सिन्धुघाँटीको सभ्यता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सिन्धुघाँटीको सभ्यताको शुरुआती कालखण्डमा, ३२५०-२७५० ईसापूर्व

सिन्धुघाँटीको सभ्यता' (३३०० ईसापूर्व बाट १७०० ईसापूर्व सम्म)[१] विश्व को प्राचीन नदी घाटी सभ्यताहरुमा एक प्रमुख सभ्यता हो। [२] सम्मानित पत्रिका नेचरमा प्रकाशित शोधका अनुसार यो सभ्यता कमसे कम ८००० बर्ष पुरानो रहेको हो । यो हडप्पा सभ्यता र 'सिंधु-सरस्वती सभ्यता' का नामले पनि जानिने गरिन्छ । यसको विकास सिन्धु नदी तथा घघ्घर (प्राचीन सरस्वती) को किनारबाट भएको हो ।[२] मोहनजोदड़ो, कालीबंगा, लोथल, धोलावीरा, राखीगढ़ी तथा हड़प्पा यसका प्रमुख केन्द्र थिए। डिसेम्बर २०१४ मा भिर्दाना को अहिलेसम्म को खोजिएकोमा सबै भन्दा प्राचीन नगर मानिन्छ सिन्धु घाटी सभ्यता को। ब्रिटिश काल खण्डमा भएको उत्खननको आधारमा पुरातत्ववेत्ता तथा इतिहासकारहरु को अनुमान छकी यो अत्यन्त विकसित सभ्यता थियो र यो शहर धेरै पटक बस्यो र उजड्यो पनि ।

सन् १८२६ मा पहिलो पटक चाल्स मासोनले यो पुरानो सभ्यताको खोजि गरेका थिए । कनिंघमले सन् १८५६ मा यो सभ्यताको पहिलो सर्वेक्षण गरेका थिए । सन् १८५६ मा कराची बाट लाहोरको मध्ये रेल्वे लाइन को निर्माणको बेला बर्टन बन्धुहरुले हडप्पा स्थलको सुचना सरकारलाई दिएका थिए । यो क्रममा सन् १८६१ मा एलेकजेन्डर कनिघमको निर्देशनमा भारतीय पुरातत्व विभागको स्थापना भएको थियो । सिन्धु घाटी सभ्यता का १४०० केन्द्रहरु को खोजी भै सकेको छ जसमा ९२५ केन्द्र भारतमा रहेका छन्। ८० प्रतिशत स्थल सरस्वती नदी तथा उसका सहायक नदिहरुका आसपास रहेका छन्। अहिले सम्म कुल खोजीको ३ प्रतिशत स्थलहरु को उत्खनन पुरा भएको छ ।



नामको उत्पत्ति[सम्पादन गर्ने]

सिन्धु घाटी सभ्यता को क्षेत्र अत्यन्त व्यापक थियो । [[हडप्पा] तथा मोहनजोदड़ो को उत्खनन्बाट यस सभ्यता सम्बन्धि प्रमाण प्राप्त भएका छन्। अतः विद्वानहरुले यसलाइ सिन्धु घाटी को सभ्यता को नाम दिए, किनकी यो क्षेत्र सिन्धु तथा उसका सहायक नदिहरुको क्षेत्र मा आउछ, तरपछी रोपड़, लोथल, कालीबंगा, वनमाली, रंगापुर आदि क्षेत्रहरुमा पनि यस सभ्यता का अवशेष प्राप्त भए जो सिन्धु तथा उसका सहायक नदिहरुको क्षेत् भन्दा बाहिर थिए । त्यसकारण कोहि इतिहासकार यो सभ्यता को प्रमुख केन्द्र हडप्पा हुनुको कारण यस सभ्यता लाइ "हडप्पा सभ्यता" नाम दिन उचित मान्दछन् । भारतीय पुरातत्व विभाग का महानिदेशक जोन मार्शल ले सन १९२४ मा सिन्धु सभ्यता को बारेमा तीन महत्वपूर्ण ग्रन्थ लेखेका थिए ।


चित्र दीर्घा[सम्पादन गर्ने]




सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्ने]

  1. http://aajtak.intoday.in/education/story/indus-valley-civilization-or-sindhu-valley-culture-general-knowledge-1-769584.html
  2. २.० २.१ Ching, Francis D. K.; Jarzombek, Mark;Prakash, Vikramaditya (2006). A Global History of Architecture. Hoboken, N.J.: J. Wiley & Sons. pp. 28–32. ISBN 0471268925 . 


बाह्य कडीहरु[सम्पादन गर्ने]