सुपरचार्जर

आन्तरिक दहन इन्जिनमा, सुपरचार्जर एउटा उपकरण हो जसले इन्टेक ग्यासलाई कम्प्रेस गरेर इन्जिनमा थप हावा पठाउँछ र थप शक्ति उत्पादन गर्छ। टर्बोचार्जरको विपरित, सुपरचार्जर यान्त्रिक रूपमा संचालित हुन्छ (सामान्यतया इन्जिनको क्र्याङ्कसाफ्टको बेल्टद्वारा सञ्चालन हुन्छ) टर्बोचार्जर निकास ग्याँसको गति ऊर्जाद्वारा संचालित हुन्छ। [१]
यद्यपि, २०औँ शताब्दीको मध्यसम्म, टर्बोचार्जरलाई "टर्बोसुपरचार्जर" भनिन्थ्यो र यसलाई सुपरचार्जरको एक प्रकार मानिन्थ्यो।[२]
पहिलो सुपरचार्ज सहितको इन्जिन १८७८ मा[३] निर्माण गरिएको थियो। विमान इन्जिनहरूमा प्रयोग यसको प्रयोग १९१० को दशकमा सुरु भयो र १९२० को दशकमा कार इन्जिनहरूमा प्रयोग भयो। विमानद्वारा प्रयोग गरिने पिस्टन इन्जिनहरूमा, उच्च उचाइमा कम हावाको घनत्वको कारण हावाको मात्रा पूर्ति गर्न प्रायः सुपरचार्जरको प्रयोग गरिन्थ्यो। २१औं शताब्दीमा सुपरचार्जिङ कम सामान्य रूपमा प्रयोग गरिन्छ, किनकि निर्माताहरूले इन्धन खपत कम गर्न र पावर आउटपुट बढाउन टर्बोचार्जको प्रयोग गर्न सुरु गरेका छन्।
सुपरचार्जरको एउटा प्रकार विद्युतीय सुपरचार्जर वा ई-सुपरचार्जर हो, जसले बेल्ट ड्राइभको सट्टा विद्युतीय मोटर यसको शक्ति स्रोतको रूपमा प्रयोग गर्दछ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Automotive handbook (6th संस्करण), Stuttgart: Robert Bosch, २००४, पृ: 528, आइएसबिएन 0-8376-1243-8, अन्तिम पहुँच ६ जुन २०२२।
- ↑ "The Turbosupercharger and the Airplane Power Plant", Rwebs.net, १९४३-१२-३०, अन्तिम पहुँच २०१०-०८-०३।
- ↑ Ian McNeil, सम्पादक (१९९०), Encyclopedia of the History of Technology., London: Routledge, पृ: ३१५, आइएसबिएन 0-203-19211-7।