सामग्रीमा जानुहोस्

सूक्ष्मतरङ्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विविध किसिमका डिस एन्टिना सहितका दुरसञ्चार टावर। यो टावरको निर्माण क्यालिफोर्निया फ्रेजिएर पिक भेन्चुरा काउन्टीमा माइक्रोवेव रिले लिंकको काम गर्न गरिएको हो।

सूक्ष्मतरङ्ग तरंगदैर्ध्य १ मिटर देखि १ मिलिमिटर वा ३०० MHz (मेगाहर्ट्ज) देखि ३०० GHz आवृति हुने विद्युतचुम्बकीय हो।

माइक्रोवेभका स्रोतहरू

[सम्पादन गर्नुहोस्]

उच्च-शक्ति माइक्रोवेभ स्रोतहरूमा माइक्रोवेभहरू उत्पादन गर्न विशेष भ्याकुम ट्यूबहरू प्रयोग गरिन्छ। यी उपकरणहरूले नियन्त्रित द्युतीय वा चुम्बकीय क्षेत्रको प्रभावमा भ्याकुममा इलेक्ट्रोनहरूको ब्यालिस्टिक गति प्रयोग गर्छ।

फाइबर-अप्टिक ट्रान्समिसनको आविस्कार अगाडि, अधिकांश लामो दुरीको टेलिफोन कल माइक्रोवेभ रेडियो लिंकको माध्यमबाट गरिन्थ्यो।

राडार प्रविधिमा सूक्ष्मतरङ्ग को उपयोग गरी वस्तु पहिचान गर्ने वा पत्ता लगाउने काम गरिन्छ। यसको सहयोगले गतिशील वस्तु जस्तै: वायुयान, जलयान, मोटरगाडी आदिको दूरी, ऊंचाई, दिशा, गति आदि टाढाबाट नै मापन गरिन्छ। यसबाहेक मौसममा तीव्र रुपमा आउने परिवर्तन (weather formations) पनि थाहा पाउन सकिन्छ।

रेडियो खगोलविज्ञान

[सम्पादन गर्नुहोस्]

ताप तथा शक्ति उपयोग

[सम्पादन गर्नुहोस्]
एक माइक्रोवेभ ओभन

माइक्रोवेव ओभन ले खानाबाट २.४५ गिगाहंर्ज (१२ सेमी) को तरङ्ग प्रवाह गरेर खाना पकाउन र खानालाई तताउन प्रयोग गरिने एक उपकरण हो। यस कार्यको लागि यो चुल्हो द्विविद्युतीय (dielectric) तापको प्रयोग गर्छ। यसले खाना भित्र रहेको पानी र अन्य ध्रुवीय अणुलाई सूक्ष्मतरंग विकिरणको उपयोग गरी तातो बनाउँछ। यो ताप धेरै हदसम्म सम्पूर्ण खानामा समान रुपमा फैलन्छ। म्याग्नेट्रन यसका मुख्य अंग हो जसले सूक्ष्मतरंगे उत्पन्न गर्छ।

स्पेक्ट्रोस्कोपी

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]