सिस्टाइसेर्कोसिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिस्टाइसेर्कोसिस
विभाग:Infectious diseases Edit this on Wikidata

सिस्टाइसेर्कोसिस (Cysticercosis) भनेको ऊतकमा हुने संक्रमण हो जुन सुंगुरको मासुमा हुने फिते जुका (सिस्टाइसेर्कस)को जवान रूप (टेनिया सोलियम (Taenia solium))को कारणले हुन्छ।[१][२] मानिसहरूमा वर्षौसम्म थोरै वा कुनैपनि लक्षणहरू नदेखिन सक्छन्, छाला वा मांसपेशीहरूमा एकदेखि दुई सेन्टिमिटरको पीडाहीन ठोस गाँठोको विकास हुनसक्छ वा यदि दिमाग संक्रमित छ भने न्यूरोलोजिकल लक्षणहरू देखिनेछन्।[३][४] केही महिना वा वर्षपछि यी गाँठोहरू पीडादायी हुन सक्छन् र सुन्निन सक्छ र त्यसपछि निको हुन्छ। विकासशील राष्ट्रहरूमा यो पक्षवातहरूको साधारण कारण पनि हो।[३]

यो प्राय: फिते जुकाको अण्डा भएको खानाहरू खाँदा वा पानी पिउँदा हुन्छ। राम्रोसँग नपकाएको तरकारीहरू यसको मुख्य कारण हो।[२] फिते जुकाका अण्डाहरू वयस्क जुकाबाट संक्रमित भएको व्यक्तिको दिसा मा पाइन्छ जसलाई टेनियासिस (taeniasis)अवस्था भनिन्छ।[३][५] टेनियासिस भनेको भिन्न रोग हो र राम्रोसँग नपकाएको सुंगुरको मासुमा पाइने सानो ट्युमर खानाले हुन्छ।[२] फिते जुका भएका मानिसहरूसँग बस्ने जोकोहीलाई सिस्टाइसेर्कोसिस लाग्ने जोखिम हुन्छ।[५] सानो ट्युमरलाई[सफा सुई एस्पिरेसन|एस्पिरेसन]] द्वारा निदान गर्न सकिन्छ।[३] दिमागमा लागेको रोगको निदान गर्न कम्प्युटर टोमोग्राफी (CT) वा म्याग्नेटिक रिसोनेन्स इमेजिङ्ग (MRI)बाट दिमागको तस्बिर लिनु उपयोगी हुन्छ। सेरेब्रल स्पाइनल फ्लुइड मा पाइने इयोसिनोफिल्स (eosinophils), भनिने श्वेत रक्त कोष र रगतको वृद्धिलाई संकेतको रूपमा प्रयोग गरिन्छ। [३]

संक्रमणलाई व्यक्तिगत सरसफाई र स्वच्छताद्वारा प्रभावकारी रूपमा निवारण गर्न सकिन्छ। यसमा निम्न शामिल छन्: सुंगुरको मासुलाई राम्री पकाउने, उपयुक्त शौचालयहरू र सफा पानीमा पहुँच हुनुपर्छ। फैलनबाट रोक्नको लागि टेनियासिस भएका मानिसहरूलाई उपचार गर्नु महत्त्वपूर्ण हुन्छ।[२] स्नायु प्रणाली समावेश नभएको रोगको उपचार आवश्यक नहुन सक्छ।[३] न्यूरोसिस्टाइसेर्कोसिस लागेका मानिसहरूलाई प्राजिक्वान्टेल (praziquantel) वा अल्बेन्डाजोल (albendazole)औषधिद्वारा उपचार गर्न सकिन्छ। यिनीहरूलाई लामो अवधिसम्म सेवन गर्नु पर्नसक्छ।उपचारको क्रममा सुन्न्याइ-विरोधीको लागि स्टेरोइडहरू, र पक्षवात-विरोधी औषधिहरू पनि आवश्यक हुनसक्छन्। कहिलेकाहीँ सानो ट्युमर हटाउनको लागि शल्यक्रिया गरिन्छ।[२]

सुंगुरको मासुमा पाइने फिते जुका एसिया, उप-सहारा अफ्रिका र ल्याटिन अमेरिकामा सामान्य छ।[३] केही क्षेत्रहरूमा लगभग २५% मानिसहरू प्रभावित छन् भनी विश्वास गरिन्छ।[३] विकसित विश्वमा यो धेरै असामान्य हो।[६] विश्वव्यापी रूपमा २०१० सम्मा यसको कारणले १,२०० जनाले ज्यान गुमाएका छन् र १९९० मा ७०० जनाको ज्यान गएको थियो।[७] सिस्टाइसेर्कोसिसले सुंगुरहरू र गाईहरूलाई पनि प्रभाव पार्दछ तर बिरलै लक्षणहरू देखिन्छन् जबकि कोही धेरै समयसम्म बाँच्दैनन्।[२] इतिहासमा हेर्दा मानवहरूमा यो रोग भेटिएको छ।[६] यो एउटा उपेक्षित ट्रोपिकल रोग हो।[८]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Roberts, Larry S.; Janovy, Jr., John (२००९), Gerald D. Schmidt & Larry S. Roberts' Foundations of Parasitology (8 संस्करण), Boston: McGraw-Hill Higher Education, पृ: 348–351, आइएसबिएन 978-0-07-302827-9 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ "Taeniasis/Cysticercosis Fact sheet N°376", World Health Organization, फेब्रुअरी २०१३, अन्तिम पहुँच १८ मार्च २०१४ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ ३.७ García HH, Gonzalez AE, Evans CA, Gilman RH (अगस्ट २००३), "Taenia solium cysticercosis", Lancet 362 (9383): 547–56, डिओआई:10.1016/S0140-6736(03)14117-7, पिएमआइडी 12932389, पिएमसी 3103219 
  4. García HH, Evans CA, Nash TE, et al. (अक्टोबर २००२), "Current consensus guidelines for treatment of neurocysticercosis", Clin. Microbiol. Rev. 15 (4): 747–56, डिओआई:10.1128/CMR.15.4.747-756.2002, पिएमआइडी 12364377, पिएमसी 126865 
  5. ५.० ५.१ "CDC - Cysticercosis" 
  6. ६.० ६.१ Bobes RJ, Fragoso G, Fleury A, et al. (अप्रिल २०१४), "Evolution, molecular epidemiology and perspectives on the research of taeniid parasites with special emphasis on Taenia solium", Infect. Genet. Evol. 23: 150–60, डिओआई:10.1016/j.meegid.2014.02.005, पिएमआइडी 24560729 
  7. Lozano R, Naghavi M, Foreman K, et al. (डिसेम्बर २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604 
  8. "Neglected Tropical Diseases", cdc.gov, जुन ६, २०११, अन्तिम पहुँच २८ नोभेम्बर २०१४