सामग्रीमा जानुहोस्

सुडेनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुडेनी र मिडवाईफ जसलाई नेपालीमा प्रसूतिकर्मी भनिन्छ यी दुई फरक प्रसूति सेवा प्रदायक हुन् | सुडेनी महिला हुन्छ जो संग प्रसव प्रणाली, महिला यौन र प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावरी र नवजात शिशु स्याहार, गर्भावस्था सम्बन्धी विशेष ज्ञान र दक्षता हुन्न, तर व्यवहारिक सिप हुन्छ । मिडवाईफ महिला र पुरुष दुवै हुन्छ र उनीहरुले कम्तिमा पनि ३ वर्षको औपचारिक मिडवाईफ्री विद्यामा शिक्षा हासिल गरेका हुन्छन अन्तर्राष्ट्रिय मिडवाईफहरुको संघद्वारा निर्धारण गरेको मापदण्ड अनुसार [] | मिडवाईफसंग प्रसव प्रणाली, महिला यौन र प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावरी र नवजात शिशु स्याहार, गर्भावस्था सम्बन्धी विशेष ज्ञान र सिप दुवै हुन्छ | यसको साथै उनीहरूले गर्भधारण, गर्भपतन, पाठेघर खस्ने समस्या,पाठेघर र प्रजननद्वार संक्रमण, एचआईभी, पाठेघर खस्ने समस्या, नवजात शिशुको हेर विचार, किशोर किशोरीहरूको स्वास्थ्य, मातृ स्वास्थ्य, वृद्धवद्धाको हेरचाह जस्ता विषयहरुमा पनि दखल राख्दछन् ।

नेपालमा प्रसूतिकर्मी

[सम्पादन गर्नुहोस्]

गर्भावस्थामा महिलाको स्वास्थ्यमा हुनसक्ने जोखिम र प्रसुतिका समयमा हुनसक्ने मातृ र शिशु मृत्यु रोक्न विशेष योगदान गर्ने सेवा भएकाले प्रसूति सेवा निकै लोकप्रिय छ । १५ वर्षसम्म नेपाल सरकारले सुडेनी कार्यक्रम संचालन गरी हटाईएको छ। सुडेनीहरूले गर्दै आएको कामको जिम्मेवारी पूर्ण रुपमा औपचारिक तालिम तथा शिक्षा हासिल गरेका अनमी र स्टाफ नर्सहरुले प्रदान गर्दै आई रहेका छन् | त्यस्तै गरी स्नातकमा कम्तिमा तीन वर्षे मिडवाईफ्री विद्याको शैक्षिक कार्यक्रम सन् २०१६ देखि शुरवात गरेसंगै सो शैक्षिक कार्यक्रम पूरा गरेका प्रसूतिकर्मीहरूले प्रदान गर्दै आई रहेका छन् ।[][]

अन्तर्राष्ट्रिय मिडवाईफ दिवस

[सम्पादन गर्नुहोस्]

मातृ शिशु स्वास्थ्यको क्षेत्रमा क्रियाशील प्रसूतिकर्मीको कामप्रति सम्मान व्यक्त गर्दै उनीहरूको कामको महत्त्वप्रति जनचेतना जगाउन अन्तर्राष्ट्रिय मिडवाईफहरुको संघको आव्हानमा सन् १९९२ देखि हरेक वर्ष मे ५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. International Confederation of Midwives, "Definition of Midwife", https://internationalmidwives.org/our-work/policy-and-practice/icm-definitions.html, International Confederation of Midwives। 
  2. Birdsall, Karen (२०२१-०८-३१), "Midwifery education in Nepal: Training the first generation of professional midwives", https://health.bmz.de/stories/midwifery-education-in-nepal-training-the-first-generation-of-professional-midwives/ (en-USमा), BMZ, अन्तिम पहुँच २०२२-११-२० 
  3. Ministry of Health and Population (२०२२-०६-०१), "National Nursing and Midwifery Strategy 2021-2030", https://nssd.dohs.gov.np/downloads/Nursing_And_Midwifery_Strategies_2022.pdf, Ministry of Health and Population।