सामग्रीमा जानुहोस्

सेइना बेज्लर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेइना बेज्लर
सन् २०१६ मा बेज्लर
जन्मसेइना एन्ड्रिया बेज्लर
(1980-08-08) ८ अगस्ट १९८० (उमेर ४५)[]
सिउ फल्स, साउथ डकोटा, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानमिड-अमेरिका नाजरिन विश्वविद्यालय
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामसेइना बेज्लर
उचाई५ फिट ७ इन्च[]
तौल१३६ पाउन्ड[]
उत्पत्तिसिउ फल्स, साउथ डकोटा[]
प्रशिक्षकजोस बार्नेट[]
बिली रबिन्सन[]
मर्सिडिज मार्टिनेज[]
डब्ल्युडब्ल्युई पर्फर्मेन्स सेन्टर[]
पदार्पणसन् २०१५[]
अन्य नामहरूद क्विन अफ स्पेड्स
विभागब्यान्टमवेट
फेदरवेट
लाइटवेट
प्रशिक्षकजोस बार्नेट[]
बिली रबिन्सन[]
क्रममुवा थाईमा खुन क्रु
ब्राजिली जिउ-जित्सुमा तेस्रो दर्जाको ब्ल्याक बेल्ट[]
अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "strong"
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट
पदक कीर्तिमान
 संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै
महिला सबमिसन ग्राप्लिङ
फिला वर्ल्ड ग्राप्लिङ च्याम्पियनसिप
रजत पदक – दोस्रो स्थान सन् २००९ फोर्ट लाउडरडेल-६३ केजी (नो-गी)[]
रजत पदक – दोस्रो स्थान सन् २००९ फोर्ट लाउडरडेल-६३ केजी (गी)[]
महिला कच रेस्लिङ
फ्र्याङ्क गोच वर्ल्ड कच च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान सन् २०१६ हम्बोल्टओपनवेट (खुल्ला तौल समूह)

सेइना एन्ड्रिया बेज्लर (जन्म; ८ अगस्ट १९८०) एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी तथा पूर्व किक बक्सर र मिश्रित मार्सल कलाकार हुन्। उनी हाल स्वतन्त्र सर्किट कुस्ती खेल्छिन्। उनी मुख्यतया डब्ल्युडब्ल्युईमा बिताएको समयका लागि परिचित छिन् जहाँ उनी दुईपटक र सबैभन्दा लामो समयसम्म एनएक्सटी महिला विजेता र तीनपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बनेकी थिइन्।

बेज्लरले पूर्व युएफसी खेलाडी जोस बार्नेटबाट मिश्रित मार्सल कला र बिली रबिन्सनबाट कच कुस्तीको प्रशिक्षण लिएकी थिइन्। उनले सन् २००६ मा आफ्नो पहिलो व्यावसायिक एमएमए लडाइँ लडेपछि सबमिसन ग्राप्लरको रूपमा आफ्नो सीपका लागि पहिचान बनाएकी थिइन्। सन् २०१३ मा, बेज्लरलाई युएफसीले वास्तविक टेलिभिजन शृङ्खला द अल्टिमेट फाइटर का लागि अनुबन्ध गरेको थियो जहाँ उनले दुईवटा व्यावसायिक भिडन्तहरू (०–२) गरेकी थिइन्। सन् २०१५ मा उनलाई युएफसीबाट हटाइयो र सोही वर्ष उनले बार्नेटबाट पुनः प्रशिक्षण लिँदै आफ्नो व्यावसायिक कुस्ती खेल जीवनको सुरुवात गरेकी थिइन्। स्वतन्त्र सर्किट र वर्ल्ड वन्डर रिङ स्टारडममा केही समय बिताएपछि, बेज्लरले सन् २०१७ मा डब्ल्युडब्ल्युईसँग सम्झौता गरेकी थिइन्। उनी दुई पटकको एनएक्सटी महिला विजेता र तीन पटकको डब्ल्युडब्ल्युई महिला ट्याग टिम च्याम्पियन बनेकी थिइन्। सन् २०२५ मा उनलाई डब्ल्युडब्ल्युईले आफ्नो अनुबन्धबाट मुक्त गरेको थियो।

व्यावसायिक कुस्ती खेलजीवन

[सम्पादन गर्नुहोस्]

कुस्ती बाहेकका भूमिकाहरू र फाट्टफुट्ट उपस्थिति (सन् २०२५)

[सम्पादन गर्नुहोस्]

९०-दिने प्रतिस्पर्धा नगर्ने सम्झौता फुकुवा भएतापनि बेज्लरलाई जुलाई ९ को एनएक्सटी शृङ्खलामा निर्माताको रूपमा सूचीबद्ध गरिएको बताइएको थियो जहाँ उनले क्रिस्टोफर गिरार्डसँगै एउटा खेल निर्माण गरेकी थिइन्।[] सेप्टेम्बर १६ को एनएक्सटी: होमकमिङ शृङ्खलामा, बेज्लर पर्दा पछाडिको एक खण्डमा देखा पर्दै सोल रुका र जारियालाई ट्याग टिमको रूपमा पुनः एकताबद्ध हुन प्रोत्साहित गरेकी थिइन्।[१०] डिसेम्बर २०२५ मा क्रिस भान भिलेटसँगको एक अन्तर्वार्तामा, बेज्लरले आफू डब्ल्युडब्ल्युई पर्फर्मेन्स सेन्टरमा अतिथि प्रशिक्षकको रूपमा कहिलेकाहीँ काम गरिरहेको खुलासा गरेकी थिइन्।[११][१२] उनले मार्च ३, २०२६ मा केलानी जोर्डन सँग एक एनएक्सटी प्रोमोमा उपस्थिति जनाउँदै जोर्डनलाई एनएक्सटी भेनगेनेस डे, २०२६ मा लोला भाइस विरुद्ध हुने उनको अन्डरग्राउन्ड म्याचका लागि प्रशिक्षण दिइरहेकी थिइन्।

स्वतन्त्र सर्किट (२०२५–वर्तमान)

[सम्पादन गर्नुहोस्]

अक्टोबर ५, २०२५ मा, बेज्लरले डब्ल्युडब्ल्युई पछिको आफ्नो पहिलो उपस्थिति प्रेस्टिज रेस्लिङको रेजल्यान्ड एक्सआइआइ मा जनाइन् जहाँ उनले दानी लुनालाई पराजित गरेकी थिइन्।[१३] नोभेम्बर २ मा, बेज्लरले नोभेम्बर नकडाउन मार्फत बोका राटोन च्याम्पियनसिप रेस्लिङमा पर्दापण गरेकी थिइन् जहाँ उनले लेसी लेनलाई हराउँदै रिक्त रहेको 'बिआरसिडब्ल्यु महिला उपाधि' जित्न सफल भएकी थिइन्।[१४] नोभेम्बर १५ मा, बेज्लरले हाउस अफ ग्लोरीको सुपरक्ल्यास मा पर्दापण गर्दै माकी इतोलाई पराजित गरेकी थिइन्।[१५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Shayna", Sherdog, अन्तिम पहुँच अक्टोबर १६, २०२१
  2. 1 2 3 4 5 Kreikenbohm, Philip, "Shayna Baszler " Wrestlers Database " CAGEMATCH – The Internet Wrestling Database", www.cagematch.net अभिलेखिकरण २०२०-०७-१९ वेब्याक मेसिन
  3. 1 2 3 Barrasso, Justin (२०२१-०६-२४), "Theatrical Elements of WWE a 'Juggling Act' for Baszler", Sports Illustrated (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१२-१४
  4. "Shayna Baszler def. Mercedes Martinez in a Semi-final Match", WWE.com, मूलबाट अक्टोबर ५, २०१७-मा सङ्ग्रहित।
  5. Clapp, John (अक्टोबर ३, २०१७), "Shayna Baszler officially joins the WWE Performance Center", WWE, अन्तिम पहुँच अप्रिल २७, २०२०
  6. "Instagram"
  7. Medal round results from Grapp 211177 Team USA
  8. US wins Women's GI Team Title Team USA
  9. Heydorn, Zack (जुलाई ९, २०२५), "WWE NXT Returning To Philadelphia At Unique Venue And It's Not 2300 Arena", Sports Illustrated, अन्तिम पहुँच जुलाई ९, २०२५
  10. Aiken, Chris (२०२५-०९-१६), "WWE NXT Homecoming live results: Big returns at Full Sail University", F4W/WON (en-GBमा), अन्तिम पहुँच २०२५-०९-१७
  11. Chris Van Vliet (डिसेम्बर ३०, २०२५), Shayna Baszler On WWE Release, Ronda Rousey, NXT Black & Gold, Becky Lynch, UFC, event occurs at 6:21, अन्तिम पहुँच डिसेम्बर ३०, २०२५ YouTubeद्वारा।
  12. "Shayna Baszler On WWE Release, Ronda Rousey, NXT Black & Gold, Becky Lynch, UFC", Chris Van Vliet (en-USमा), डिसेम्बर ३०, २०२५, अन्तिम पहुँच डिसेम्बर ३०, २०२५
  13. "Prestige Roseland XII « Events Database « CAGEMATCH - The Internet Wrestling Database", www.cagematch.net, अन्तिम पहुँच नोभेम्बर ३, २०२५[स्थायी मृत कडी]
  14. "BRCW November Knockdown « Events Database « CAGEMATCH - The Internet Wrestling Database", www.cagematch.net, अन्तिम पहुँच नोभेम्बर ३, २०२५[स्थायी मृत कडी]
  15. Lambert, Jeremy (नोभेम्बर १५, २०२५), "HOG Superclash Results (11/15)", Fightful | WWE News, AEW News, Pro Wrestling Backstage News (अङ्ग्रेजीमा), अन्तिम पहुँच नोभेम्बर १८, २०२५