सुष्मा स्वराज
सुष्मा स्वराज | |
|---|---|
आधिकारिक तस्वीर, सन् २०१७ | |
| भारतको २९औँ विदेश मन्त्री | |
| पदमा २६ मे २०१४ – ३० मे २०१९ | |
| प्रधानमन्त्री | नरेन्द्र मोदी |
| पूर्वाधिकारी | सलमान खुर्सिद |
| उतराधिकारी | एस. जयशङ्कर |
| भारतको ४औँ प्रवासी भारतीय मामिला मन्त्री | |
| पदमा २६ मे २०१४ – ७ जनवरी २०१६ | |
| प्रधानमन्त्री | नरेन्द्र मोदी |
| पूर्वाधिकारी | वायलार रवि |
| उतराधिकारी | पद खारेज |
| लोक सभामा ११औँ प्रतिपक्षको नेता | |
| पदमा २१ डिसेम्बर २००९ – १९ मे २०१४ | |
| सहायक | गोपीनाथ मुन्डे |
| सभामुख | मीरा कुमार |
| पूर्वाधिकारी | लालकृष्ण आडवाणी |
| उतराधिकारी | राहुल गान्धी (सन् २०२४) |
| भारतको १९औँ संसदीय मामिला मन्त्री | |
| पदमा २९ जनवरी २००३ – २२ मे २००४ | |
| प्रधानमन्त्री | अटल बिहारी वाजपेयी |
| पूर्वाधिकारी | प्रमोद महाजन |
| उतराधिकारी | गुलाम नबी आजाद |
| भारतको २९औँ स्वास्थ्य तथा परिवार कल्याण मन्त्री | |
| पदमा २९ जनवरी २००३ – २२ मे २००४ | |
| प्रधानमन्त्री | अटल बिहारी वाजपेयी |
| पूर्वाधिकारी | सि. पि. ठाकुर |
| उतराधिकारी | अन्बुमणी रामदोस |
| भारतको २१औँ सूचना तथा प्रसारण मन्त्री | |
| पदमा ३० सेप्टेम्बर २००० – २९ जनवरी २००३ | |
| प्रधानमन्त्री | अटल बिहारी वाजपेयी |
| पूर्वाधिकारी | अरुण जेटली |
| उतराधिकारी | रविशङ्कर प्रसाद |
| पदमा १९ मार्च १९९८ – ११ अक्टोबर १९९८ | |
| प्रधानमन्त्री | अटल बिहारी वाजपेयी |
| पूर्वाधिकारी | एस. जयपाल रेड्डी |
| उतराधिकारी | प्रमोद महाजन |
| पदमा १६ मे १९९६ – १ जुन १९९६ | |
| प्रधानमन्त्री | अटल बिहारी वाजपेयी |
| पूर्वाधिकारी | पि. ए. सङ्मा |
| उतराधिकारी | सि. एम. इब्राहिम |
| सांसद, राज्य सभा | |
| पदमा १० अप्रिल १९९० – ९ अप्रिल १९९६ | |
| निर्वाचन क्षेत्र | हरियाणा |
| पदमा ३ अप्रिल २००० – ८ नोभेम्बर २००० | |
| निर्वाचन क्षेत्र | उत्तर प्रदेश |
| पदमा ९ नोभेम्बर २००० – २ अप्रिल २००६ | |
| उतराधिकारी | सत्यव्रत चतुर्वेदी |
| निर्वाचन क्षेत्र | उत्तराखण्ड |
| पदमा ३ अप्रिल २००६ – ३० मे २००९ | |
| निर्वाचन क्षेत्र | मध्य प्रदेश |
| दिल्लीकी ५औँ मुख्यमन्त्री | |
| पदमा १३ अक्टोबर १९९८ – ३ डिसेम्बर १९९८ | |
| लप्टन प्रमुख | विजई कपुर |
| पूर्वाधिकारी | साहिब सिंह वर्मा |
| उतराधिकारी | शीला दीक्षित |
| सांसद, लोक सभा | |
| पदमा ३१ मे २००९ – २४ मे २०१९ | |
| पूर्वाधिकारी | रामपाल सिंह |
| उतराधिकारी | रमाकान्त भार्गव |
| निर्वाचन क्षेत्र | विदिशा, मध्य प्रदेश |
| पदमा ७ मे १९९६ – ३ अक्टोबर १९९९ | |
| पूर्वाधिकारी | मदनलाल खुराना |
| उतराधिकारी | विजयकुमार मल्होत्रा |
| निर्वाचन क्षेत्र | दक्षिण दिल्ली, दिल्ली |
| श्रम तथा रोजगार मन्त्री, हरियाणा सरकार | |
| पदमा जुन १९७७ – जुन १९७९ | |
| मुख्यमन्त्री | देवी लाल |
| शिक्षा मन्त्री, हरियाणा सरकार | |
| पदमा जुलाई १९८७ – डिसेम्बर १९८९ | |
| मुख्यमन्त्री | देवी लाल |
| व्यक्तिगत विवरण | |
| जन्म | सुष्मा शर्मा १४ फेब्रुअरी १९५२[१][२] |
| निधन | ६ अगस्ट २०१९ (उमेर ६७) नवी दिल्ली, दिल्ली, भारत |
| मृत्युको कारण | हृदयघात |
| दल | भारतीय जनता पार्टी |
अन्य राजनीतिक आबद्धता | जनता पार्टी[३] |
| दम्पती | |
| सन्तान | बाँसुरी स्वराज (छोरी) |
| शिक्षा | सनातन धर्म कलेज (बिए) पञ्जाब विश्वविद्यालय (एलएलबी) |
| व्यवसाय |
|
पुरस्कार तथा सम्मान | पद्मविभूषण (सन् २०२०) |
सुष्मा स्वराज (जन्म शर्मा; १४ फेब्रुअरी १९५२ – ६ अगस्ट २०१९) एक भारतीय अधिवक्ता, राजनीतिज्ञ तथा कूटनीतिज्ञ थिइन्। उनले दिल्लीकी ५औँ मुख्यमन्त्री तथा पहिलो मोदी मन्त्रिपरिषद्मा सन् २०१४ देखि २०१९ सम्म भारतको विदेश मन्त्रीको रूपमा सेवा गरेकी थिइन्। जवाहरलाल नेहरूपछि ५ वर्षको कार्यकाल पूरा गर्ने उनी दोस्रो व्यक्ति थिइन्। भारतीय जनता पार्टीकी एक वरिष्ठ नेत्री, स्वराज इन्दिरा गान्धीपछि विदेश मन्त्रीको पद सम्हाल्ने दोस्रो महिला थिइन्। उनी सात पटक सांसद र तीन पटक विधानसभा सदस्यको रूपमा निर्वाचित भएकी थिइन्। सन् १९७७ मा २५ वर्षको उमेरमा उनी भारतको हरियाणा राज्यको सबैभन्दा कान्छी मन्त्रिपरिषद् मन्त्री बनेकी थिइन्। उनले सन् १९९८ मा छोटो अवधिका लागि दिल्लीकी मुख्यमन्त्रीका रूपमा पनि सेवा गरेकी थिइन् र दिल्लीकी पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्।[४]
२०१४ को भारतीय आम निर्वाचनमा स्वराजले मध्य प्रदेशको विदिशा निर्वाचन क्षेत्रबाट दोस्रो कार्यकालका लागि ४ लाखभन्दा बढी मतान्तरले विजयी भएकी थिइन्।[५] उनी २६ मे २०१४ मा केन्द्रीय मन्त्रिपरिषद्मा विदेश मन्त्री बनेकी थिइन्। अमेरिकी दैनिक पत्रिका द वाल स्ट्रिट जर्नलले स्वराजलाई भारतको "सबैभन्दा लोकप्रिय राजनीतिज्ञ" भनेको थियो।[६][७] मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा सुधार भइरहेकाले र सङ्क्रमणबाट जोगिनुपर्ने भएकाले उनले सन् २०१९ को आम निर्वाचन नलड्ने निर्णय गरेकी थिइन् र सन् २०१९ को दोस्रो मोदी मन्त्रिपरिषद्मा सहभागी भइनन्।[८][९]
एम्स, नयाँ दिल्लीका चिकित्सकहरूका अनुसार ६ अगस्ट २०१९ को रात हृदयघातका कारण स्वराजको मृत्यु भएको थियो। उनलाई सार्वजनिक मामिलाको क्षेत्रमा सन् २०२० मा मरणोपरान्त भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्मविभूषण प्रदान गरिएको थियो।[१०][११]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन]सुष्मा स्वराज (जन्म शर्मा)[१२] को जन्म १४ फेब्रुअरी १९५२ मा पञ्जाब (हाल हरियाणा) को अम्बाला छाउनीमा एक ब्राह्मण परिवारमा हरदेव शर्मा र श्रीमती लक्ष्मी देवीको छोरीको रूपमा भएको थियो।[१३][१४] उनका पिता राष्ट्रिय स्वयंसेवक सङ्घका एक प्रमुख सदस्य थिए। उनका आमाबाबु पाकिस्तानको लाहोरस्थित धर्मपुरा क्षेत्रका निवासी थिए।[१५] उनले अम्बाला छाउनीको सनातन धर्म कलेजबाट शिक्षा प्राप्त गरेकी थिइन् र संस्कृत तथा राजनीति शास्त्र मुख्य विषय लिई स्नातक (बिए) को डिग्री हासिल गरेकी थिइन्।[१६] उनले पञ्जाब विश्वविद्यालय, चण्डीगढबाट कानुन (एलएलबी) को अध्ययन गरेकी थिइन्।[१७][१६][१८] हरियाणा भाषा विभागद्वारा आयोजित राज्यस्तरीय प्रतियोगितामा उनले लगातार तीन वर्ष उत्कृष्ट हिन्दी वक्ताको पुरस्कार जितेकी थिइन्।[१९] सुष्मा स्वराज शाकाहारी थिइन्।[२०]
अभिवक्ताको रूपमा
[सम्पादन]सन् १९७३ मा स्वराजले भारतको सर्वोच्च अदालतमा अधिवक्ताको रूपमा वकालत सुरु गरेकी थिइन्।[१७][१६] उनले १९७० को दशकमा अखिल भारतीय विद्यार्थी परिषदबाट आफ्नो राजनीतिक जीवनको सुरुवात गरेकी थिइन्। उनका पति स्वराज कौशल समाजवादी नेता जर्ज फर्नान्डिससँग नजिकबाट जोडिएका थिए र सुष्मा स्वराज सन् १९७५ मा जर्ज फर्नान्डिसको कानुनी प्रतिरक्षा टोलीको हिस्सा बनेकी थिइन्। उनले जयप्रकाश नारायणको सम्पूर्ण क्रान्ति आन्दोलनमा सक्रिय रूपमा भाग लिएकी थिइन्। सङ्कटकाल पछि उनी भारतीय जनता पार्टीमा आबद्ध भएकी थियइन्। पछि उनी भारतीय जनता पार्टीकी राष्ट्रिय नेता बनेकी थिइन्।[२१]
निधन
[सम्पादन]६ अगस्ट २०१९ का दिन बेलुकी सुष्मा स्वराजलाई हृदयघात भएको रिपोर्ट आएपछि उनलाई एम्स नवी दिल्ली लगिएको थियो, जहाँ पछि हृदयघातकै कारण उनको मृत्यु भएको थियो।[२२] भोलिपल्ट दिल्लीको लोधी श्मशान घाटमा पूर्ण राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो।[२३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Lok Sabha Members Bioprofile Sushma Swaraj", लोक सभा, अन्तिम पहुँच १४ जुन २०२३।
- ↑ Roche, Elizabeth (७ अगस्ट २०१९), "Remembering Sushma Swaraj: First female foreign minister to Twitter's favorite", Livemint, मूलबाट ७ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१९।
- ↑ "BJP leader and former external affairs minister Sushma Swaraj passes away", Business Standard, ६ अगस्ट २०१९, मूलबाट ३ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०२४।
- ↑ "At a glance: Sushma Swaraj, from India's 'youngest minister' to 'aspiring PM'", इन्डिया टिभी, १५ जुन २०१३, मूलबाट २ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०१३।
- ↑ BJP's Sushma Swaraj to contest Lok Sabha polls from Vidisha constituency अभिलेखिकरण १३ मार्च २०१४ वेब्याक मेसिन. NDTV.com (13 March 2014). Retrieved 21 May 2014.
- ↑ Varadarajan, Tunku (२४ जुलाई २०१७), "India's Best-Loved Politician", द वाल स्ट्रिट जर्नल, मूलबाट २६ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०१७।
- ↑ "Sushma Swaraj is 'India's Best-Loved Politician', opines US magazine Wall Street Journal", जि न्युज, २५ जुलाई २०१७, मूलबाट २५ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०१७।
- ↑ "Why Sushma Swaraj won't contest 2019 general elections", द टाइम्स अफ इन्डिया, १ डिसेम्बर २०१८, मूलबाट ८ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१९।
- ↑ "Sushma Swaraj writes emotional tweet to PM Modi, says she is grateful", इन्डिया टुडे, ३० मे २०१९, मूलबाट ३० मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१९।
- ↑ "MINISTRY OF HOME AFFAIRS", padmaawards.gov.in, मूलबाट २२ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२०।
- ↑ "Arun Jaitley, Sushma Swaraj, George Fernandes given Padma Vibhushan posthumously. Here's full list of Padma award recipients", द इकोनोमिक टाइम्स, २६ जनवरी २०२०, मूलबाट ३१ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०२०।
- ↑ "Sushma Swaraj", Encyclopædia Britannica, २७ नोभेम्बर २०२३।
- ↑ "Brief Bio-data. Member of Rajya Sabha. Sushma, Shrimati", मूलबाट २८ मे २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २००९।
- ↑ "Facts About Sushma Swaraj | Work & Life", ५ जुन २०१४, मूलबाट १७ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०२२।
- ↑ "Indian FM Sushma Swaraj's parents hailed from Lahore – Pakistan – Dunya News", dunyanews.tv (Dunya News), मूलबाट १२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१५।
- 1 2 3 "Detailed Profile – Smt. Sushma Swaraj – Members of Parliament (Lok Sabha) – Who's Who – Government: National Portal of India", India.gov.in., मूलबाट २७ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०१४। अभिलेखिकरण २७ अप्रिल २०१४ वेब्याक मेसिन
- 1 2 Sushma Swaraj अभिलेखिकरण ३ जुन २०१६ वेब्याक मेसिन. इन्डिया टुडे. Retrieved 28 May 2016.
- ↑ Layak, Suman (१० जुलाई २०१६), "Cabinet reshuffle: Modi government's got talent but is it being fully utilised?", द इकोनोमिक टाइम्स, मूलबाट १३ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुलाई २०१६।
- ↑ "Sushma Swaraj Biography", मूलबाट २५ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अगस्ट २०१४।
- ↑ Uttam, Kumar (११ जुन २०२०), "A disciple of Krishna, Sushma Swaraj played many roles", हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), मूलबाट १९ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०२३।
- ↑ Archis Mohan (२७ डिसेम्बर २०१५), "How Sushma Swaraj helped Modi get his Pak groove back", बिजनेस स्ट्यान्डर्ड, मूलबाट ३१ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जनवरी २०१६।
- ↑ "Sushma Swaraj, Former Foreign Minister and BJP Stalwart, Passes Away at 67 from cardiac arrest.| LIVE", News18, ६ अगस्ट २०१९, मूलबाट ७ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०१९।
- ↑ "Sushma Swaraj funeral; latest updates: Ex-minister cremated with State honours in Delhi as top NDA leaders bid farewell", Firstpost, ७ अगस्ट २०१९, मूलबाट ७ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१९।