सामग्रीमा जानुहोस्

सिमोन द बोभवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिमोन द बोभवार
सन् १९६७ मा बोभवार
जन्मसिमोन लुसी एर्नेस्तिन मारी बेर्त्राँ द बोभवार
(१९०८-०१-०९)९ जनवरी १९०८
पेरिस, फ्रान्स
मृत्यु१४ अप्रिल १९८६(1986-04-14) (उमेर ७८)
पेरिस, फ्रान्स
निवासमोँपार्नास चिहान, पेरिस
शिक्षा
पेशा
  • दार्शनिक
  • लेखक
  • सामाजिक सिद्धान्तकार
  • कार्यकर्ता
उल्लेखनीय कार्य
द्वितीय लिङ्ग (सन् १९४९)
समकक्षी
जँ पल सार्त्र (सन् १९२९–१९८०; उनको मृत्यु सम्म)

नेल्सन अलग्रेन (सन् १९४७–१९६४) क्लोद लान्जमान (सन् १९५२–१९५९)

Academic advisorsलेयोँ ब्रुनस्विक

दर्शनशास्त्रीय कार्यकाल
सिमोन द बोभवार
काल२०औँ शताब्दीको दर्शन
क्षेत्रपाश्चात्य दर्शन
विद्यालय
मुख्य रूचिहरू
उल्लेखनीय विचारहरू
हस्ताक्षर

सिमोन लुसी एर्नेस्तिन मारी बेर्त्राँ द बोभवार फ्रान्सेली: [simɔn bovwaʁ] ; ९ जनवरी १९०८ – १४ अप्रिल १९८६) एक फ्रान्सेली अस्तित्ववादी दार्शनिक, लेखक, सामाजिक सिद्धान्तकार र नारीवादी कार्यकर्ता थिइन्। बोभवारले आफूलाई दार्शनिक नमान्ने गरेको र उनको मृत्युको समयमा पनि उनलाई दार्शनिकको रूपमा नलिइएको भएतापनि[][][] उनले नारीवादी अस्तित्ववादनारीवादी सिद्धान्त दुवैमा महत्त्वपूर्ण प्रभाव पारेकी थिइन्।[]

बोभवारले उपन्यास, निबन्ध, लघुकथा, जीवनी, आत्मकथा र दर्शन, राजनीति तथा सामाजिक मुद्दाहरूमा गहन अनुसन्धानात्मक लेखहरू लेखेकी थिइन्। उनी आफ्नो "नारीवादी दर्शनमा पथप्रदर्शक कार्य",[] द्वितीय लिङ्ग (सन् १९४९) का लागि सबैभन्दा बढी चिनिन्छिन् जुन महिला उत्पीडनको विस्तृत विश्लेषण र समकालीन नारीवादको एक आधारभूत कृति हो। उनी आफ्ना उपन्यासहरूका लागि पनि परिचित थिइन् जसमध्ये सबैभन्दा प्रसिद्ध लाँभिते (सन् १९४३) र ले माँदारँ (सन् १९५४) हुन्।

साहित्यमा उनको सबैभन्दा स्थायी योगदानहरू मध्येमा उनका संस्मरणहरूलाई लिइन्छ जसमा विशेषगरी पहिलो खण्ड,मे-म्वार दुन झुन फि राँझे (फ्रान्सेली: Mémoires d'une jeune fille rangée) (सन् १९५८) समावेश छ।[]उनले सन् १९५४ को प्रिक्स गोनकोर्ट, सन् १९७५ को जेरुसेलम पुरस्कार र सन् १९७८ को युरोपेली साहित्यका लागि अस्ट्रियाली राज्य पुरस्कार प्राप्त गरेकी थिइन्। उनी सन् १९६१, १९६९ र १९७३ मा साहित्यमा नोबेल पुरस्कारका लागि पनि मनोनयनमा परेकी थिइन्।[] यद्यपि, बोभवारले आफ्ना केही विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि छोटो समयका लागि आफ्नो शिक्षण जागिर गुमाउँदा विवाद पनि उत्पन्न भएको थियो।[१०]

द्वितीय लिङ्ग

[सम्पादन गर्नुहोस्]
द्वितीय लिङ्ग

सन् १९४९ मा पहिलोपटक फ्रान्सेली भाषामा ले जिएम सेक्स को रूपमा प्रकाशित द्वितीय लिङ्ग नामक कृतिले अस्तित्ववादी दर्शन "अस्तित्व सार भन्दा अगाडि आउँछ" लाई नारीवादी दृष्टिकोणमा परिवर्तन गरेको र "कोही पनि स्त्री भएर जन्मदैनन् बरु बनाइन्छन्" (फ्रान्सेली: "On ne naît pas femme, on le devient")।[११] यस प्रसिद्ध वाक्यांशका साथ, बोभवारले पहिलोपटक लिङ्ग र लैङ्गिकता बीचको भिन्नतालाई स्पष्ट पारेकी थिइन्। जैविक लिङ्ग र लैङ्गिकताको सामाजिक तथा ऐतिहासिक निर्माण र यससँग सम्बन्धित रूढिवादी धारणाहरू बीचको भिन्नतालाई यसले केलाउँदछ।[१२] बोभवारको तर्क अनुसार, "महिला उत्पीडनको मौलिक स्रोत यसको (नारीत्वको) ऐतिहासिक र सामाजिक निर्माण हो, जसले महिलालाई 'अन्य'को रूपमा परिभाषित गर्दछ।"[१३]

महिलाहरूलाई पुरुषको तुलनामा निम्न स्तरको रूपमा व्याख्या गरिने भएकाले बोभवारले महिलाहरूलाई "दोस्रो लिङ्ग"को रूपमा परिभाषित गरेकी छिन्। प्रख्यात दार्शनिक अरस्तुले महिलाहरू "केही गुणहरूको अभावका कारण स्त्री" भएको तर्क गरेका थिए भने थोमस एक्विनासले महिलाहरूलाई "अपूर्ण पुरुष" र "आकस्मिक" प्राणीको रूपमा उल्लेख गरेको भनी बोभवारले औँल्यएकी थिइन्।[१४] उनी उद्धृत गरेअनुसार, "आफैमा, समलैङ्गिकता विषमलैङ्गिकता जत्तिकै सीमित छ: आदर्श भनेको कुनै पनि डर, सङ्कोच वा बाध्यता बिना महिला वा पुरुष, अर्थात् कुनै पनि मानिसलाई माया गर्न सक्षम हुनु हो।"[१५]

बोभवारको दाबी अनुसार, महिलाहरू पुरुष जत्तिकै छनोट गर्न सक्षम छन् र यसरी उनीहरूले आफूलाई माथि उठाउन रोज्न सक्छन्। उनीहरू "आन्तरिकता"बाट बाहिर निस्केर "उत्कृष्टता"तर्फ जान सक्छन् जहाँ व्यक्तिले आफ्नो र संसारको जिम्मेवारी लिन्छ र आफ्नो स्वतन्त्रता रोज्छ।[१६] द्वितीय लिङ्ग का अध्यायहरू सुरुमा जुन १९४९ मा 'ले ताँ मोदर्न' (Les Temps modernes) मा प्रकाशित भएका थिए।[१७] फ्रान्समा पहिलो खण्डको केही महिनापछि दोस्रो खण्ड प्रकाशित भएको थियो।[१८] अल्फ्रेड ए. नोफकी पत्नी ब्लान्च नोफको आग्रहमा हावर्ड पार्सलेले यसको द्रुत अनुवाद गरेपछि अमेरिकामा यो छिट्टै प्रकाशित भएको थियो। पार्सलेसँग फ्रान्सेली भाषाको आधारभूत ज्ञान र दर्शनको न्यूनतम बुझाइ रहेकाले (उनी स्मिथ कलेजमा जीवविज्ञानका प्राध्यापक थिए) बोभवारको पुस्तकका धेरै अंशहरू गलत अनुवाद गरिए वा अनुपयुक्त रूपमा काटिँदा उनको वास्तविक सन्देश विकृत भएको थियो।[१९] वर्षौंसम्म, अस्तित्ववादी विद्वानहरूको प्रयासका बावजुद, नोपफले सबै प्रस्तावहरू अस्वीकार गर्दै बोउआरको कामको थप सटीक पुन: अनुवाद ल्याउन अवरोध गरिरहे।[१९]

सन् २००९ मा मात्र, मूल प्रकाशनको ६०औँ वार्षिकोत्सवको अवसरमा दोस्रो अनुवाद गरिएको थियो। कन्स्ट्यान्स बोर्डे र सेइला मालोभानी-चेभेलियरले सन् २०१० मा पहिलो पूर्ण अनुवाद तयार गरेका थिए जसमा मूल कार्यको एक तिहाइ अंश पुनः समावेश गरिएको थियो।[२०]

द्वितीय लिङ्ग को "महिला: मिथक र वास्तविकता" भन्ने अध्यायमा,[२१] बोभवारले गरेअनुसार पुरुषहरूले महिलाहरूको वरिपरि "रहस्य" को झूटो वातावरण बनाएर उनीहरूलाई समाजमा "अन्य" (फरक प्राणी) बनाएका छन्। पुरुषहरूले यसलाई महिला वा उनीहरूका समस्याहरू नबुझ्ने र उनीहरूलाई मद्दत नगर्ने बहानाको रूपमा प्रयोग गर्छन्। यस्तो प्रकारको श्रेणीबद्ध उत्पीडन पहिचानका अन्य वर्गहरू जस्तै जात, वर्ग र धर्ममा पनि हुन्छ, तर लैङ्गिकतामा यो सबैभन्दा बढी सत्य छ जहाँ पुरुषहरूले महिलाहरूलाई रूढिवादी बनाउँछन् र यसलाई पितृसत्ता सङ्गठित गर्ने बहानाको रूपमा प्रयोग गर्छन्।[२२][२३]

नारीवादी आन्दोलनमा उनको योगदान, विशेषगरी फ्रान्सेली महिला मुक्ति आन्दोलन र महिलाको आर्थिक स्वतन्त्रता र समान शिक्षामा उनको विश्वासका बावजुद, बोभवार सुरुमा आफूलाई नारीवादी भन्न हिचकिचाउँथिन्। यद्यपि, सन् १९६० को दशकको उत्तरार्ध र सन् १९७० को दशकको सुरुमा नारीवादी आन्दोलनको पुनरुत्थान देखेपछि बोभवारले महिला मुक्तिको लागि समाजवादी क्रान्ति मात्र पर्याप्त नहुने धारणा व्यक्त गरेकी थिइन्। उनले सन् १९७२ मा 'ले नोबेल अबजर्भेटर' (Le Nouvel Observateur) सँगको अन्तर्वार्तामा सार्वजनिक रूपमा आफूलाई नारीवादी घोषणा गरेकी थिइन्।[२४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. O'Brien, Wendy, and Lester Embree (eds), The Existential Phenomenology of Simone de Beauvoir, Springer, 2013, p. 40.
  2. Burke, Megan (२००४-०८-१७), "Simone de Beauvoir", Stanford Encyclopedia of Philosophy, Stanford University।
  3. Pardina, María Teresa López (१९९४), "Simone de Beauvoir as Philosopher", Simone de Beauvoir Studies 11: 5–12, आइएसएसएन 1063-2042, जेएसटिओआर 45173538, डिओआई:10.1163/25897616-01101002
  4. Bergoffen, Debra; Burke, Megan (२०२१), "Simone de Beauvoir", in Zalta, Edward N., The Stanford Encyclopedia of Philosophy (Winter 2021 संस्करण), Metaphysics Research Lab, Stanford University, अन्तिम पहुँच २०२२-०४-०९
  5. Cohen, Patricia (१९९८-०९-२६), "Beauvoir Emerges From Sartre's Shadow; Some Even Dare to Call Her a . . . Philosopher", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०४-०९
  6. Bergoffen, Debra (१६ अगस्ट २०१०), "Simone de Beauvoir", in Zalta, Edward, Stanford Encyclopedia of Philosophy (2010 संस्करण), Stanford University, आइएसएसएन 1095-5054, अन्तिम पहुँच ११ जुन २०२१
  7. "Simone de Beauvoir", The Stanford Encyclopedia of Philosophy, Metaphysics Research Lab, Stanford University, २०२३।
  8. Beauvoir, Simone de (२००७), Mémoires d'une jeune fille rangée, Collection Folio (Nouvelle éd. संस्करण), Paris: Gallimard, आइएसबिएन 978-2-07-035552-5
  9. Nomination archive – Simone Lucie Ernestine Marie B de Beauvoir nobelprize.org
  10. Rodgers, Nigel; Thompson, Mel, Philosophers Behaving Badly, London, पृ: 186–187, आइएसबिएन 072061368X
  11. Beauvoir, The Second Sex, 267.
  12. Mikkola, Mari (३ जनवरी २०१८), "Feminist Perspectives on Sex and Gender", in Zalta, Edward N., The Stanford Encyclopedia of Philosophy, Metaphysics Research Lab, Stanford University Stanford Encyclopedia of Philosophyद्वारा।
  13. Bergoffen, Debra (२०१५), Zalta, Edward N., सम्पादक, The Stanford Encyclopedia of Philosophy (Fall 2015 संस्करण), Metaphysics Research Lab, Stanford University।
  14. Beauvoir, Simone de, "Simone de Beauvoir The Second Sex, Woman as Other 1949", marxists.org
  15. Beauvoir, Simone, The Second Sex
  16. Beauvoir, Simone de (२ मार्च २०१५), The second sex, Vintage Books, आइएसबिएन 978-0-09-959573-1, ओसिएलसी 907794335
  17. Appignanesi 2005, p. 82
  18. Appignanesi 2005, p. 89
  19. 1 2 Moi, Toril "While We Wait: The English Translation of 'The Second Sex'" in Signs 27(4) (Summer, 2002), pp. 1005–35.
  20. "Review: The Second Sex, by Simone de Beauvoir" The Globe and Mailद्वारा।
  21. Beauvoir, Simone de. "Woman: Myth and Reality".
    ** in Jacobus, Lee A. (ed.). A World of Ideas. Boston: Bedford/St. Martins, 2006. 780–95.
    ** in Prince, Althea, and Susan Silva Wayne. Feminisms and Womanisms: A Women's Studies Reader. Women's Press, Toronto 2004 p. 59–65.
  22. Bergoffen, Debra (२०१८), "Simone de Beauvoir", Stanford Encyclopedia of Philosophy, Stanford University।
  23. Scholz, Sally J. (२०१०), The Second Sex (Key Notes), Continuum, पृ: 45–48, आइएसबिएन 978-0826438317
  24. Fallaize, Elizabeth (१९९८), Simone de Beauvoir: A critical reader (Digital print संस्करण), London: Routledge, पृ: ६, आइएसबिएन 978-0415147033

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]