सुवासचन्द्र नेम्वाङ
सुवासचन्द्र नेम्वाङ | |
|---|---|
| संविधान सभा अध्यक्ष | |
| पदमा २०६३–२०७२ | |
| राष्ट्रपति | रामवरण यादव विद्यादेवी भण्डारी |
| सहायक | चित्रलेखा यादव |
| पूर्वाधिकारी | पद स्थापित |
| उतराधिकारी | ओनसरी घर्तिमगर |
| कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री | |
| पदमा वि.सं २०५० – वि.सं २०५१ | |
| राजश्री | वीरेन्द्र वीरविक्रम शाह |
| प्रतिनिधि सभा सदस्य | |
| पदमा २०७४ फागुन २० – २६ भदौ २०८० | |
| निर्वाचन क्षेत्र | इलाम २ |
| पदमा २०५६–२०५९ | |
| पूर्वाधिकारी | कुलबहादुर गुरुङ |
| निर्वाचन क्षेत्र | इलाम २ |
| संविधान सभा सदस्य | |
| पदमा २०६५ जेठ १५ – २०७४ असोज २८ | |
| निर्वाचन क्षेत्र | इलाम २ |
| राष्ट्रिय सभा सदस्य | |
| पदमा २०५२ कार्तिक २७ – वैशाख २०५६ | |
| पदमा २०४८ असार १२ – २०५० असार १२ | |
| निर्वाचन क्षेत्र | पूर्वी क्षेत्रमा |
| व्यक्तिगत विवरण | |
| जन्म | २००९ फागुन २८ |
| निधन | २६ भदौ २०८० काठमाडौँ, नेपाल |
| दल | नेकपा (एमाले) (वि.सं २०४८–२०७५, वि.सं २०७६–२०८०) |
| आमाबुबाहरू |
|
सुवासचन्द्र नेम्वाङ (लिम्बू) (२००९ फागुन २८ - २६ भदौ २०८०) एक नेपाली राजनीतिज्ञ थिए जसले नेपालको संविधान सभाको अध्यक्षको रूपमा सेवा गरेका थिए। इलामको महेन्द्ररत्न क्याम्पसको प्रथम स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष र २०४६ सालमा नेपाल बार एसोसिएसनको महासचिवमा निर्वाचित भएका थिए।[१][२] २०७९ फागुन २५ मा, उनी नेपालको राष्ट्रपतिय निर्वाचन, २०७९ नेकपा (एमाले) बाट उम्मेदवारको रूपमा छानिएका थिए, तर नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए। सुवासचन्द्र नेम्बाङको २७ भदौ २०८० मा हृदयघातका कारण निधन भएको थियो।[३]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सुवासचन्द्र नेम्वाङको जन्म २००९ फागुन २८ मा इलाम जिल्लाको सुन्तलाबारीमा भएको थियो। पिता बाबु रामबहादुर नेम्बाङ र माता अपिन्द्रकुमारी का सन्तान रूपमा जन्मिएका नेम्वाङको बाल्यकाल इलाम सदरमुकामको सुन्तलाबारीमा बितेको थियो।[४] उनका दुई छोरा, जेठा छोरा मिङ्सो नेम्वाङ, कान्छा छोरा सुहाङ नेम्वाङ र दुई छोरी छन्।[५] उनले कानुनमा स्नातक (बीएल) गरेका थिए। पछिल्ला ५० वर्ष भने सक्रिय राजनीतिमा लागेका शालीन राजनीतिज्ञ थिए।[६]
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]विद्यार्थी राजनति
[सम्पादन गर्नुहोस्]विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्वाङ २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए। उनले २०२९ सालमा अनेरास्ववियुको अध्यक्षको रूपमा रहेका थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हासिल गरेका थिए।
कानुन तथा न्याय मन्त्री
[सम्पादन गर्नुहोस्]२०५१ मा नेकपा एमाले मनमोहन अधिकारीको अल्पमतको सरकार कानुन तथा न्याय मन्त्री बनेका थिए।।[७]
संविधानसभा
[सम्पादन गर्नुहोस्]उनले नेपालको नयाँ संविधान बनाउने संविधान सभाको दुई पटक नेतृत्व गरेका थिए।[८] संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यस अघिको नेपालको व्यवस्थापिका संसदमा सभामुखको रूपमा सेवा गरेका थिए। त्यसअघि २०४८ र २०५२ मा गरी उनले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालेका थिए। २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहेका थिए। नेकपा (एमाले)को केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित भएका थिए।
कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालेका थिए।
उनी नेकपा (एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री बनेका थिए। २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भै संविधान सभाको अध्यक्षको रूपमा कार्यरत थिए। २०७० को संविधान सभा निर्वाचन २०७० पछि ओनसरी घर्तिमगर संविधान सभाको अध्यक्ष चुनिएकी थिइन्।[९]
सभामुख
[सम्पादन गर्नुहोस्]दोस्रो जनआन्दोलनबाट पुनस्र्थापित संसदमा २०६३ वैशाख ३० मा उनी पहिलोपटक सभामुख बनेका थिए र यो कार्यकाल १ माघ २०६३ सम्म रहेको थियो। नेम्वाङ अन्तरिम संविधान जारीपश्चात ३ माघ २०६३ उनी पुनः सर्वसम्मत सभामुख बनेका थिए र कार्यकाल २०६५ जेठ १४ सम्म रहेको थियो । तेस्रोपटक सभाध्यक्षका रूपमा नेम्वाङ २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र ६ फागुन २०७० मा, चौथो पटक पनि सभाध्यक्षका लागि निर्विरोध भएका थिए।[१०]
प्रतिनिधिसभा निर्वाचन २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ३०,०२० मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।[११] उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९,००६ मत प्राप्त गरेका थिए।[१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Jayshi, Damakant (१९ फेब्रुअरी २०१४), "Nembang elected Nepal CA chair again", The Hindu, अन्तिम पहुँच ११ अक्टोबर २०१८ – www.thehindu.comद्वारा।
- ↑ "Subhash Chandra Nembang", election.ujyaaloonline.com, मूलबाट ३१ अक्टोबर २०१३-मा सङ्ग्रहित। अभिलेखिकरण ३१ अक्टोबर २०१३ वेब्याक मेसिन
- ↑ "एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन", अनलाइनखबर, अनलाइनखबर, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२३।
- ↑ इलाम, भीम चापागाईं, "सुवासचन्द्र नेम्वाङ- सुन्तलाबारीदेखि बालुवाटारसम्म", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०९-१२।
- ↑ Setopati, सेतोपाटी संवाददाता ::, "बेलायत र अष्ट्रेलियाबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा", Setopati (en-USमा), अन्तिम पहुँच २०२३-०९-१२।
- ↑ "शालीन राजनीतिज्ञको शान्त प्रस्थान", कान्तिपुर, इकान्तिपुर, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२३।
- ↑ २०५१ मङ्सिर १४ को राजपत्र
- ↑ "सुवास नेम्वाङ: कानुनका विद्यार्थीदेखि कानुन निर्माणको नेतृत्वसम्म", बीबीसी नेपाली, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२३।
- ↑ संविधान सभा निर्वाचन पोर्टल अभिलेखिकरण २०१४-१२-१८ वेब्याक मेसिन
- ↑ "जो चारपटक सर्वसम्मत सभामुख बने", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०९-१२।
- ↑ "झापा : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५। अभिलेखिकरण २०२२-११-२३ वेब्याक मेसिन
- अज्ञात पारामिटरहरू प्रयोग गरिएका पदाधिकारी सूचनाबाकसका पृष्ठहरू
- सन् २०२३ मा मृत्यु
- संविधान सभा सदस्य
- नेपाली राजनीतिज्ञहरू
- नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)का राजनीतिज्ञहरू
- कम्युनिष्ट सभासद
- नेपालको प्रतिनिधि सभाका सभामुखहरू
- सन् १९५३ मा जन्म
- इलाम जिल्लाका मानिसहरू
- नेपालका सांसदहरू २०७४–२०७९
- नेपालका सांसदहरू २०७९–२०८२
- नेपालका राष्ट्रपतिको उम्मेदवारहरू
- नेपालका न्याय मन्त्रीहरू