सिर्जना बस्नेत
सिर्जना बस्नेत -- अभिनेत्री
वास्तविक नाम - सुनिता बस्नेत विवाहित - बिजु रंजित (मृत्यु), सुरेन्द्र शाह (सँगै बस्ने र छुट्टिएका) सन्तान - बिजु रंजितबाट एक छोरा अभिनेत्रीको रूपमा डेब्यू चलचित्र - देउता (२०५० साल) निर्देशकको रूपमा डेब्यू चलचित्र - गुड लक पेशा – अभिनेत्री, निर्देशक, बौद्धमा व्यवसाय
सृजना बस्नेत नेपाली चलचित्र क्षेत्रकी कुशल अभिनेत्री हुन्। अभिनेत्री सिर्जना बस्नेतले 'देउता' बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्। यो चलचित्र धेरै सफल भयो र सिर्जनाले चलचित्रका निर्माता बिजु रंजितसँग विवाह गरिन्। विवाह पछि सिर्जनाले अभिनय गर्न छोडिन्।उनको वैवाहिक जीवन लामो समय टिकेन बिबाह गरेको केही समयमै बिजु रंजितको मृत्यु भयो। बिजुको मृत्यु हुँदा सिर्जना एक मोटी युवती थिइन्, जसको तौल ८० किलोग्राम थियो।
निर्माता तथा एक्सन निर्देशक सुरेन्द्र शाहले सिर्जनालाई उनको तौल घटाउन मद्दत गरे। डेढ वर्षको तालिमपछि सिर्जनाले अतिरिक्त तौल घटाइन् र शाहले उनलाई चलचित्रमा भूमिका पाउन मद्दत गरे।तालिम र चलचित्रमा पुनरागमनको लागि शाहको सहयोगले सिर्जना र सुरेन्द्र एकअर्काप्रति आकर्षित भए। आपसी समझदारीमा, दुई विवाह नगरी सँगै बसे। सुरेन्द्रको पहिले नै आफ्नी श्रीमतीबाट दुई छोरी र एक छोरा भएकोले उनीहरूले कुनै सन्तान जन्माएनन् र सिर्जनाको पनि बिजु रंजितबाट एक छोरा थियो। चार वर्ष सँगै बसेपछि, जोडी अलग भए।
उनको चलचित्र 'गुड लक' मा गोविन्द गौतमले चलचित्र निर्देशन गर्ने भनिएको थियो। तर, निर्देशक भारतमा अर्को चलचित्र निर्देशन गर्न गए र आएनन्। गौतम दस दिनभन्दा बढी समय सम्पर्क बाहिर रहँदा सिर्जनाले आफैं चलचित्र निर्देशन गर्ने निर्णय गरिन्। सिर्जनाले भविष्यमा चलचित्र निर्देशन गर्ने बारेमा सोचिरहेकी भए पनि, 'गुड लक' निर्देशन गर्ने योजना थिएन। सिर्जनाले चलचित्रमा निर्माता, मुख्य अभिनेत्री र निर्देशक - सबै प्रमुख भूमिकाहरू गरेर ठूलो जोखिम लिएकी थिइन्।
चलचित्रको श्रेय: कलाकार / निर्देशक / निर्माता
केही चलचित्रहरू --
चलचित्र - भुमिका - प्रदर्शन मिति
गुड लक- कलाकार/निर्देशक/निर्माता - वि.सं. २०७३ साउन १४ गते मनले मनलाई छुन्छ - कलाकार - वि.सं. २०७० चैत्र २८ गते फूल - कलाकार - वि.सं. २०६९ बैशाख २२ गते बिरासत - कलाकार - वि.सं. २०६८ चैत्र १७ गते जब जब माया बस्छ - कलाकार - वि.सं. २०६८ मंसिर ०९ गते राज - कलाकार - वि.सं. २०६८ असोज ०६ गते अचानक - कलाकार - वि.सं. २०६८ भदौ ३० गते मैले भुल्नै सकिनँ - कलाकार - वि.सं. २०६७ फाल्गुन १८ गते संघर्ष जिन्दगीको - कलाकार - वि.सं. २०६७ साउन ०७ गते नेपाल - कलाकार - वि.सं. २०६४ कार्तिक ०९ गते करण अर्जुन - कलाकार - वि.सं. २०६२ भदौ १० गते अग्निपथ - कलाकार - वि.सं. २०६१ पौष २१ गते कर्णवीर - कलाकार - वि.सं. २०६० पौष १७ गते यस्तै रहेछ जिन्दगी - कलाकार - वि.सं. २०६० मंसिर २५ गते धर्मात्मा - कलाकार - वि.सं. २०६० कार्तिक १४ गते गोठालो - कलाकार - वि.सं. २०५२ माघ २६ गते ज्वाला - कलाकार - वि.सं. २०५१ पौष ०१ गते पृथ्वी - कलाकार - वि.सं. २०५१ भदौ १४ गते टुहुरो - कलाकार - वि.सं. २०५१ भदौ १२ गते देउता - कलाकार - वि.सं. २०५० असोज १४ गते भुल - कलाकार - वि.सं. २०४९ जेष्ठ २८ गते