सिमाने
सिमाने प्रान्त (島根県, सिमाने केन) जापानको होन्शु टापूको चुगोकु क्षेत्रको एक प्रान्त हो। सिमाने प्रान्त जापानको दोस्रो सबैभन्दा कम जनसंख्या भएको प्रान्त हो। यहाँको जनसंख्या ६६५,२०५ (१ फेब्रुअरी २०२१) र क्षेत्रफल ६,७०८.२६ वर्ग किलोमिटर छ।[१][२]
सिमानेप्रान्तको दक्षिण–पश्चिम सिमाना यामागुची प्रान्तसँग, दक्षिणमा हिरोशिमा प्रान्तसँग, र पूर्वमा तोत्तोरी प्रान्तसँग जोडिएको छ।
सिमानेको राजधानी मात्सुए सहर हो। अरू प्रमुख सहरहरू इजुमो, हामाडा, मासुदा हुन्। समुद्री क्षेत्र नजिकका सहर क्षेत्र लेक शिन्जी, नकाउमी महानगर क्षेत्र (लगभग ६००,००० जनसंख्या भएको), जापानको तेस्रो ठूलो समुद्री तटीय क्षेत्र हो।
प्रान्तको उत्तरी भागमा समुद्रको किनार छ, दक्षिणमा चुगोकु पर्वत रहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रारम्भिक इतिहास
[सम्पादन गर्नुहोस्]सिमानेको इतिहास जापानी मिथक कथा सँग सम्बन्धित छ। ओकुनि-निसु नामक शिन्टो देवता इजुमोमा बस्ने विश्वास गरीन्थ्यो । इजुमो-तैशा मन्दिर देवतालाई समर्पित छ। [३]
मध्यकालीन इतिहास
[सम्पादन गर्नुहोस्]कामाकुरा काल (११८५–१३३३)मा, कामाकुरा शोगुनले सम्राट गो-टोबा र गो-डाइगोलाई ओकीमा निर्वासनमा पठाए। गो-डाइगो पछि ओकीबाट भागे र शोगुनातको विरुद्ध समर्थन जुटाए।[४]
मुरोमाची काल (१३३६–१५७३)मा, इजुमो र ओकी क्योयोगु वंशको नियन्त्रणमा थिए। तर, ओनिन युद्धपछि, अमागो वंशले गस्सान–तोदा किल्लाबाट प्रभुत्व विस्तार गर्यो र मासुदा वंशले इवामी प्रान्तलाई नियन्त्रणमा लियो।
सन् १५६६ मा मोरी मोटोनारीले इजुमो, इवामी, र ओकी आफ्नो अधीन गरे। सन् १६०० मा सेकीगाहारा युद्धपछि, होरियो योशिहारुले इजुमो र ओकीमा प्रवेश गरे र मात्सुए किल्ला निर्माण गरे। सन् १६३८ मा, मात्सुदाइरा नाओमासाले शासन सुरु गरे र हान प्रणाली अन्त्यसम्म सो परिवारले शासन गर्यो।
आधुनिक काल
[सम्पादन गर्नुहोस्]सन् १८७१ मा, हान प्रणालीको अन्त्यपछि पुराना सिमानेर हामाडा प्रान्तहरू हालको सिमानेप्रान्तमा समाहित भए। त्यसै वर्ष ओकी टापु टोटोरीमा समावेश भयो। सन् १८७६ मा, हामाडा प्रान्त शिमानेमा विलय भयो र तोत्तोरी प्रान्त थपियो। तर सन् १८८१ मा तोत्तोरी प्रान्तको केही हिस्सा अलग गरि हालको सिमाना तय गरीयो।
भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]सिमानेप्रान्त चुगोकु क्षेत्रको जापान समुद्रतटमा अवस्थित छ। प्रान्तको पर्वतीय भू–रूपको कारण, धान खेती प्रायः इजुमोमा मात्र हुन्छ।
सिमानेप्रायद्वीप इजुमो देखि साकाइमिनाटो (तोत्तोरी) सम्म फैलिएको छ। प्रायद्वीपमा शिन्जी ताल रहेको छ। डाइकन टापु, नकाउमीमा अवस्थित छ।
होन्शुको मुख्य टापु भनेर चिनिने ओकी टापु दैसेन–ओकी राष्ट्रिय निकुञ्जमा पर्दछ।
सन् २०१२ अप्रिल १ अनुसार, प्रान्तको ६% भूमि प्राकृतिक पार्कको रूपमा सुरक्षित गरिएको छ, जसमा दैसेन–ओकी राष्ट्रिय निकुञ्ज, हिबा–डोगो–तैशाकु र निसी–चुगोकु सान्चि क्वासी–न्याशनल पार्क र ११ प्रान्तीय प्राकृतिक पार्क समावेश छन्।[५]
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ NHK Broadcasting Culture Research Institute, सम्पादक (२४ मे २०१६), NHK日本語発音アクセント新辞典, NHK Publishing।
- ↑ Shimane 1995-2020 population statistics
- ↑ "Izumo Shrine website", मूलबाट अगस्ट २३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २२, २००७। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २३, २००७ मिति
- ↑ Nussbaum, "Provinces and prefectures" at p. 780, पृ. 780, गुगल बुक्स मा
- ↑ "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), १ अप्रिल २०१२, अन्तिम पहुँच १० अगस्ट २०१४।