सामग्रीमा जानुहोस्

सूर्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुर्यबाट अनुप्रेषित)
सूर्य ☉
सेतो चम्किलो गोला
सौर्य फिल्टर प्रयोग गरी सन् २०१९ मा खिचिएको सूर्यको तस्विर
अन्य नामसुरज, रवि
विशेषणसौर्य[]
अवलोकन तथ्याङ्क
पृथ्वीबाट
औसत दूरी
AU१.४९६×१०किमी[]
प्रकाश गतिमा ८.३१ मिनेट
दृश्यमान चम्किलोपन  (भी)−२६.७४[]
परम मान४.८३[]
आकार वर्गीकरणजि२भि[]
धातुपनZ = ०.०१२२[]
कोण आकार३१.६–३२.७ वृतांश मिनेट[]
०.५२७–०.५४५ डिग्री
ब्रह्माण्डीय गुणहरू
आकाशगङ्गाको केन्द्रदेखि औसत दूरी२.७×१०१७किमी
छायापथीय अवधि२.२५-२.५०×१० (लगभग २२-२५ करोड सौर्यवर्ष)
वेग२५१किमी/से (छायापथ केन्द्रको चारैतिर ५४,००० प्रकाशवर्षव्यापी कक्षपथमा)
≈ २०किमी/से (नाक्षत्रिकमा अन्य तारहरूको सापेक्षमा)
≈ ३७०km/s[] (ब्रह्माण्ड माइक्रोवेभ पृष्ठभूमि सापेक्ष)
भौतिक गुणहरू
भूमध्यरेखीय व्यास६,९५,७०० किमी,[]
६,९६,३४२ किमी[]
१०९× पृथ्वी[१०]
भूमध्यरेखीय परिधि४.३७९×१०किमी[१०]
१०९ × पृथ्वी[१०]
समतलकृति×१०
सतहको क्षेत्र६.०९×१०१२वर्ग कि.मि.[१०]
१२,००० × पृथ्वी[१०]
आयतन१.४१×१०१८घन कि.मि.[१०]
१,३००,००० × पृथ्वी
तौल१.९८८५×१०३०किलोग्राम[]
३३२,९५०पृथ्वी[]
औसत घनत्व१.४०८ग्रा/सेमी३[][१०][११]
०.२५५ × पृथ्वी[][१०]
केन्द्रीय आयतन (नमुना)१६२.२ग्रा/सेमी३[]
१२.४ × पृथ्वी
भूमध्यरेखीय गुरुत्वाकर्षण२७४मि/से२[]
२८ × पृथ्वी[१०]
जडत्व कारक क्षण०.०७०[] (अनुमानित)
पलायन वेग
(सतहबाट)
६१७.७किमी/से[१०]
५५ × पृथ्वी[१०]
तापक्रमकेन्द्रीय (नमुना): १.५७×१०के[]
फोटोस्फियर (प्रभावी): ५,७७२के[]
कोरोना: ≈ ×१०के
चम्किलोपन (एलsol)३.८२८×१०२६वाट[]
≈ ३.७५×१०२८एलएम
≈ ९८एलएम/वाट चम्किलोपन प्रभावी
रङ (B-V)०.६३
औसत तीव्रता (Isol)२.००९×१०W·m−२·sr−१
उमेर≈४.६ करोड वर्ष (४.६×१०वर्ष)[१२][१३]
फोटोस्फिरिक संरचना (तौल अनुसार)
घूर्णन गुणहरू
सङ्क्रमणकालीन कोण७.२५°[]
(भूकक्षको साथ)
६७.२३°
(छायापथीय तलको साथ)
उत्तर ध्रुवको
सही आरोहण[१५]
२८६.१३°
१९ घ ४ मिने ३० से
उत्तर ध्रुव
को झुकाव
+६३.८७°
६३° ५२' उत्तर
विषुवरेखाको घूर्णन कालभूमध्य रेखामा २५.०५ दिन
१६° अक्षांशमा २५.३८ दिन
ध्रुवमा ३४.४ दिन[]
विषुवरेखाको वेग
(अक्षांशमा)
१.९९७किमी/से[१०]

सूर्य (प्रतीक: ☉) सौर्यमण्डलको केन्द्रको निकै नजिक रहेको एक तारा हो। लगभग पूर्ण गोलाकार आकारको यो तारा मुख्यतया प्लाज्मा र आयनित पदार्थद्वारा निर्मित छ जसमा विशाल चुम्बकीय क्षेत्र समावेश छ। यसको व्यास लगभग १३ लाख ९२ हजार किलोमिटर छ जुन पृथ्वीको व्यासभन्दा १०९ गुणा ठूलो हो भने यसको भार लगभग १.९८८५×१०३०किलोग्राम वा पृथ्वीको द्रव्यमानभन्दा ३,३२,९५० गुणा बढी छ। यो द्रव्यमानले सौर्यमण्डलको कुल द्रव्यमानको ९९.८६ प्रतिशत भाग ओगटेको छ। सूर्य मुख्यतया हाइड्रोजनद्वारा निर्मित छ जसले कुल द्रव्यमानको तीन-चौँथाई भाग ओगटेको छ। हाइड्रोजनपछि सूर्यमा हिलियम सबैभन्दा प्रचुर मात्रामा पाइने तत्व हो। हिलियमभन्दा गह्रौँ तत्त्वहरूले सूर्यको कुल द्रव्यमानको १.६९ प्रतिशत भाग ओगटेका छन्। यद्यपि यी तत्वहरूको संयुक्त द्रव्यमान पृथ्वीको द्रव्यमानभन्दा ५,६२८ गुणा बढी छ। यस्ता तत्वहरूमा अक्सिजन, कार्बन, नियोन, फलाम आदि समावेश छन्। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भव भएको हो।

ताराहरूको वर्गीकरण गर्ने एक विशिष्ट विधि अनुसार सूर्य 'जी श्रेणी'का मुख्य अनुक्रम ताराहरू अन्तर्गत पर्दछ। सूर्यको विद्युत चुम्बकीय विकिरणको तीव्रता स्पेक्ट्रमको पहेँलो-हरियो भागमा सबैभन्दा बढी हुनेे भएकाले कहिलेकाहीँ यसलाई 'पहेँलो वामन' पनि भनिन्छ। सूर्यको रङ सेतो भए पनि पृथ्वीको वायुमण्डलमा नीलो प्रकाश छरपष्ट हुँदा पृथ्वीको सतहबाट यसलाई पहेँलो देख्न सकिन्छ। वर्णक्रमीय प्रकार 'जि२ ले सूर्यको सतहको तापक्रम लगभग ५७७८ केल्भिन वा ५५०५ डिग्री सेल्सियस रहेको उल्लेख गरेको छ जसमा 'भि'ले आकाशगङ्गाको अधिकांश ताराहरू जस्तै सूर्य पनि मूलधारको तारा हो भनेर सङ्केत गर्दछ अर्थात् यसले केन्द्रमा आणविक मिश्रण प्रतिक्रियाहरूको माध्यमबाट हाइड्रोजनलाई निरन्तर जलाएर हिलियममा परिवर्तन गर्दछ।

सूर्यले यसको केन्द्रमा प्रतिसेकेन्ड ६२ करोड मेट्रिक टन हाइड्रोजन जलाउँदछ। पहिले खगोलशास्त्रीहरूले सूर्यलाई चम्किलो तर कम महत्त्वपूर्ण ताराको रूपमा हेरेका थिए तर पछिल्ला तथ्याङ्कहरू अनुसार सूर्य आकाशगङ्गाका ताराहरू मध्ये ८५ प्रतिशत ताराहरू भन्दा बढी चम्किलो रहेको तथ्य पत्ता लागेको थियो। वास्तवमा आकाशगङ्गाको अधिकांश ताराहरू रातो तथा वामन छन्। सूर्यको निरपेक्ष मान +४.८३ छ, तर यो पृथ्वीबाट निकट भएकोले आकाशको कुनै पनि अन्य वस्तुको तुलनामा धेरै चम्किलो देखिन्छ। अन्तरिक्षमा सूर्यको कोरोना (तारा बाहिरको वातावरण) निरन्तर फैलिरहेको हुनाले सौर्य आँधीको जन्म हुन्छ। सौर्य आँधी मूलतः आयनित कणहरूको एक शृङ्खला हो जुन हेलियोपज, वा लगभग १०० नोभो-एकाइहरू (सूर्यबाट पृथ्वीको औसत दूरीको १०० गुणा) सम्म फैलिन्छ। हेलियोस्फियर वा सौर्यमण्डल सबैभन्दा ठूलो निरन्तर संरचना हो, जुन सौर्य आँधीको माध्यमबााट निर्मित हुन्छ।[१६]

सूर्य हाल आकाशगङ्गाको कालपुरुष भुजाको भित्री भागमा अवस्थित स्थानीय बुदबुद क्षेत्रमा स्थानीय अन्तर्नाक्षत्रीय बादलहरू मार्फत यात्रा गरिरहेको छ। पृथ्वीबाट १७ प्रकाश वर्षको दूरीमा रहेका ५० वटा निकटतम तारा (सबैभन्दा नजिकको तारा, प्रोक्सिमा सेन्टाउरी, ४.२ प्रकाश वर्ष टाढा) मध्ये सूर्य द्रव्यमानमा चौथो स्थानमा रहेको छ। सूर्य आकाशगङ्गाको केन्द्रबाट लगभग २४-२६ प्रकाश-वर्ष टाढा रहेको छ र यसले २२.५ देखि २५ करोड वर्षमा एकपटक केन्द्रको परिक्रमा गर्दछ। छायापथीय उत्तरी ध्रुवबाट सूर्यको यो परिक्रमा घडीको दिशामा हुन्छ। ब्रह्माण्डीय अणुतरङ्ग पृष्ठभूमि विकिरणको (पोटविकिरण) अधीनमा रहेर आकाशगङ्गा ५५० किलोमिटर प्रति सेकेन्डको गतिमा अघि बढिरहेको हुनाले सूर्यको वेग लगभग ३७० किलोमिटर प्रति सेकेन्ड कंस वा सिंह क्षेत्रतर्फ रहेको छ।[१७]

सूर्य सौर्यमण्डलको कुल द्रव्यमानको ९९.८६३२% द्रव्यमान भएको जि-प्रकारको प्रधान तारा हो। यसको संरचना लगभग एक सिद्ध गोलो जस्तै भएतापनि उत्तर र दक्षिणी ध्रुवतिर सुन्तला जस्तै थोरै दबेको छ। यो सुन्तला आकारको मात्रा प्रति ९० लाख भागहरूमा एक भाग हो। अर्थात् सूर्यको ध्रुवीय व्यास भूमध्यरेखाभन्दा १० किलोमिटर मात्र कम हुन्छ। सूर्य प्लाज्मा वा आयनित ग्याँसबाट बनेको हुनाले यो भूमध्यरेखीय क्षेत्रको ध्रुवीय क्षेत्रभन्दा उच्च गतिमा घुम्दछ। यो परिवर्तनशील वेगलाई विभेदक वेग भनिन्छ। यस्तो वेगको कारण सूर्यको बीचमा गति र सतहतर्फको तापक्रमको ढलान केन्द्रभन्दा बढी घुमाउरो हुने भएकाले द्रव्यमानको स्थानान्तरण हुन्छ। पृथ्वीको कक्षको उत्तरी ध्रुवबाट अवलोकन गर्न सकिने सूर्यको कोणीय गतिको केही भाग यस सामूहिक स्थानान्तरणको कारण पुनर्वितरण गरिएको छ। अर्थात् एक ठाउँको गति घट्छ जाँदा अर्को ठाउँमा बढ्न जान्छ। यो वास्तविक परिक्रमण वेगको मान भूमध्यरेखीय क्षेत्रमा २५.५ दिन र ध्रुवीय क्षेत्रमा ३३.५ दिनको हुन्छ। तथापि, पृथ्वीको सापेक्षमा सूर्यको स्थिति निरन्तर परिवर्तन भइरहेको हुनाले हामीले पृथ्वीको २८ दिनको यो परिक्रमण वेगको मूल्य प्राप्त गर्दछौँ। सूर्यको कक्षको वरिपरि घूर्णन वेग धेरै कम रहेकाले यस घूर्णन वेगबाट उत्पन्न केन्द्रापसारक बल सूर्यको सतह गुरुत्वाकर्षणको १८० लाख भागको एक भाग हो। ग्रहहरूको ज्वारभाटाको बल अनिनै नगण्य भएकाले सूर्यको आकार र आकृतिमा यिनीहरूले परिवर्तन गराउन सक्दैनन्।

सूर्य एक पपुलेसन १ तारा हो, अर्थात् यसमा भारी मौलिक पदार्थहरू रहेका छन्। यो ताराको उत्पत्ति सम्भवतः एक वा एकभन्दा बढी अतिनवतारा (सुपरनोभा) विस्फोटका कारण भएको हुन सक्छ। सुपरनोभा विस्फोटले विशाल ग्याँसका बादलहरूलाई संकुचित गरेर नयाँ ताराहरूको गठन सुरु गर्न सक्छ। सौर्यमण्डलमा, सामान्य पपुलेसन २ ताराहरू (जसमा कम भारी पदार्थहरू हुन्छन्) भन्दा भारी तत्वहरू पाइन्छन् जसमा युरेनियम र सुन पर्दछन्। यी भारी तत्वहरू सम्भवतः सुपरनोभा विस्फोटको समयमा थर्मल प्रतिक्रियाहरूद्वारा वा ठूलो दोस्रो पुस्ताको ताराभित्र न्यूट्रोन अवशोषणद्वारा उत्पन्न भएका थिए।

स्थलीय ग्रहहरूको विपरीत सूर्यको कुनै निश्चित सतह सीमा छैन र यसको ग्याँस घनत्व व्यासार्ध बढ्दै जाँदा तीव्र रूपमा घट्दछ। सूर्यको व्यासार्ध केन्द्रदेखि फोटोस्फियरको अन्त्यसम्म निर्धारण गरिन्छ। फोटोस्फियर सूर्यको एक क्षेत्र हो जहाँबाट ग्याँस यति पातलो हुन्छ कि यसले उल्लेखनीय मात्रामा विकिरण उत्सर्जित गर्न सक्दैन। यसैले हामी सामान्यतया सूर्यको फोटोस्फियरलाई दृश्य प्रकाशमा देख्छौँ। सूर्यको भित्री भाग प्रत्यक्ष रूपमा दृश्यमान छैन। सूर्य विद्युत चुम्बकीय विकिरणप्रति तटस्थ छ। तर सिस्मोलोजी जसरी सौर्य कम्पन मार्फत भित्री भाग बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। जसरी पृथ्वीको आन्तरिक संरचना भूकम्पका कारण उत्पन्न हुने तरङ्गबाट थाहा हुन्छ, त्यसरी नै सूर्यको भित्री भागबाट बग्ने इन्फ्रारेड चाप तरङ्गमार्फत पनि सूर्यको आन्तरिक संरचना थाहा पाउन सकिन्छ। यसका साथै सूर्यको अदृश्य संसारको बारेमा पनि कम्प्युटर सिमुलेसनको माध्यमबाट ज्ञान प्राप्त गर्न सकिन्छ।

वैज्ञानिक अध्ययन

[सम्पादन गर्नुहोस्]

सूर्यको तौल करिब २×१०३० किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% हाइड्रोजन, २५% हिलियम र बाँँकी अन्य गर्‍हौ पदार्थहरू रहेका छन्। यसको आयु करिब ४ अर्ब ६० कराेड वर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यले परमाणवीय सन्धि प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब वर्षपछि यो ग्रहिय नेबुलामा परिणत हुने छ।

पृथ्विको सबैभन्दा नजीकको तारा भएर र बैज्ञानिकहरूबाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरू अनुत्तरित छन् - जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख केल्भिन भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००के मात्र छ।

वैदिक धारणा

[सम्पादन गर्नुहोस्]

वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रङ्ग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हुन्।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "solar", अक्सफोर्ड अङ्ग्रेजी शब्दकोश (तेस्रो संस्करण), अक्सफोर्ड विश्वविद्यालय प्रेस, सेप्टेम्बर २००५।  (Subscription or UK public library membership required.)
  2. Pitjeva, E. V.; Standish, E. M. (२००९), "Proposals for the masses of the three largest asteroids, the Moon–Earth mass ratio and the Astronomical Unit", Celestial Mechanics and Dynamical Astronomy (अङ्ग्रेजीमा) 103 (4): 365–372, आइएसएसएन 1572-9478, डिओआई:10.1007/s10569-009-9203-8, बिबकोड:2009CeMDA.103..365P, मूलबाट ९ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुलाई २०१९ 
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० ३.११ ३.१२ ३.१३ Williams, D.R. (१ जुलाई २०१३), "Sun Fact Sheet", NASA Goddard Space Flight Center, मूलबाट १५ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१३ 
  4. Zombeck, Martin V. (१९९०), Handbook of Space Astronomy and Astrophysics 2nd edition, Cambridge University Press, मूलबाट ३ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०१६ 
  5. Asplund, M.; Grevesse, N.; Sauval, A.J. (२००६), "The new solar abundances – Part I: the observations", Communications in Asteroseismology 147: 76–79, डिओआई:10.1553/cia147s76, बिबकोड:2006CoAst.147...76A 
  6. "Eclipse 99: Frequently Asked Questions", NASA, मूलबाट २७ मे २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २७ मे २०१० मिति
  7. Hinshaw, G. (२००९), "Five-year Wilkinson Microwave Anisotropy Probe observations: data processing, sky maps, and basic results", The Astrophysical Journal Supplement Series 180 (2): 225–245, एआरएक्सआइभी:0803.0732, डिओआई:10.1088/0067-0049/180/2/225, बिबकोड:2009ApJS..180..225H 
  8. Mamajek, E.E.; Prsa, A.; Torres, G.; et, al. (2015). "IAU 2015 Resolution B3 on Recommended Nominal Conversion Constants for Selected Solar and Planetary Properties". arXiv:1510.07674 [astro-ph.SR]. 
  9. Emilio, Marcelo; Kuhn, Jeff R.; Bush, Rock I.; Scholl, Isabelle F. (२०१२), "Measuring the Solar Radius from Space during the 2003 and 2006 Mercury Transits", The Astrophysical Journal 750 (2): १३५, एआरएक्सआइभी:1203.4898, डिओआई:10.1088/0004-637X/750/2/135, बिबकोड:2012ApJ...750..135E 
  10. १०.०० १०.०१ १०.०२ १०.०३ १०.०४ १०.०५ १०.०६ १०.०७ १०.०८ १०.०९ १०.१० १०.११ "Solar System Exploration: Planets: Sun: Facts & Figures", NASA, मूलबाट २ जनवरी २००८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २ जनवरी २००८ मिति
  11. Ko, M. (१९९९), "Density of the Sun", in Elert, G., The Physics Factbook, मूलबाट १३ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१४ 
  12. Bonanno, A.; Schlattl, H.; Paternò, L. (२००२), "The age of the Sun and the relativistic corrections in the EOS", Astronomy and Astrophysics 390 (3): 1115–1118, एआरएक्सआइभी:astro-ph/0204331, डिओआई:10.1051/0004-6361:20020749, बिबकोड:2002A&A...390.1115B 
  13. Connelly, JN; Bizzarro, M; Krot, AN; Nordlund, Å; Wielandt, D; Ivanova, MA (२ नोभेम्बर २०१२), "The Absolute Chronology and Thermal Processing of Solids in the Solar Protoplanetary Disk", Science 338 (6107): 651–655, डिओआई:10.1126/science.1226919, पिएमआइडी 23118187, बिबकोड:2012Sci...338..651C ढाँचा:Registration required
  14. "The Sun's Vital Statistics", Stanford Solar Center, मूलबाट १४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २००८  Citing Eddy, J. (१९७९), A New Sun: The Solar Results From Skylab, NASA, पृ: ३७, NASA SP-402, मूलबाट ३० जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१७ 
  15. Seidelmann, P.K. (२०००), "Report Of The IAU/IAG Working Group On Cartographic Coordinates And Rotational Elements Of The Planets And Satellites: 2000", मूलबाट १२ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २००६  वेब्याक मेसिन अभिलेखिकरण ३१ अक्टोबर २०१८ मिति
  16. "Equinoxes, Solstices, Perihelion and Aphelion, 2000-2020", US Naval Observatory, अन्तिम पहुँच २८ मार्च २०२३ 
  17. Simon, Anne Elizabeth, The real science behind the X-files : microbes, meteorites, and mutants (1st Touchstone संस्करण), New York: Simon & Schuster, पृ: 25–27, आइएसबिएन 0-684-85618-2 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
सूर्य बुधग्रह शुक्रग्रह पृथ्वी मंगलग्रह बृहस्पतिग्रह शनिग्रह अरुणग्रह वरुण ग्रह