सिमरा जितपुर उपमहानगरपालिका
Jump to navigation
Jump to search
सङ्घीय नेपालको स्थानिय संरचना अनुसार बारा जिल्लामा पर्ने जितपुर-सिमरा देशकै कान्छो उपमहानगरपालिका हो। औद्योगिक क्षेत्रको रूपमा ख्याती प्राप्त यो उपमहानगरपालिका बहुजातीय, बहुधार्मिक, बहुसास्कृतिक पृष्ठभुमि बोकेको एउटा साझा थलो हो। भौगोलिक हिसाबले मध्य तराईमा अवस्थित भए पनि यो क्षेत्रमा भने अधिकान्स पहाडी मुलका जनसामुदायको नै बाहुल्यता छ। बिरगञ्ज सिमरा औद्योगिक करिडोर, पर्सा राष्ट्रिय निकुञ्ज, क्षेत्रिय सिमरा रंगशाला यी र यावत विशेषताले भरिपूर्ण जितपुर-सिमरा क्षेत्र आफैमा अथाह सम्भावना बोकेको देशकै महत्त्वपूर्ण हिस्सा हो।
[[श्रेणी:नेपालका उपमहानगरपालिकाहरू साथै नेपाल को सबै भन्दा पूरानो बिमानस्थल पनि सिमरा मा नै पर्दछ