सामग्रीमा जानुहोस्

सिन्धुपाल्चोक जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिन्धुपलाञ्चोकबाट अनुप्रेषित)
सिन्धुपाल्चोक जिल्ला
पाँचपोखरी
बागमती प्रदेशको नक्सामा सिन्धुपाल्चोक जिल्लाको अवस्थितिको अवस्थिति
बागमती प्रदेशको नक्सामा सिन्धुपाल्चोक जिल्लाको अवस्थिति
देश नेपाल
प्रदेशबागमती प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकामचौतारा
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, सिन्धुपाल्चोक
क्षेत्रफल
 • जम्मा२,५४२ किमी (९८१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६२,६२४
 • घनत्व१००/किमी (२७०/वर्ग माइल)
 • धरधुरीहरू
७१,७७३
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०११
मुख्य भाषा(हरू)
वेबसाइटआधिकारिक वेबसाइट

सिन्धुपाल्चोक जिल्ला नेपालको बाग्मती प्रदेश अन्तर्गत पर्ने एउटा जिल्ला हो। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो। सिन्धुपाल्चोक जिल्लामा ९ गाउँपालिका र तीन नगरपालिका रहेका छन। यो जिल्ला विकासको हिसाबले पछाडि परेको पहाडी जिल्ला हो। नेपालको कूल भूभागको १.७३ प्रतिशत भूभाग ओगटेको यो जिल्ला बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाहरू मध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो। यस जिल्लाको सिमाना उत्तरमा चीनसँग, पश्चिममा रसुवा र नुवाकोटसँग, दक्षिणमा काठमाडौँ र काभ्रेपलाञ्चोकसँग अनि पूर्वमा दोलखा र रामेछापसँग जोडिएको छ ।

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघि सिन्धुपाल्चोक जिल्ला "पूर्व १ नम्बर" प्रशासनिक क्षेत्र अन्तर्गत पर्दथ्यो। काभ्रे र सिन्धुपाल्चोक दुबै इलाकाहरू समाहित "पूर्व १ नम्बर"को मुख्य प्रशासनिक मुकाम चौतारा थियो भनॆ धुलिखेलमा चाहि छोटी मुकाम। जुन समयमा सिन्धुपाल्चोक "पूर्व १ नम्बर" अन्तर्गत थियो त्यसबखत प्रशासनिक सुविधाका लागि ४० वटा थुमहरू खडा गरिएका थिए। ती ४० थुमहरू भित्र "सिन्धु" र "पाल्चोक" नामका दुई वटा थुमहरू पनि थिए। तिनै दुई थुमहरूको संश्लेषणबाट सिन्धुपाल्चोक जिल्लाको नामाकरण भएको बुझिन्छ।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

पौराणिक-ऐतिहासिक सन्दर्भ

[सम्पादन गर्नुहोस्]
  • ऋषि विश्वामित्रको तपोवन पाँचपोखरीमा थियो। श्रृङ्ग ऋषि पनि हिमालका छेउमा तपस्या गरी बसेका थिए। एकपटक नारद उनलाई भेट्न गएछन्। ठण्डीले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र श्रृङ्ग ऋषिले तातोपानीको धारा खोलिदिए।
  • पर्वतराजकी छोरी पार्वती यहीँका हिमचुलीहरूमा टेक्थिन् र खेल्थिन्। हिमवत्खण्डमा जनाइए अनुसार उनी एक समय हिरण्यशेखर नामको पर्वतमा गइन् र त्यहाँ उनले सनातन नाम गरेका ऋषिलाई पूजा गरिन् अनि दान दिइन्। त्यसबखत पार्वतीको ओठको छेउबाट पसिना खस्यो; अनि तुरुन्तै पहेंलो रङ्गको भई नदी बनेर पहाडमा बग्यो - त्यही नदी सुनकोशी नदी हो।
  • राजा इन्द्रले कुनै बेला स्वर्गको राजपाट सबै छोडेर नदीका तीरमा आई तपस्या गर्न लागे। उनी नहुँदा स्वर्गमा बाधा पर्‍यो र इन्द्राणी आई विलाप गर्न लागिन्। उनको विलाप सुनेर इन्द्रको मति फिरेछ। उनी फेरि स्वर्गमा गएर राजपाट सम्हाल्न थाले। इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम इन्द्रावती नदी रह्यो।

यसबाहेक इतिहासका विभिन्न नायक एवं पात्रहरूको नाम यस जिल्लाका देवस्थल, भूस्थल, युद्धस्थल र सीमास्थलसँग सन्दर्भित भएर आउँछन्। ती पात्रहरूमध्ये हेलम्बु निर्वासित भएकी राजराजेश्वरी (रणबहादुर शाहकी जेठी रानी) दुगुनागढी र बहादुर शाह, जनरल भीमसेन थापा र भोताङ, अभयानन्द स्वामीका नामले प्रख्यात जनरल रणवीरिसंह थापा, रणनैनेश्वर शिवालय र सिपा हवेली, तिब्बतसँग सन्धि गरेर फर्केका काजी भीम मल्ल; सुनकोशी एवं इन्द्रावती संगममा क्रूरतापूर्वक उनको हत्या र उनकी पत्नीको श्राप आदि शताब्दीयौंसम्म नर्बिसने महत्त्वपूर्ण घटनाहरू हुन्।

सिन्धुपाल्चोक सम्बन्धी केही तथ्यहरू

[सम्पादन गर्नुहोस्]
  • क्षेत्रफलको आधारमा यो जिल्ला मध्यमाञ्चल विकासको १९ जिल्लामध्येको सवैभन्दा ठूलो जिल्ला हो।
  • चीनसँग सडकमार्ग भएर जोड्ने महत्त्वपूर्ण ब्यापारिक नाका तातोपानी यसै जिल्लामा पर्दछ।
  • काठमाडौ‌बाट सबैभन्दा नजिकमानिएको जुगल हिमाल यसै जिल्लामा पर्दछ।
  • मुलुकमा नै सबैभन्दा बढी सन्यासीहरूको बसोबास भएको जिल्ला पनि सिन्धुपाल्चोक हो।
  • ठूलोधादिङ गाविसले रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई जोड्छ।
  • विश्वमा नै साहसीक खेल मानिएको १६० मीटर अग्लो बञ्जीजम्प भोटेकोशी नदी माथि यसै जिल्लामा पर्दछ।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

सिन्धुपाल्चोक जिल्लामा १२ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ९ गाउँपालिका छन्।[]

सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग

किमी)

चौतारा साँगाचोकगढी नगरपालिका चौतारा, कुभिण्डे, सानोसिरुबारी, पिपलडाँडा स्याउलेबजार, बतासे, इर्खु, कदमबास, साँगाचोकठूलोसिरुबारी १४ चौतारा ४२,६६८ १६५.२४ २६०
बाह्रविसे नगरपालिका घोर्थली (१-४), कर्थली, बाह्रबिसे, गाती, घुमथाङ, मानेश्वाँराराम्चे बाह्रविसे २४,१०९ ९६.७३ ४४०
मेलम्ची नगरपालिका मेलम्ची, ज्यामिरे, शिखरपुर, तालामाराङ, सिन्धुकोट, बाँसबारी, फटकशिला, भोटेचौर, हैबुङ, थकनीदुवाचौर १३ मेलम्ची ४१,०६३ १६०.६३ २६०
ईन्द्रावती गाउँपालिका सिपाल काभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपाभीमटार १२ नवलपुर १७,०८५ १०५.०९ १६०
जुगल गाउँपालिका सेलाङ, गोल्चे, गुम्बा, बराम्ची, हगामपाङताङ बराम्ची १८,३०३ २७३.६२ ६७
त्रिपुरासुन्दरी गाउँपालिका घोर्थली (५-९), चोकटी, धुस्कुन, तौथली, पिस्करटेकनपुर पिस्कर १२,०१४ ९४.२८ १३०
पाँचपोखरी थाङपाल गाउँपालिका बाँसखर्क, बरुवा, भोताङ, थाम्पालकोट, गुन्साकोट, थाम्पालछाप, भोटेनाम्लाङलागर्चे थाम्पालछाप २०,९९७ १८७.२९ ११२
बलेफी गाउँपालिका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडामाङ्खा फुल्पिङडाँडा १७,०८५ ६१.६ २८०
भोटेकोशी गाउँपालिका तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टीमार्मिङ फुल्पिङकट्टी १७,४९७ २७८.३१ ६३
१० लिसङ्खु पाखर गाउँपालिका ठूलो धादिङ, अत्तरपुर, लिसङ्खु, जेठल, पेट्कुठूलोपाखर अत्तरपुर ११,७५० ९८.६१ १२०
११ सुनकोशी गाउँपालिका ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, थुम्पाखरपाङ्ग्रेटार पाङ्ग्रेटार १५,१७६ ७२.८४ २१०
१२ हेलम्बु गाउँपालिका हेलम्बु, किउल, पाल्चोक, इचोक, र महाङ्काल बाहुन ढोडेनी १७,४९७ २८७.२६ ६१
सिन्धुपाल्चोक जिल्लाका पूर्व गाविसहरूको नक्सा

व्यापारिक केन्द्र

[सम्पादन गर्नुहोस्]

तातोपानी, बाह्रबिसे, स्याउले बजार,चौतारा, खाडीचौर, लामोसाँघु, जलबिरे, मेलम्ची, नवलपुर, चनौटे, तिपेनी, मुडे, बलेफी, सुकुटे, बाहुनेपाटी, सिक्रे, चेहेरे आदि।

प्रमुख नदीनालाहरू

[सम्पादन गर्नुहोस्]

इन्द्रावती, भोटेकोशी, सुनकोशी नदीहरूदेखि बलेफी (ब्रम्हायणी), मेलम्ची, सिन्धुखोला, गोहोरेखोला, झ्याँडीखोला, हाँडिखोला, मादेवखोला, तौथलीखोला, वाफलखोला जस्ता खोलाहरू यहाँका प्रमुख नदीनालाहरू हुन्।[]

मुख्य ताल पोखरी

[सम्पादन गर्नुहोस्]

पाँचपोखरी,सिपाखोला, भैरवकुण्ड, गुम्वा ताल, सूर्यकुण्ड, नौलिङ्ग कुण्ड, धुप कुण्ड, गुन्यु ताल आदी यहाँका प्रमुख ताल तथा पोखरीहरू हुन्।[]

प्रमुख तीर्थस्थलहरू

[सम्पादन गर्नुहोस्]

गौराती भीमेश्वर, सुनकोशी महादेव, कपिलेश्वर महादेव, पाल्चोक भगवती, तौथली माईस्थान, तातोपानी, पाँचपोखरी, फट्केश्वर महादेव, कोतदेबि, मेनज्युङ, आमा याङ्गरी, छे भुम्पा जस्ता प्रमुख तीर्थस्थलहरू रहेकाछन्।

धार्मिक तथा पर्यटकीय स्थलहरू

[सम्पादन गर्नुहोस्]

हेलम्बु, पाँचपोखरी, तातोपानी, गौराती भीमेश्वर मन्दिर, भैरवकुण्ड, दुगुनागढी, जुगल हिमाल, गाङजाला भञ्ज्यामङ, भेमटाङ, पाल्चोक भगवती, पाताल गुफा, त्रिपुरासुन्दरी मन्दिर, सुनकोशी र इन्द्रवतीको तीर ताप्चे, रानीपोखरी, पात्लेपानी, फुस्रे, ओख्रेनी, ताप्चेको हरियाली पाटी भञ्ज्याङ,लिस्ति दभि। सिन्धुकोट देबि,गोल्माथान

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २३ असोज २०८२ 
  2. २.० २.१ "सक्षिप्त परिचय", जिविस सिन्धुपाल्चोक, अन्तिम पहुँच २०११-०९-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-२४ मिति

बाह्य लिङ्क

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]