pp. 435–40.