प्रदेश प्रमुख (सुदूरपश्चिम प्रदेश)
स्वरूप
(सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखबाट अनुप्रेषित)
सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नेपालको सुदूरपश्चिम प्रदेशको नाममात्रको राष्ट्रप्रमुख र नेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो सुदूरपश्चिम प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।
चयन प्रक्रिया
[सम्पादन गर्नुहोस्]नेपालको संविधानको धारा १६४ मा भनिएको छ:
- सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
- पैंतीस वर्ष उमेर पूरा भएको, र
- कुनै कानूनले अयोग्य नभएको।
सूची
[सम्पादन गर्नुहोस्]| क्र. | नाम | पदभार ग्रहण | पदभार मुक्त | पदावधि |
|---|---|---|---|---|
| १ | मोहनराज मल्ल | २०७५ माघ ५< | २०७६ कात्तिक १७ | २८८ दिन |
| २ | शर्मिलाकुमारी पन्त | २०७६ कात्तिक १८ | २०७८ वैशाख २० | १ वर्ष, १८० दिन |
| ३ | गङ्गाप्रसाद यादव | २०७८ वैशाख २० | २०७८ कात्तिक २३ | १९० दिन |
| ४ | देवराज जोशी | २०७८ कात्तिक २५ | २०८० फागुन २८ | २ वर्ष, १२१ दिन |
| ५ | नजिर मियाँ | २०८० चैत २ | बहालवाला | १ वर्ष, ३११ दिन |