सिल्भा लेभी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिल्भा लेभी पूर्वीय संस्कृति र इतिहासका ख्यातिप्राप्त फ्रान्सेली विद्वान् हुन्। सन् १८९८ मा पहिलो पटक नेपाल आएका लेभीको बसाइ भने दुई महिना मात्र थियो। बसाइ छोटो भए पनि उनले काठमाडौमा विताएको समय मुलत: नेपाली संस्कृतिको अध्ययन र अनुसन्धानमा बिताएका थिए।

त्यसैको परिणामस्वरुप सन् १९०५ मा यो विशद कृति दुई भागमा प्रकासित भयो। इतिहास भनेको शासकहरूको वशावली र स्तुति मात्र होइन भन्ने मान्यता राख्ने सिल्भा लेभीले नेपाली संस्कृति सम्बन्धमा विद्वतापूर्ण विश्लेषणहरू पनि लिएका छन्।