सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
Sunkoshi Rural Municipality | |
---|---|
सुनकोशी गाउँपालिका | |
देश | ![]() |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक जिल्ला |
स्थापना | २०७३ साल फाल्गुन २७ गते |
सरकार | |
• प्रकार | स्थानीय |
क्षेत्रफल | |
• जम्मा | ७२.८४ किमी२ (२८.१२ वर्ग माइल) |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | १६७१३ |
• घनत्व | २३०/किमी२ (५९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४५३०० |
क्षेत्रीय सङ्केत | ०११ |
वेबसाइट | http://sunkoshimunsindhupalchowk.gov.np/ |
सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लामा पर्ने वाग्मती प्रदेशको एउटा गाउँपालिका हो । यस गाउँपालिका हुदै बग्ने सुनकोशी खोलाको नामबाट यसको नामाकरण भएको हो | वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा तत्कालीन ६ गाविसहरू ठोकर्पा , कालिका, यमुनाडाँडा,सुनखानी ,थुम्पाखर र पाग्रेंटार लाई गाभिएको थियो । हाल यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् ।
यस गाउँपालिकाको क्षेत्रफल ७२.८४ वर्ग किलो मिटर रहेको छ भने २०६८ सालको जनगणना अनुसार १६७१३ जनसंख्या रहेको छ । प्रति वर्ग कि.मी. २३८ जनघनत्व रहेको यस गाउँपालिकामा अधिकांशको कार्यक्षेत्र जलस्रोत, पर्यटन, कृषि र व्यापार रहेको छ । साथै यो गाउँपालिका कफी ब्यवसायमा प्रचुर सम्भावना बोकेको छ ।
यस गाउँपालिकामा विशेष गरी हिन्दु र वौद्ध धर्मावालम्वीहरूको बसोबास रहेको छ । यहाँ व्राह्मण, क्षेत्री र तामाङ्ग जातिको वाहुल्यता रहेको छ । यहाँका नागरिकहरूले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रूपमा ऐतिहासिक काल बाटै अंगाल्दै आएका छन् । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु स्थानीय बजार क्षेत्रमा बढी खपत र बिक्री हुने गरेको छ । भौगोलिक रूपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस गाउँपालिकामा मानव बसोवास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् ।