सिलाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Perilla
सिलामको बोट
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Perilla

सिलाम गाउँ घरमा खेती गरिने एक तेलहन बाली हो यसको बोट तथा फल एकदम बास्नादार हुन्छ। दाना सेता वा काला दुवै किसिमका हुन्छन्। यसलाई मूख्य रूपमा अचारमा छोपको रूपमा र तेलहनको रूपमा प्रयोगमा ल्याइन्छ। यो एक फुल फुल्ने किसिमको बिरुवा हो यो रुखको टूप्पोमा रहेको साना आकारमा रहेको खाली ठाउँ हुन्छ र त्यही फल्दछ र पछि त्यसलाई झारेर सफा गरेर अनि भुटेर खाने गरिन्छ ।

सुगन्धित वनस्पति सिलामको अंग्रेजी वा वैज्ञानिक नाम पेरिल्ला (Perilla) होI यो मिन्ट ( mint ) परिवारको नेपटियोडी (Nepetoídeae) वर्गमा पर्दछI यसको फलबाट तेल निकाल्न र छोप बनाउन मात्र प्रयोग गरिन्नi यसको कलिलो पातलाई खानाको परिकाहरूसँग मिलाएर खाँदा शरीरमा चाहिने गुणकारी तत्वहारु पाइने भएकोले पुर्बका विभिन्न देशहरू जस्तै कोरिया, जापान, इन्डोनेसिया, फिलिपिन्समा परिकारको अभिन्न अंगको रूपमा उपभोग गरिछI