सामग्रीमा जानुहोस्

सुबाह बङ्गाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
সুবাহ বাংলা
‍صوبه بنگاله (फारसी)
सन् १५७६–१७६५
बङ्गालको झन्डा
सुबाह बङ्गालको झण्डा
बङ्गालको
प्रतीकचिह्न
सुबाह बङ्गालको मानचित्र
सुबाह बङ्गालको मानचित्र
वस्तु-स्थितिमुघल सुबाह (सन् १५७६–१७१७)
स्वतन्त्र राष्ट्र (सन् १७१७–१७५७)
राजधानी
आम भाषाहरूफारसी (आधिकारिक)

बङ्गाली (सर्वसाधारण)

अरबी (धार्मिक मानिसहरू)
धर्म
सरकारमुघल सुबाह (१५७६–१७१७)
स्वतन्त्र राष्ट्र (सन् १७१७–१७५७)
बङ्गालको नवाब 
• प्रथम नवाब
मुर्शिदकुली खाँ
• अन्तिम नवाब
सिराजउद्दौला
ऐतिहासिक कालआधुनिक युगको सुरुमा
सन् १५७६
• पूर्व बङ्गालको बारो भूँइया भूखण्डमा समायोजित
सन् १६११
• बङ्गाल र मुर्शिदाबादका नवाबहरू र मुघलद्वारा स्वतन्त्रता प्राप्त
सन् १७१७
• बर्गीको हङ्गामा
सन् १७४१–१७५१
सन् १७५७
• विलुप्त
सन् १७६५
मुद्राटाका, मोहर
पूर्ववर्ती
उत्तरवर्ती
शाही बङ्गाल
बारो भूँइया
पोर्तुगाली उपनिवेश
म्रक-उ राज्य
मुघल साम्राज्य
बङ्गाल प्रेसिडेन्सी
फारसी बङ्गाल
डच बङ्गाल
डेनमार्केली बङ्गाल
अचेलबङ्गलादेश
म्यानमारभारत (पश्चिम बङ्गाल, बिहार, र उडिसा)

सुबाह बङ्गाल वा मुघल बङ्गला (फारसी: صوبه بنگاله) १६ देखि १७औँ शताब्दी बीचको समयमा वर्तमान बङ्गलादेश र भारतको पश्चिम बङ्गाल, बिहारउडिसा क्षेत्रमा फैलिएको मुघल साम्राज्यको एक सुबाह (प्रदेश) थियो। बङ्गला सल्तनतको पतनपछि यो सुबाहको उदय भएको थियो भने तत्कालीन समयको एक प्रमुख साम्राज्य यो क्षेत्रमा विलीन हुन आएको थियो। विश्वको एउटा प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित बङ्गला सल्तनतको पतनपछि यो क्षेत्र मुघल साम्राज्यमा समावेश भएसँगै स्थापित भएको थियो। पछि मुघलबाट स्वतन्त्र हुँदै यसले सबाह बङ्गाल अर्थात् बङ्गाल प्रदेशको रूप लिएको थियो। बङ्गाल भारतीय उपमहाद्वीपको सबैभन्दा समृद्ध क्षेत्रहरू मध्ये एक हो।

बङ्गाललाई विभिन्न समयमा जातिहरूको स्वर्गराज्यसुनौलो युगको रूपमा वर्णन गरिएको पाइन्छ।[][] यसले एसियाबाट डच आयातको ४० प्रतिशत अंश ओगटेको थियो। बङ्गलाको पूर्वी भाग कपडा उत्पादन र जहाज निर्माण जस्ता उद्योगमा विश्व प्रसिद्ध थियो र यो रेशम र सुतीको कपडा, स्टिल र कृषि तथा औद्योगिक उत्पादनको प्रमुख निर्यातक क्षेत्र थियो।[] अङ्ग्रेज-बङ्गाल युद्धको मुख्य केन्द्रको रूपमा बङ्गाल सुबाहलाई चिनिन्छ।[१०]

१८औँ शताब्दीमा बङ्गाली नवाबहरूको शासनकाल अन्तर्गत बङ्गाल एक स्वतन्त्र राज्यको रूपमा उदाएको थियो।[११] विशेषगरी वस्त्र उत्पादन उद्योगमा बङ्गाल राज्य औद्योगिकीकरणतर्फ अघि बढ्दै गर्दा यसले पहिलो औद्योगिक क्रान्तिमा महत्वपूर्ण योगदान पुर्‍याएको थियो।[१२][१३][१४] सन् १७५७ र १७६४ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीले प्लासीको लडाइँबक्सरको युद्धमा बङ्गालका नवाबलाई पराजित गरेपछि बङ्गाल ब्रिटिस शासन अन्तर्गत आएको थियो। ब्रिटिस इस्ट इन्डिया कम्पनीले बङ्गाललाई आफ्नो अधिनमा ल्याएपछि यो क्षेत्र उद्योगविहीन बनेको थियो। सन् १७६५ मा सम्राट शाह आलम द्वितीयले कम्पनीलाई बङ्गालको राजस्व अधिकार प्रदान गरी सन् १७९३ मा न्यायिक अधिकार प्रदान गरेका थिए। सन् १८०३ मा सम्राटले कम्पनीको राजाधिकारी अधिकार त्यागी मुघल साम्राज्यको बङ्गाल, बिहार र उडिसा प्रान्तलाई औपचारिक रूपमा इस्ट इन्डिया कम्पनीको फोर्ट विलियम प्रेसिडेन्समा समाहित गरेका थिए। सन् १८१३ मा इस्ट इन्डिया कम्पनीको ऐन १८१३ मार्फत कम्पनीका क्षेत्रहरूको सार्वभौमिकता सिंहासनमा हस्तान्तरण गरिएको थियोे।[१५]

राज्य सरकारलाई सन् १५७६ देखि १७१७ सम्म मुगल सम्राटद्वारा नियुक्त गरिएको एक राजप्रतिनिधिद्वारा (सुबेदार निजाम) नेतृत्व गरिन्थ्यो। राजप्रतिनिधिले आफ्नो मन्त्रिपरिषद् र चार प्रधानमन्त्रीहरू (दिवान) सहित विशाल अधिकारको प्रयोग गर्दथे। बङ्गालका लागि तीन उपराजप्रतिनिधिहरू, बिहार र उडिसामा नायब नाजिमको रूपमा चिनिन्थे। मुगलहरूले बङ्गालमा व्यापक जमिनदार अभिजात वर्ग स्थापना गरेका थिए। जागीरदारको उपाधि प्राप्त गर्ने जग्गाधनीहरूमा अभिजात वर्गका मानिसहरू समावेश हुन्थे जसलाई कर र राजस्व सङ्कलनको जिम्मेवार दिने गरिनथ्यो। कादी उपाधि प्रमुखन्यायाधीशका लागि सुरक्षित थियो। मन्साबदारहरूले मुगल सेनाका नेताहरूको रूपमा काम तथा जिम्मेवारी बहन गर्ने गर्दथे भने यस्तैगरी फौजदारहरू सेनापति बन्दथे। दीने इलाहीको धार्मिक सिद्धान्तको प्रवर्द्धन गरेका मुगलहरूलाई अकबरको शासनकालमा धर्मनिरपेक्षको बहुपरिचयका लागि प्रशंसा गरिन्छ। पछि शासकहरूले परम्परागत इस्लामको प्रवर्द्धन गरेका थिए।

सन् १७१७ मा मुगल सरकारले प्रभावशाली राजप्रतिनिधि तथा प्रधानमन्त्री मुर्शिदकुली खाँसँगको द्वन्द्वका कारण अर्का राजप्रतिनिधि अजिम-उस-शानलाई हटाएको थियो।[१६]बढ्दो क्षेत्रीय स्वायत्तताले मुगल दरबारलाई बङ्गालमा वंशानुगत रियासत स्थापना गर्न बाध्य तुल्याउँदा खाँलाई आधिकारिक उपाधि 'नाजिम'को रूपमा मान्यता दिइएको थियो जसले उनले नसिरी वंशको स्थापना गरेका थिए। सन् १७४० को गिरिया युद्धपछि, आलिवर्दी खानले सैन्य शासन लागु गरी छोटो समयको अफसर वंशको स्थापना गरेका थिए। व्यवहारिक रूपमा, नाजिमहरू स्वतन्त्र राजकुमारको रूपमा कार्यरत थिए। युरोपेली उपनिवेशवादी शक्तिहरूले उनीहरूलाई नवाब भनि उल्लेख गर्दथ्यो।[१७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Rajmahal - India", Encyclopædia Britannica, अन्तिम पहुँच ५ अप्रिल २०१८ 
  2. "Dhaka - national capital, Bangladesh", Encyclopædia Britannica, अन्तिम पहुँच ५ अप्रिल २०१८ 
  3. Sarkar, Jadunath (१९४८), The History of Bengal II, Dhaka: University of Dhaka, पृ: २२४, आइएसबिएन 978-81-7646-239-6 
  4. Rieck, Andreas (१५ जनवरी २०१६), The Shias of Pakistan: An Assertive and Beleaguered Minority, Oxford University Press, पृ: ३, आइएसबिएन 978-0-19-061320-4 
  5. Rizvi, Saiyid Athar Abbas (१९८६), A Socio-intellectual History of the Isnā 'Asharī Shī'īs in India: 16th to 19th century A.D 2, Munshiram Manoharlal Publishers, पृ: 45–47। 
  6. Rieck, Andreas (१५ जनवरी २०१६), The Shias of Pakistan: An Assertive and Beleaguered Minority, Oxford University Press, पृ: ३, आइएसबिएन 978-0-19-061320-4 
  7. Steel, Tim (२०१४-१२-१९), "The paradise of nations", Op-ed, Dhaka Tribune, मूलबाट २०१९-०५-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०५-१७ 
  8. Islam, Sirajul (१९९२), History of Bangladesh, 1704–1971: Economic history (अङ्ग्रेजीमा), Asiatic Society of Bangladesh, आइएसबिएन 978-984-512-337-2 
  9. Indrajit Ray (२०११), Bengal Industries and the British Industrial Revolution (1757–1857), Routledge, पृ: 57, 90, 174, आइएसबिएन 978-1-136-82552-1, मूलबाट १६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१९ 
  10. Vaughn, James M. (मार्च २०१८), "John Company Armed: The English East India Company, the Anglo-Mughal War and Absolutist Imperialism, c. 1675–1690", Britain and the World 11 (1): 101–137, डिओआई:10.3366/brw.2017.0283 
  11. Nitish K, Sengupta (२०११), Land of Two Rivers A History of Bengal from the Mahabharata to Mujib, Penguin Books India, पृ: 16, आइएसबिएन 9780143416784 
  12. Junie T. Tong (२०१६), Finance and Society in 21st Century China: Chinese Culture Versus Western Markets, CRC Press, पृ: १५१, आइएसबिएन 978-1-317-13522-7 
  13. John L. Esposito, सम्पादक (२००४), The Islamic World: Past and Present 1, Oxford University Press, पृ: १७४, आइएसबिएन 978-0-19-516520-3, मूलबाट १६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१९ 
  14. Indrajit Ray (२०११), Bengal Industries and the British Industrial Revolution (1757–1857), Routledge, पृ: 7–10, आइएसबिएन 978-1-136-82552-1, मूलबाट १६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१९ 
  15. The Bengalis, पृ: १४३। 
  16. Chatterjee, Anjali (२०१२), "Azim-us-Shan", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (द्वितीय संस्करण), Asiatic Society of Bangladesh, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मे २०१६ 
  17. Islam, Sirajul (२०१२), "Nawab", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (द्वितीय संस्करण), Asiatic Society of Bangladesh, मूलबाट १ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]