सुस्ता क्षेत्र
सुस्ता | |
|---|---|
विवादित क्षेत्र | |
विवादित क्षेत्र | |
| निर्देशाङ्क: २७°२१′२६″N ८३°५२′३४″E / 27.3572647°N 83.87609°E | |
| स्थिति | नेपालद्वारा नियन्त्रित भारतद्वारा दावी गरिएको |
| स्थापना | राणा काल |
| संस्थापक | राणा |
| सरकार | |
| • प्रकार | वडा आयुक्त |
| • अङ्ग | वडा नम्बर ५ |
| क्षेत्रफल | |
| • जम्मा | ५० किमी२ (२० वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ |
सुस्ता नेपाल र भारत बीचको विवादित क्षेत्र हो। यो लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला अन्तर्गत सुस्ता गाउँपालिकाको भागको रूपमा नेपालद्वारा प्रशासित छ। भारतले यसलाई बिहारको पश्चिम चम्पारण जिल्लाको भागको रूपमा दावी गरेको छ। विवादित क्षेत्र गण्डकी नदी (नारायणी नदी) को पूर्वी किनारमा अवस्थित छ। नेपाल अन्तर्गत यो क्षेत्र सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा पर्दछ। सुस्तामा १४,८६० हेक्टरभन्दा बढी नेपाली भूमि भारतले अतिक्रमण गरेको आरोप लगाउँदै भारतले "सुस्ता" पश्चिम चम्पारण जिल्लाको भाग भएको दावी गरेको छ।[१]
वि.सं १८७२ मा इस्ट इन्डिया कम्पनी र नेपाल बीच हस्ताक्षर गरिएको सुगौली सन्धि अनुसार, गण्डकी नदी अन्तर्राष्ट्रिय सीमा हो र नदीको पूर्वी भाग भारतको हो र नदीको पश्चिमी भाग नेपालको हो। सन्धिमा हस्ताक्षर हुँदा त्रिवेणी सुस्ता नदीको पश्चिममा अवस्थित थियो। तर, वर्षौँको अन्तरालमा, गण्डकी नदीले आफ्नो धार परिवर्तन गर्दै नदीको पूर्वपट्टि सरेको थियो, जुन अहिले नदीको भारतीय तर्फ छ।
नेपालले वि.सं १८७२ मा गण्डकी नदीको मार्गलाई निश्चित अन्तर्राष्ट्रिय सीमाको रूपमा लिने गरेको छ तर भारतले नदीको पूर्वी किनारको भूमि आफ्नो क्षेत्र भएको दावी गर्दछ।[२][३][४]

यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "विवादास्पद सुस्ताबारे केही तथ्य", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच २ पुस २०८२।
- ↑ "As a river changed its course, a village on the India-Nepal border became disputed territory", www.scroll.in, १९ मार्च २०१७, अन्तिम पहुँच १७ अगस्ट २०१८।
- ↑ "India and Nepal Tackle Border Disputes", www.thediplomat.com, २२ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १७ अगस्ट २०१८।
- ↑ "Change of Course", www.lensculture.com, अन्तिम पहुँच १७ अगस्ट २०१८।