सृजनशील युवा समाज, सोलुखुम्बु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सृजनशिल युवा समाज एउटा नाफारहित सेवामा समर्पित सामाजिक क्लब हो । यसको आधिकारीक स्थापना वि.सं. २०६५ सालमा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा दर्ता भएपछि भएतापनि यसले धेरै समय अगाडिदेखी नै आफ्नो सामाजिक कार्य गर्दै आइरहेको थियो । यसको प्रधान कार्यालय सोलुखुम्बु जिल्लाको कांगेल गा.वि.स. मा रहेको छ । पहिला अरु नै नामबाट यस समाज रहेतापनि सृजनशिल युवा क्लबको नामबाट संचालित हुदां खेरी यसको अध्यक्ष श्री कुल कुमार बस्नेत हुनुहुन्थ्यो । तर हाल यस समाजको केन्द्रिय कार्य समितिमा श्री कान्तिराज थुलुङ्ग राईको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारीहरु रहेका छन् । त्यसैगरि यस समाजको काठमाडौं सम्पर्क समिति तथा विदेश प्रतिनिधिमा श्री योगेश राईको अध्यक्षतामा ९ सदस्यीय र विभिन्न देशमा रहनुभएका यस समाजका पुर्व ७ जना सदस्यहरुलाई विदेश प्रतिनिधि चयन गरिएको छ । साथै यस समाजका संरक्षकमा जिवन ज्योति उ.मा.वि. नेलेका पुर्व प्रधानाध्यापक श्री मणिकर्ण थुलुङ्ग राई रहनुभएको छ भने सल्लाहकारहरुमा श्री धन्दिराम राई (शिक्षक), श्री ज्ञान्जु राई (पुर्व शिक्षक), श्री हेमकर्ण बस्नेत (पुर्व शिक्षक), श्री जरासिन्धु राई (समाजसेवी) र श्री हिरामान राई (समाजसेवी) रहनुभएको छ । त्यस्तै यस समाजलाई निरन्तर रुपमा सहयोग गर्नु हुने श्री नव बहादुर भुजेललाई विशेष सहयोगिको रुपमा चयन गरिएको छ । यस समाज अन्तर्गत रहने गरी श्रीमति फुलमाया राईको अध्यक्षतामा लगभग ५० जना भन्द सदस्यहरु सहितको सिर्जनशिल महिला समाज रहेको छ ।