सामग्रीमा जानुहोस्

सूर्यबहादुर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्यबहादुर थापा
नेपालका २४औँ प्रधानमन्त्री
पदमा
२०२२–२०२६
राजश्रीराजा महेन्द्र
पूर्वाधिकारीतुल्सी गिरी
उतराधिकारीतुल्सी गिरी
पदमा
२०३५–२०३८
राजश्रीराजा वीरेन्द्र
पूर्वाधिकारीकीर्तीनिधि बिष्ट
उतराधिकारीनिरन्तर
पदमा
२०३८–२०४०
राजश्रीराजा वीरेन्द्र
पूर्वाधिकारीनिरन्तर
उतराधिकारीलोकेन्द्रबहादुर चन्द
पदमा
२०५४–२०५५
राजश्रीराजा वीरेन्द्र
पूर्वाधिकारीलोकेन्द्रबहादुर चन्द
उतराधिकारीगिरिजाप्रसाद कोइराला
पदमा
२०५९–२०६१
राजश्रीराजा ज्ञानेन्द्र
पूर्वाधिकारीलोकेन्द्रबहादुर चन्द
उतराधिकारीशेरबहादुर देउवा
व्यक्तिगत विवरण
जन्म१९८४ चैत्र ९
निधन२०७२ वैशाख २
दलराष्ट्रिय प्रजातन्त्र पार्टी
मातृ शिक्षाप्रतिष्ठानदरबार हाइस्कूल, इलाहाबाद विश्वविद्यालय, भारत
सूर्य बहादुर थापा सँग पशुपति शम्शेर राणा


सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्रराजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स. मा जन्मेका उनी लामिछाने थापा हुन्। उनी काठमाडौंको मालीगाउँमा बस्दथे।

सूर्यबहादुर थापा आफ्नो ८७औं जन्मोत्सव मनाउँदै

बि. सं. २०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठीत सल्लाहकार सभामा सूर्यबहादुर थापा अध्यक्ष भएका थिए। बि. सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। बि. सं. २०३६ सालको जनमत सङ्ग्रह अघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए। बि. सं. २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीय रूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापना पछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भएका थिए। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञ मध्ये एक मानिन्छन्। उनी जीवन भर नै राजनितीमा निकै सकि्य थिए।

सूर्यबहादुर थापा घरमा

प्रधानमन्त्री

[सम्पादन गर्नुहोस्]

पहिलो कार्यकाल

[सम्पादन गर्नुहोस्]

सन् १९६३ मा कुनै निर्वाचनमा उम्मेदवारीसमेत नदिएका थापालाई राजा महेन्द्रले राष्ट्रिय पञ्चायतमा मनोनीत गरेका थिए। त्यसपछि उनलाई मन्त्रिपरिषद्को अध्यक्ष तथा अर्थ, कानुन, न्याय र सामान्य प्रशासन मन्त्री नियुक्त गरिएको थियो।[]

यस अवधिमा उनी ‘‘भूमि-बिर्ता प्रणाली’’को उन्मूलनमा महत्वपूर्ण भूमिकामा रहेका थिए। साथै, मोहीहरूको भोगाधिकारलाई सुदृढ गर्दै भूमि सुधारलाई प्रवर्द्धन गर्न विभिन्न रणनीति निर्माण गर्नमा पनि उनले योगदान पुर्‍याएका थिए। थापा मुलुकी ऐन निर्माण तथा कार्यान्वयनसँग पनि सम्बन्धित थिए। यसमार्फत उनले अछुत जातिसम्बन्धी प्रथाको अन्त्य गर्ने तथा महिलाहरूलाई मतदानको अधिकार प्रदान गर्ने लगायतका सामाजिक सुधारका प्रयासहरू अघि बढाएका थिए।

दोस्रो कार्यकाल

[सम्पादन गर्नुहोस्]

सन् १९६६ मा संशोधित नेपालको संविधानअन्तर्गत थापा पुनः प्रधानमन्त्री नियुक्त भए। उनी सन् १९६२ को संविधानको कार्यक्षेत्र विस्तार गर्न जिम्मेवार थिए र संविधानलाई “जनमुखी” बनाउन यसको दोस्रो संशोधन जारी गरेका थिए।[] सन् १९६७ मा थापाले प्रधानमन्त्रीको लामो कार्यकाल देशको लोकतान्त्रिक विकासका लागि उपयुक्त नभएको भन्दै आफ्नो पदबाट राजीनामा दिए।[]

तेस्रो कार्यकाल

[सम्पादन गर्नुहोस्]

अक्टोबर १९७२ मा थापाले इटुम–बहालमा आयोजित सार्वजनिक सम्बोधनका क्रममा राजनीतिक सुधारको माग गरेपछि उनलाई पक्राउ गरी नख्खु कारागारमा थुनिएको थियो। उक्त सम्बोधनमा उनले १३ बुँदे प्रस्ताव अघि सारेका थिए, जसमा संविधानमा लोकतान्त्रिक परिवर्तन गर्ने तथा लोकतान्त्रिक निर्वाचनमार्फत जनतालाई उनीहरूका अधिकार पुनःस्थापित गर्ने लगायतका मागहरू समावेश थिए। सन् १९७४ को मार्चमा उनले देशमा व्यापक राजनीतिक सुधारको माग गर्दै २१ दिनसम्म आमरण अनशन बसेका थिए।[]

सन् १९७९ मा प्रजातन्त्रको पक्षमा भएका प्रदर्शनपछि सन् १९८० मा आयोजित जनमतसंग्रहमा नेपाली मतदाताहरूले पञ्चायती व्यवस्थालाई निरन्तरता दिने पक्षमा मतदान गरे। त्यसपछि राजा वीरेन्द्रले १ जुन १९८० मा थापालाई प्रधानमन्त्री नियुक्त गरे।[] जनमतसंग्रहसँगै राजनीतिक बन्दीहरूका लागि आममाफीको व्यवस्था पनि गरिएको थियो।[]

थापाले सन् १९८१ को संसदीय निर्वाचनपछि पनि प्रधानमन्त्रीको पद कायम राखे।[] थप दुई वर्ष पदमा रहेपछि उनको सरकारले अविश्वासको प्रस्तावमा बहुमत गुमाएपछि उनले सन् १९८३ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए।[][]

सन् १९८३ देखि १९९० सम्म थापाले राजनीतिक विषयमा निरन्तर आफ्ना धारणा सार्वजनिक गर्दै लोकतान्त्रिक सुधारको विरोध गर्नेहरूको आलोचना गरे र देशमा राजनीतिक तथा आर्थिक विकासका प्रक्रियालाई सुदृढ बनाउन आग्रह गरे।[] थापाका अभिव्यक्तिहरू राष्ट्रिय स्तरका विभिन्न प्रमुख समाचारपत्रहरूमा प्रकाशित तथा उद्धृत हुने गरेका थिए। थापाका विचारहरू प्रकाशित गर्ने एक सम्पादक पदम ठकुराठीको हत्या गर्ने प्रयाससमेत भएको थियो।[][] पश्चिम नेपालको झलारी हुँदै यात्रा गरिरहेका बेला थापा स्वयंको हत्या गर्ने प्रयाससमेत भएको थियो।[]

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा (बायाँ) राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबरासँग।

चौथो कार्यकाल २०५४

[सम्पादन गर्नुहोस्]

२०५४ असोज २० मा कांग्रेसको सहयोगमा सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो। वि.सं. २०५४ साल पौष २४ मा प्रधानमन्त्री थापाले संसद् विघटनका लागि राजा समक्ष सिफारिस गरेका थिए। पौष २९ मा राजाले संसद विघटन र विशेष अधिवेशनको समावेदन मध्ये कुनले प्राथमिकता पाउने भनेर सर्वोच्च अदालतसँग राय मागे। २०५४ माघ २२ मा सर्वोच्च अदालतले विशेष अधिवेशन बोलाउने प्रावधानलाई मान्यता दिनु पर्ने राय पेस गरेको थियो। राजाले संसद विघटन रद्द गरेका थिए। संसद विघटनको मुद्दालाई लिएर राप्रपा पार्टी फुट्यो र लोकन्द्रबहादुर चन्दले राप्रपा (चन्द) गठन गरेका थिए।

२०५४ चैत्र २८ मा सुर्यबहादुर थापाले राजीनामा दिए।

पाँचौ कार्यकाल

[सम्पादन गर्नुहोस्]

थापाको बि. स. २०७२ वैशाख २ गते राति निधन भयो। ८८ वर्षको उमेरमा उनको भारतको मेदान्त अस्पतालमा निधन भएको थियो। क्यान्सरमा पिडित उनको उपचारको क्रममा निधन भएको हो।[१०]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bhuwan Lal Joshi; Leo E. Rose (१९६६), "Democratic Innovations in Nepal: A Case Study of Political Acculturation", University of California Press, पृ: 434–441, अन्तिम पहुँच २०१५-०४-१६ |name-list-style= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Nepalresearch", अन्तिम पहुँच अप्रिल २०, २०१५
  3. Goel, Deepak (२०१५-०४-१६), "Surya Bahadur Thapa - a democrat whom even kings favoured", Yahoo India News, मूलबाट २०१५-०४-२७-मा सङ्ग्रहित।
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "HimTimes obit" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. 1 2 3 "Nepal (1946-present)", University of Central Arkansas, Department of Political Science, २०१३, अन्तिम पहुँच २०१५-०४-१९ अभिलेखिकरण २०१५-०४-२७ वेब्याक मेसिन
  6. 1 2 Ian Preston (२००१), A Political Chronology of Central, South and East Asia, Psychology Press, पृ: २०४, आइएसबिएन 9781857431148, अन्तिम पहुँच २०१५-०४-१९
  7. 1 2 "PM Thapa - A Factual Profile", Nepal Digest, ७ अक्टोबर १९९७, अन्तिम पहुँच २१ अप्रिल २०१५ अभिलेखिकरण ४ मार्च २०१६ वेब्याक मेसिन
  8. Harsha Man Maharjan (२०१२), "Attempted Assassination of Journalist Padam Thakurathi and Its Reporting in Bimarsha on September 12, 1986", nepali media history research collection, अन्तिम पहुँच २०१५-०४-१९
  9. Michelle Kergoat (२००८), Histoire politique du Népal – Aux origines de l'insurrection maoïste, KARTHALA Editions, पृ: १३०, आइएसबिएन 9782811142391, अन्तिम पहुँच २०१५-०४-१९
  10. "पूर्व प्रधानमन्त्री सु...", नेपालीहेडलाईनस

बाह्यलिङ्कहरू

[सम्पादन गर्नुहोस्]
राजनीतिक कार्यकाल
पूर्वाधिकारी नेपालका प्रधानमन्त्री
१९६३–१९६४
उतराधिकारी
पूर्वाधिकारी नेपालका प्रधानमन्त्री
१९६५–१९६९
उतराधिकारी
पूर्वाधिकारी नेपालका प्रधानमन्त्री
१९७९–१९८३
उतराधिकारी
पूर्वाधिकारी नेपालका प्रधानमन्त्री
१९९७–१९९८
उतराधिकारी
पूर्वाधिकारी नेपालका प्रधानमन्त्री
२००३–२००४
उतराधिकारी

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]