सामग्रीमा जानुहोस्

सिन्धुलीमाढी

निर्देशाङ्कहरू: २७°१२′३७″उ ८५°५४′४५″पू / 27.21028°N 85.91250°E / 27.21028; 85.91250
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिन्धुलीमाढी
सिन्धुली, सिन्धुली बजार
जिल्ला सदरमुकाम
सिन्धुलीमाढीको दृश्य
सिन्धुलीमाढीको दृश्य
सिन्धुलीमाढी मा पर्दछ बागमती प्रदेश
सिन्धुलीमाढी
सिन्धुलीमाढी
नक्सामा सिन्धुलीमाढी
सिन्धुलीमाढी मा पर्दछ नेपाल
सिन्धुलीमाढी
सिन्धुलीमाढी
सिन्धुलीमाढी (नेपाल)
निर्देशाङ्क: २७°१२′३७″उ ८५°५४′४५″पू / 27.21028°N 85.91250°E / 27.21028; 85.91250
देश नेपाल
प्रदेशबागमती
जिल्लासिन्धुली
नगरपालिकाकमलामाई
वडाहरू४,५,६ र ७
जिल्ला सदरमुकाम घोषितवि.सं. २०२३ पुष २
कमलामाई नगरपालिकाको भागवि.सं. २०५३ चैत १४
क्षेत्रफल
 • जम्मा८८.६८ किमी (३४.२४ वर्ग माइल)
उन्नतांश
५१० मिटर (१६७० फिट)
जनसङ्ख्या
 (वि.सं. २०७८)
 • जम्मा३६४३६
 • घनत्व४१०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४५९००
क्षेत्रीय सङ्केत०४७

सिन्धुलीमाढी, जसलाई सामान्यतया सिन्धुली वा सिन्धुली बजार पनि भनिन्छ, नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुली जिल्लाको सदरमुकाम तथा कमलामाई नगरपालिकाको प्रशासनिक केन्द्र हो।[][] यसको कुल क्षेत्रफल ८८.६८ वर्ग किलोमिटर रहेको छ। वि.सं २०७८ सालको जनगणना अनुसार यहाँको जनसंख्या ३६,४३६ रहेको छ।[]

सिन्धुलीमाढी सिन्धुली उपत्यकामा अवस्थित छ र यसमा कमलामाई नगरपालिकाका चार वटा वडाहरू पर्दछन्। यो राष्ट्रिय राजधानी काठमाडौँबाट करिब १५० किलोमिटर तथा प्रदेश राजधानी हेटौँडाबाट करिब १२० किलोमिटरको दूरीमा रहेको छ।

तत्कालिन श्री ५ को सरकारद्वारा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्ने वि.सं. २०१९ मङ्सिर ५ गतेको निर्णय र वि.सं. २०१९ पुष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार सिन्धुली जिल्ला गठन गरि सिन्धुलीगढीलाई सदरमुकाम तोकिएको थियो।[] वि.सं. २०२३ कार्तिक ३ गते तत्कालिन श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालयद्वारा गरिएको निर्णय र वि.सं. २०२३ पुष १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सदरमुकाम सिन्धुलीमाढी कायम गरिएको थियो।[] वि.सं. २०५३ चैत १३ गतेसम्म सिद्धेश्वर गाउँ विकास समितिको भाग रहेको सिन्धुलीमाढी नेपाल सरकारको निर्णय बमोजिम वि.सं. २०५३ चैत १४ गते सिद्धेश्वर र भिमान गाउँ विकास समिति गाभिएर बनेको कमलामाई नगरपालिकाको भाग भएको थियो।[]

कमलामाई नगरपालिका[]
हालको वडा साविक वडाहरू क्षेत्रफल (किमी) जनसंख्या (२०७८) केन्द्र
१,२,५ र ९ २७.१२ ८,८१८ ढुङ्ग्रेबास
२६.८४ ८,२९२ मधुटार
५.९३ १२,४९८ माढीबजार
७ र ८ २८.७९ ६,८२८ माझीटार

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "जिल्ला सदरमुकामहरू तोकेको बारे", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच २०२६-०१-२१ 
  2. २.० २.१ "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच २०२६-०१-२१ 
  3. ३.० ३.१ "वडा प्रोफाइल", कमलामाई नगरपालिका, अन्तिम पहुँच २०२६-०१-२१ 
  4. "नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित", नेपाल गजेट, नेपाल सरकार, अन्तिम पहुँच २०२६-०१-२१