सामग्रीमा जानुहोस्

सेन्ट्रिफ्युगल कम्प्रेसर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेन्ट्रिफुगल इम्पेलर

सेन्ट्रिफ्युगल कम्प्रेसर , कहिलेकाँही इम्पेलर कम्प्रेसर वा रेडियल कम्प्रेसर भनिन्छ, डाइनामिक टर्बो मेसिनरीको उप-वर्ग हो।[]

यसले रोटर/इम्पेलर मार्फत तरल पदार्थको निरन्तर प्रवाहमा ऊर्जा थप गरेर दबाब वृद्धि प्राप्त गर्छन्।

Figure-1.1 - 2-Stage turboshaft, 1st-stage flowpath, annular inlet, guide vanes, open impeller, vaned diffuser, vaneless return-bend

सेन्ट्रिफ्युगल कम्प्रेसरको अङ्ग

[सम्पादन गर्नुहोस्]

सेन्ट्रिफुगल इम्पेलर

[सम्पादन गर्नुहोस्]

सेन्ट्रिफ्युगल कम्प्रेसरको दुई सबैभन्दा प्रसिद्ध प्रयोगहरू ग्यास टर्बाइनटर्बोचार्जर हुन् । [] सेन्ट्रिफ्युगल कम्प्रेसरहरूको उपायोगिताको संक्षिप्त सूची र  र यसको केही साधारण विशेषता तला उल्लेख गरिएको छ।

चित्र 4.1-सेन्ट्रिफुगल कम्प्रेसर र अन्य भागहरू देखाइएको जेट इन्जिनको कटवे
चित्र 4.2-सेन्ट्रिफ्युगल कम्प्रेसर र अन्य भागहरू देखाइएको जेट इन्जिन क्रस सेक्शन
  • ग्यास टर्बाइन र उर्जा केन्द्रहरूमा [] (चित्र ४.१ - ४.२ हेर्नुहोस्)
    सरल आधुनिक ग्यास टर्बाइनहरू ब्रेटन चक्रमा सञ्चालन हुन्छन्। (चित्र 5.1 लाई हेर्नुहोस्) एक्सियल कम्प्रेसर वा सेन्ट्रिफ्युगल कम्प्रेसर वा दुबैको प्रयोग गरिन्छ। प्रायः सेन्ट्रिफुगल कम्प्रेसर हुने ग्यास टर्बाइनका प्रकारहरूमा साना विमान इन्जिनहरू (जस्तै टर्बोसाफ्ट, टर्बोप्रप्स, र टर्बोफ्यान सहायक पावर युनिटहरू, र माइक्रो टर्बाइनहरू) पर्छ।
  • मोटर गाडी इन्जिन र डिजेल इन्जिन टर्बोचार्जर र सुपरचार्जरहरूमा[] (चित्र १.१ हेर्नुहोस् )
    सेन्ट्रिफ्युगल कम्प्रेसरहरूको प्रयोग रेसिप्रोकेटिङ आन्तरिक दहन इन्जिनहरूको संयोजनमा गरिन्छ । यदि यसको सञ्चालन निकास एक्जस्ट बाट हुन्छ भने  यसलाई टर्बोचार्जर भनिन्छ। यदि यान्त्रिक रूपमा इन्जिनद्वारा सञ्चालित छन् भने  यसलाई टर्बो-सुपरचार्जर भनिन्छ।
  • प्राकृतिक ग्यास पाइपलाइन कम्प्रेसरहरू ग्यासलाई उत्पादन साइटबाट उपभोक्तासम्म आपूर्ति गर्न ।[]
    त्यस्ता प्रयोगहरूका लागि सेन्ट्रिफुगल कम्प्रेसरहरू एक वा बहु-चरण हुन सक्छन् र ठूला ग्यास टर्बाइनहरूद्वारा सञ्चालित हुन सक्छन्। यी कम्प्रेसरहरू चलाउन आवश्यक शक्ति प्रायः हजारौं हर्सपावर (एचपी) मा हुन्छ।
  • तेल प्रशोधन केन्द्र , प्राकृतिक ग्यास प्रशोधन, पेट्रो रसायन र रासायनिक कारखानाहरूमा []
  • एयर कन्डिसनिङरेफ्रिजरेसन र HVAC: सेन्ट्रिफुगल कम्प्रेसरहरूले प्रायः चिलरहरूमा कम्प्रेसन आपूर्ति गर्दछ।[]
    वाष्प कम्प्रेसन चक्र (थर्मोडायनामिक चक्र, थर्मोडायनामिक्स र विभिन्न प्रकारका काम गर्ने तरल पदार्थहरू (रेफ्रिजेरेन्ट सेन्ट्रिफुगल कम्प्रेसरहरू) विभिन्न आकार र कन्फिगरेसनहरूमा प्रयोग गरिन्छ। यी मेसिनहरूको प्रदर्शनलाई सही रूपमा डिजाइन, परीक्षण र विश्लेषण गर्न वास्तविक ग्यास गुणहरूको प्रयोग आवश्यक छ। यी कम्प्रेसरहरूका लागि उद्योगद्वारा निर्धारित मापदण्डहरूमा ASHRAE, ASME र API समावेश छन्।
  • उद्योग र निर्माणमा सबै प्रकारका न्युमेटिक उपकरणहरूका लागि कम्प्रेस्ड एयर आपूर्ति गर्न।[]

सेन्ट्रिफ्युजल कम्प्रेसर सबैभन्दा ठूलो उपलब्ध कम्प्रेसरहरू हुन्, आंशिक लोडहरू अन्तर्गत उच्च दक्षता प्रदान गर्दछ, हावा वा चुम्बकीय बियरिङ प्रयोग गर्दा तेल-रहित हुन सक्छ जसले बाष्पीकरण र कन्डेन्सरहरूमा ताप स्थानान्तरण गुणांक बढाउँछ, रेसिप्रोकेटिङ कम्प्रेसर भन्दा ९०% कम हलुका हुन्छ र ५०% कम ठाउँ ओगट्छ। तिनीहरू भरपर्दो छन् र मर्मत गर्न कम लागत लाग्छ किनकी शुन्य वा केही पुर्जा मात्र खिइन्छ , र केवल न्यूनतम कम्पन उत्पन्न गर्दछ।

तर, यसको प्रारम्भिक लागत उच्च हुन्छ, अत्यधिक सटीक सीएनसी मेसिनिङ चाहिन्छ, इम्पेलर उच्च गतिमा घुमाउन आवश्यक हुन्छ जसकारण  साना कम्प्रेसरहरू अव्यावहारिक बन्छ, र उछाल (Surging) को  सम्भावना अधिक हुन्छ।[] सर्जिङ भनेको विपरित दिशामा ग्यास प्रवाह हो, यसको मतलब ग्यास डिस्चार्जबाट सक्शन साइडमा जान्छ, यसले विशेष गरी कम्प्रेसर बियरिङ र यसको ड्राइभ शाफ्टमा गम्भीर क्षति पुर्‍याउन सक्छ। कम्प्रेसरको डिस्चार्ज आउटपुट दबाव भन्दा उच्च हुँदा यो अवस्था आउँछ। यसले कम्प्रेसर र यसको डिस्चार्ज लाइनबीचमा ग्यासहरू अगाडि र पछाडि प्रवाह हुन्छ। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Principles of turbomachinery., New York। 
  2. Fluid Dynamics and Heat Transfer of Turbomachinery 
  3. Saravanamuttoo, H. I. H.; Rogers, G. F. C.; Cohen, H. (२००१), Gas Turbine Theory, Prentice-Hall, आइएसबिएन 978-0-13-015847-5 
  4. Baines, Nicholas C. (२००५), Fundamentals of Turbocharging, Concepts ETI ., आइएसबिएन 978-0-933283-14-5 
  5. Std 617-2002 Axial and Centrifugal Compressors and Expander-compressors for Petroleum, Chemical and Gas Industry Services, New York, जुलाई २००२। 
  6. Std 617-2002 Axial and Centrifugal Compressors and Expander-compressors for Petroleum, Chemical and Gas Industry Services, New York, जुलाई २००२। API (July 2002). Std 617-2002 Axial and Centrifugal Compressors and Expander-compressors for Petroleum, Chemical and Gas Industry Services. New York: API.
  7. ASHRAE, American Society of Heating, Refrigeration and Air-Conditioning Engineers, "Standards & Guidelines", ASHRAE, अन्तिम पहुँच २३ अप्रिल २०११ 
  8. Std 672-2007 Packaged, Integrally Geared Centrifugal Air Compressors for Petroleum, Chemical, and Gas Industry Services, New York, अक्टोबर २००७। 
  9. ९.० ९.१ "Ref Doc", download.schneider-electric.com