सिलिया फ्लोरेस
सिलिया फ्लोरेस | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|
सन् २०२५ मा फ्लोरेस | |||||||||
| भेनेजुएलाकी प्रथम महिला | |||||||||
| भूमिकामा ५ मार्च २०१३[क] – ५ जनवरी २०२६ | |||||||||
| राष्ट्रपति | निकोलस मादुरो | ||||||||
| पूर्वाधिकारी | मारिसाबेल रोड्रिगेज दे चाभेज | ||||||||
| उतराधिकारी | रिक्त | ||||||||
| चौथो भेनेजुएलाको राष्ट्रिय सभा अध्यक्ष | |||||||||
| कार्यकाल १५ अगस्ट २००६ – ५ जनवरी २०११ | |||||||||
| राष्ट्रपति | ह्युगो चाभेज | ||||||||
| पूर्वाधिकारी | निकोलस मादुरो | ||||||||
| उतराधिकारी | फेर्नान्दो सातो रोहास | ||||||||
| भेनेजुएलाको महान्यायाधिवक्ता | |||||||||
| कार्यकाल २५ जनवरी २०१२ – ११ मार्च २०१३ | |||||||||
| राष्ट्रपति | ह्युगो चाभेज निकोलस मादुरो (कार्यवाहक) | ||||||||
| पूर्वाधिकारी | कार्लोस एस्कारा | ||||||||
| उतराधिकारी | मानुएल एनरिक गालिन्दो | ||||||||
| राष्ट्रिय सभा सदस्य | |||||||||
| पद बहाली ५ जनवरी २०२१ | |||||||||
| निर्वाचन क्षेत्र | राष्ट्रिय सूची | ||||||||
| कार्यकाल ५ जनवरी २०१६ – ५ जनवरी २०२१ | |||||||||
| निर्वाचन क्षेत्र | कोजेदेस | ||||||||
| कार्यकाल ३० जुलाई २००० – २ फेब्रुअरी २०१२ | |||||||||
| निर्वाचन क्षेत्र | राजधानी जिल्ला | ||||||||
| संविधान सभा सदस्य | |||||||||
| कार्यकाल ४ अगस्ट २०१७ – १८ डिसेम्बर २०२० | |||||||||
| व्यक्तिगत विवरण | |||||||||
| जन्म | सिलिया आदेला फ्लोरेस १५ अक्टोबर १९५६ तिनाक्किल्यो, कोजेदेस, भेनेजुएला | ||||||||
| राजनीतिक दल | भेनेजुएली एकीकृत समाजवादी पार्टी (सन् २००७ देखि) | ||||||||
| अन्य राजनीतिक संलग्नता | पाँचौँ गणतन्त्र आन्दोलन (सन् १९९७-२००६) | ||||||||
| जीवनसाथीहरू |
| ||||||||
| सन्तान | ३ | ||||||||
| जीवनवृति | वकील | ||||||||
| |||||||||
सिलिया आडेला फ्लोरेस दे मादुरो (स्पेनी: Cilia Adela Flores de Maduro, जन्म; सन् १९५६ अक्टोबर १५) सन् २०१३ देखि सन् २०२६ सम्म भेनेजुएलाको प्रथम महिलाको रूपमा सेवा गर्ने भेनेजुएलाकी एक वकिल तथा राजनीतिज्ञ हुन्। सन् २०१३ देखि २०२६ सम्म भेनेजुएलाको राष्ट्रपतिको रूपमा कार्यरत निकोलस मादुरोसँग उनले सन् २०१३ मा विवाह गरेकी थिइन्। सन् २०२६ मा संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेर राष्ट्रपति मादुरो र प्रथम महिला फ्लोरेसलाई गिरफ्तार गरी देशबाट बाहिर लगेपछि उनीहरू दुवैजना पदबाट हटेका थिए।
सन् २०१५ मा उनी राष्ट्रिय सभाको सदस्य बनेकी थिइन् जहाँ उनले सन् २००६ देखि २०११ सम्म आफ्नो गृह राज्य कोजेडेसको प्रतिनिधित्व गर्दै सभाको अध्यक्षको रूपमा काम गरेकी थिइन्। सन् २०१७ मा संविधान सभा गठन भएपछि उनी राष्ट्रपति आयोगको सदस्य बनेकी थिइन्।
सन् २०२६ जनवरी ३ का दिन भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको आक्रमणका क्रममा फ्लोरेस र मादुरोलाई संयुक्त राज्य अमेरिकाले हिरासतमा लिएको थियो। यस दम्पतीले ५ जनवरी २०२६ मा म्यानहाट्टन सङ्घीय अदालतमा आफ्नो पहिलो उपस्थिति जनाएका थिए जहाँ उनीहरू दुवैले लागूऔषध ओसारपसारका धेरै आरोपहरूमा आफू निर्दोष रहेको दाबी गरेका थिए।[३] यस दम्पतीलाई यसअघि सन् २०२१ मा न्युयोर्कको दक्षिणी जिल्लाका लागि संयुक्त राज्यको जिल्ला अदालतले लागूऔषध सम्बन्धी विभिन्न मुद्दाहरूमा अभियोग लगाएको थियो जसका लागि उनीहरूको सुपुर्दगीको माग गरिएको थियो।[४][५]
प्रथम महिलाको रूपमा
[सम्पादन गर्नुहोस्]सन् २०१३ को राष्ट्रपतीय निर्वाचनमा एनरिके काप्रिलेसलाई पराजित गर्दै मादुरोले जित हासिल गरेपछि सिलिया फ्लोरेस भेनेजुएलाको प्रथम महिला बनेकी थिइन् जुन पद सन् २००३ देखि रिक्त अवस्थामा थियो। प्रथम महिलाको रूपमा फ्लोरेसले सन् २०१५ को संसदीय निर्वाचनमा ग्रान पोलो पात्रिओतिको सिमोन बलिभार नामक राजनीतिक दफको उम्मेदवारको रूपमा राष्ट्रिय सभाको सिटको लागि चुनाव लडेकी थिइन्।[६] उनले आफ्नो पद नागरिकहरूको सामाजिक अधिकार र बोलिभेरियाली क्रान्तिका उपलब्धिहरूको रक्षा गर्न प्रयोग गर्ने बताएकी थिइन्।[७]
सन् २०१७ मा फ्लोरेस भेनेजुएलाको संविधान सभामा निर्वाचित भएकी थिइन्। फ्लोरेसले राज्यको कानुनी प्रणालीभित्रका मुख्य पदहरूमा आफ्ना नातेदार र वफादारहरूलाई नियुक्त गरी महत्त्वपूर्ण निर्णयहरू आफ्नै कार्यालयमार्फत हुने सुनिश्चित गरेपछि उनलाई नातावादलाई समर्थन गरेको आरोप लगाइन्छ। उनको प्रभावमा न्यायपालिका राजनीतिकरण भएको र यसले दुई दशकभन्दा बढी समयदेखि राज्यविरुद्ध कुनै पनि फैसला नसुनाएको आलोचकहरूले बताएका थिग। पूर्व वरिष्ठ अभियोजक जाइर मुन्दारायले फ्लोरेस राष्ट्रको शक्ति संरचना र भ्रष्टाचारमा एक "आधारभूत व्यक्तित्व" भएको बताएका थिए।
डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको एक विज्ञप्ति अनुसार, सन् २०२६ मा भेनेजुएलामा भएको अमेरिकी आक्रमणका क्रममा फ्लोरेस र मादुरोलाई अमेरिकी सेनाले कब्जामा लिएको थियो।[८][९] सन् २०२१ जनवरीमा, फ्लोरेस, मादुरो र उनीहरूका छोरालाई लागूऔषध तस्करहरूसँग मिलेमतो गरेको आरोप लगाउँदै सङ्घीय अभियोग पत्र खोलिएको थियो। सन् २०२६ को जनवरीमा फ्लोरेस र मादुरोलाई पक्राउ गरी यी आरोपहरूको सामना गर्न संयुक्त राज्य अमेरिकामा ल्याइएको थियो।
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Venezuelans will form 'wall of resistance' against U.S., defense minister says", NBC News, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ O'Connell, Oliver; Buschschlüter, Vanessa (३ जनवरी २०२६), "Maduro to be taken to Brooklyn detention centre", BBC, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ Nguyen, Thao; Cann, Christopher; Jansen, Bart; Palmer, Kathryn (५ जनवरी २०२६), "'Not guilty' plea for deposed Venezuelan leader Maduro: live updates", USA Today, अन्तिम पहुँच ५ जनवरी २०२६।
- ↑ Bergengruen, Vera (३ जनवरी २०२६), "Maduro Faces Federal Drug-Trafficking Charges in U.S.", The Wall Street Journal, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ "Indictment", Justice.gov, ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ "Cilia Flores formalizó su inscripción para las parlamentarias", El Nacional, ५ अगस्ट २०१५, अन्तिम पहुँच १२ अगस्ट २०१५।
- ↑ "Cilia Flores inscribió su candidatura parlamentaria", El Universal, ५ अगस्ट २०१५, अन्तिम पहुँच १२ अगस्ट २०१५।
- ↑ "Trump says US has "captured" Venezuelan President Maduro and his wife in "large scale strike" - latest", BBC News (en-GBमा), ३ जनवरी २०२६, अन्तिम पहुँच ३ जनवरी २०२६।
- ↑ "Trump says Venezuela's Maduro captured after strikes", Reuters।