सेक्टर काण्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सेक्टर काण्ड विसं २०४५ मा नेपालमा सशस्त्र विद्रोह सुरु गर्न गरिएको असफल प्रयासलाई दिएको नाम हो । यो काण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले आयोजना गर्ने प्रयास गरेको थियो । मशालको एक समूहबाट नै पछि गएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निर्माण भएको थियो । सेक्टर काण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले ६ वर्षपछि जनयुद्ध सुरु गर्नभन्दा अघि सशस्त्र विद्रोहको पहिलो अनुभव बनेको थियो ।

वि.सं. २०४५ चैत्र १९ गतेको घटना[सम्पादन गर्ने]

मोहन वैद्य (किरण)को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (मशाल)ले माओवादलाई आफ्नो राजनीतिक सिद्धान्तका रूपमा स्वीकार गर्यो । नयाँ धार ग्रहणगरेको लगत्तै पञ्चायती व्यवस्थाकाविरुद्ध जनआन्दोलन चर्काउने उद्देश्यका साथ मशालले सशस्त्र विद्रोहमा होमिन र पञ्चायतको चुनाव वहिस्कारका लागि आह्वान गर्यो । वि.सं. २०४५ चैत्र १९ गते काठमाडौंको त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकमा कालो पोतियो र केही प्रहरी चौकीहरूमा मशालले आक्रमण गर्यो । पञ्चायतको चुनावलाई असफल बनाउन सन् १९८९ अप्रिल १ अर्थात विसं २०४५ चैत्र १९ गते घटाइएको सोही काण्डलाई सेक्टर काण्ड नामले चिनिन्छ ।

पार्टीमा परिणाम[सम्पादन गर्ने]

सेक्टर काण्ड कम्जोर तयारीमा चालिएको अपरिपक्क कदम थियो , जसमा जिम्मेवार ठहर्यौदै पार्टीले दर्जनौ कार्यकर्ताहरुलाई कारबाही गर्यो भने नेताहरुलाई आत्मालोचना गराएर छाड्यो । 'नेताहरुलाई चाँही किन कारबाही नगर्ने ?" बारे पार्टीमा तीन वर्षसम्म विवाद चल्यो । अन्तत: २०४६ कार्तिकमा चितवनमा भएको केन्द्रिय समितिको बैठकले सेक्टर काण्डलाई एक भुलको रुपमा लियो र महामन्त्री किरणकै प्रस्तावअनुसार त्यसमा संलग्न साबि नेताको एकएक पद घटुवा गर्ने निर्णय गर्यो । त्यस अनुरुप किरण महामन्त्रीबाट पोलिटब्युरो सदस्यमा झरे भने पोलिटब्युरो सदस्य हरु केन्द्रीय समितिमा र केन्द्रीय सदस्य हरु क्षेत्रीय सदस्यमा झरे । अनि 'सेक्टरकाण्डमा नफसेका' मुख्य नेताहरुमा 'प्रचण्ड 'मात्र बाँकी रहे । किरणकै प्रस्तावमा ३५ वर्षे युवा पार्टीका महामन्त्री बने , जो उस बेला 'कमरेड विश्वास'का नामले चिनिन्थे ।[१]

पाठ[सम्पादन गर्ने]

यो हमला सहर अझ राजधानीमै गरिएकाले सरकार तुरुन्तै निर्णायक दमनमा उत्रेको थियो । शसस्त्र संघर्षको सुरुवात सहरबाट होइन , गाउँबाट गर्नु पर्छ भन्ने प्रचण्डको मान्यता अझ दह्रो भयो ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ प्रयोगशाला, सुधीर शर्मा पृष्ठ २८