सुपरहिरो

आधुनिक लोकप्रिय कपोलकल्पित कथाहरू अनुसार अलौकिक वा अतिमानवीय शक्ति भएको, आफ्नो पहिचान सधैँ लुकाउने, आफ्नो शक्तिको प्रयोग गरेर संसारलाई राम्रो बनाउने वा जनतालाई सुरक्षा दिई अपराधसँग लड्ने काममा समर्पित हुने एक प्रकारको पोशाकधारी वीर पात्रको रूपमा सुपरहिरोलाई चिनिन्छ।[१] सन् १९३० को दशकमा संयुक्त राज्य अमेरिकामा प्रकाशित विभिन्न कमिक पुस्तकहरूमा सुपरहिरोको वर्णन गरिएको छ भने यस्ता कथाहरू ती पात्रको वरिपरि निर्मित हुन्छ। यस्ता अलौकिक पात्रहरूलाई केन्द्रमा राखेर लेखिएका कथाहरूलाई सुपरहिरो कथा भनिन्छ भने यस्ता पत्राहरू अमेरिकी कमिक पुस्तकहरू सहित हलिउड चलचित्र, चलचित्र शृङ्खला, टेलिभिजन र भिडियो खेलहरूका साथै जापानी मिडियामा कामिसिबाई, टोकुसात्सु, मङ्गा र एनिमेमा पनि देखा परेका छन्।
सुपरहिरोको पृष्ठभूमि र उत्पत्ति फरकफरक हुने गर्दछ। सुपरम्यान र स्पाइडर-म्यान जस्ता थुप्रै सुपरहिरोहरू प्राय: अतिमानवीय जैविकता राख्दछन् भने ब्याटमेन र आइरन म्यान जस्ता सुपरहिरोहरूले आफ्नो स्थिति अत्याधुनिक प्रविधिबाट प्राप्त गर्दछन्। यी बाहेक ग्रिन ल्यान्टर र हि-म्यान जस्ता सुपरहिरोहरूले रहस्यमय वा पारलौकिक शक्तिसम्म भएका वस्तुहरू प्रयोग गर्न वा राख्न सक्छन्। डाक्टर फेट र डाक्टर स्ट्रेन्ज जस्ता सुपरहिरोहरूले अतिमानवीय क्षमता प्राप्त गर्न जादुको अध्ययन र अभ्यास गर्ने गर्दछन्।[२][३][४] डिक्सनरी डटकमको परिभाषा अनुसार, 'कार्टुनहरूमा देखाइने अतिमानवीय शक्ति भएको एक नायक पात्र हो जसलाई प्रायः दुष्ट वा अपराधसँग लडिरहेको देखाइन्छ'।[५] मेरियम-वेबस्टर शब्दकोशले सुपरहिरोलाई यसरी परिभाषित गरेको छ,"एक काल्पनिक नायक जससँग असाधारण वा अतिमानवीय शक्ति हुन्छ; अत्यन्त कुशल वा सफल व्यक्ति, मुखौटा लगाएको अपराध विरुद्धका योद्धा"।[६]
अल्पसङ्ख्यक सुपरहिरो
[सम्पादन गर्नुहोस्]सन् १९३० को दशकमा सुपरहिरो पात्रहरूलाई अग्लो कदको, बलिष्ठ, शिक्षित, शारीरिक रूपमा आकर्षक र स्वास्थ्यको हिसाबले सन्तुलित गोरो वर्णको मध्यम वा उच्च वर्गको अमेरिकी युवाकको रूपमा वर्णन गरिन्थ्यो। सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिका मा नागरिक अधिकार आन्दोलन सुरु पछि राजनीतिक सचेतनामा वृद्धि हुँदै जाँदा सन् १९८० को दशकमा सुपरहिरो कथाहरूमा सांस्कृतिक, जातीय, राष्ट्रिय अल्पसङ्ख्याक तर्फ पनि ध्यान दिन थालिएको थियो। यसलाई सर्वप्रथम सन् १९६० को दशकका कालो वर्णका सुपरहिरोबाट सुरुवात गरी सन् १९७० को दशकमा केही अन्य जातिका सुपरहिरो निर्माण गरेर अनुसरण गरिएको थियो।[७] सन् १९९० को दशकमा पहिलोपटक समलिङ्गी सुपरहिरो कथामा भित्रिन थालेसँगै सुपरहिरो सम्बन्धि सचेनतालाई यसले प्रवल बनाएको थियो। सन् २०१७ मा, साइन जीन नामक सुपरहिरोलाई भित्र्याइएको थियो जुन पहिलो बहिरा सुपरहिरोहरूको समूह थियो साङ्केतिक भाषाको प्रयोग गरी अतिमानवीय शक्ति प्राप्त गरेको थियो।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Superhero Definition & Meaning", Merriam-Webster (अङ्ग्रेजीमा), मूलबाट नोभेम्बर ५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०९-०७।
- ↑ Niccum, John (मार्च १७, २००६), "'V for Vendetta' is S for Subversive", Lawrence Journal-World (Lawrence, Kansas), मूलबाट नोभेम्बर १४, २०१३-मा सङ्ग्रहित।
- ↑ Gesh, Lois H.; Weinberg, Robert (२००२), "The Dark Knight: Batman: A NonSuper Superhero", The Science of Superheroes, John Wiley & Sons, आइएसबिएन 978-0-471-02460-6, मूलबाट नोभेम्बर ६, २०१५-मा सङ्ग्रहित।
- ↑ Lovece, Frank (जुलाई १६, २००८), "The Dark Knight", (movie review) Film Journal International, मूलबाट नोभेम्बर ७, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ५, २००९।
- ↑ "Superhero's | Define Superhero's", Dictionary.com, मूलबाट नोभेम्बर १३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २६, २०१६।
- ↑ "Superhero Definition & Meaning", Merriam-Webster, मार्च २२, २०१६, मूलबाट नोभेम्बर ५, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २६, २०१६।
- ↑ Dowling, Jennifer (मे ७, २००९), "'Oy Gevalt': A Peek at the Development of Jewish Superheroines", The Contemporary Comic Book Superhero, Routledge, आइएसबिएन 9781135213930, मूलबाट सेप्टेम्बर २६, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २२, २०१५।
- ↑ "Sign Gene by Emilio Insolera arrives at cinema" (अङ्ग्रेजीमा), ASVOFF, सेप्टेम्बर १०, २०१७, मूलबाट डिसेम्बर १४, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १३, २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विक्सनरीमा सुपरहिरोको शब्दकोशीय परिभाषा
सुपरहिरोसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।