सुन्दरी (साहित्यिक पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली निबन्धको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने सुन्दरी (१९६३) पत्रिकामा नेपाली भाषाको परिष्कृत रूप पाइन्छ । यसले शृङ्गार कालीन काव्यप्रवृत्तिको राम्रो प्रतिनीधित्व गरेको छ । त्यस रसिक मण्डलीमा देवीदत्त पराजुली, सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, दुर्गाप्रसाद घिमिरे, विष्णुप्रसाद भण्डारी जस्ता उत्साही युवा साहित्यकारहरू थिए । यसले अलङ्कारिक पद्यको विकासमा महत्त्वपूर्ण योगदान गरेको पाइन्छ ।