सेन्ट पिटर्सवर्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Clockwise from top left: Peter and Paul Fortress on Zayachy Island, Smolny Cathedral, Bronze Horseman on Senate Square, the Winter Palace, Trinity Cathedral, and the Moyka river with the General Staff Building.

रुस को प्रमुख शहर |

मे १६, १७०३ मा तत्कालिन रुसी शासक (जार) पिटर पिटर महानले अहिले पिटर-पल फोट्रेस भनेर चिनिने स्तम्भको पहिलो ढुंगा बिछ्याएर सेन्ट पिटर्सवर्गको निर्माण शुभारम्भ गरेका यो शहर तत्कालिन जारको संरक्षक सेन्ट पिटरको नाउँबाट राखिएको थियो। फ्रान्सेली, जर्मन र इटालेली वास्तुकारहरूले दक्ष रूसी समकालीनहरूसित मिलेर निर्माण गरेको यस सहर लाई विश्वकै उत्कृष्ट शहर मानिन्छ।

सत्रौँ शताब्दीको अन्तसम्म रूसको समुद्रतिर जाने बाटो नभएकोले यसको विकासमा बाधा पुगेको थियो। रूसको जवान जार, पिटर द ग्रेट अर्थात्‌ महान्‌ पिटरको सपना समुद्रको बाटो खोलेर रूसको “युरोप हेर्ने झ्याल” स्थापना गर्ने थियो। दक्षिणमा ब्ल्याक सी जाने बाटोलाई ओटोमन साम्राज्यले रोकेको थियो। त्यसकारण पिटरले बाल्टिक समुद्रको सिमानामा स्विडेन अधीनस्थ उत्तरी इलाकातर्फ ध्यान दिन थाले।आफ्नो सपना साकार पार्न अगस्त १७०० मा पिटरले स्विडेन विरुद्ध युद्ध घोषणा गरे। तिनका सैन्य प्रयासहरूको सुरुमा प्रतिरोध गरिए तापनि तिनले हार खाएनन्‌। नोभेम्बर १७०२ सम्ममा पिटरले लेक लाडोगाबाट स्विडेनीहरूलाई फर्कन बाध्य बनाइसकेका थिए। यो युरोपको सबैभन्दा ठूलो ताल, नेभा नदीबाट ६० किलोमिटर पर बाल्टिक समुद्रमा जोडिएको छ।

नामाकरण[सम्पादन गर्नुहोस्]

स्विडेनीहरू उक्त तालबाट बग्ने नेभा नदी नजिकैको सानो टापुको गढीमा कडा पहरा दिएर बसिरहेका थिए। पिटरले यसलाई स्विडेनी नियन्त्रणबाट आफ्नो कब्जामा लिएर शलुशेलवर्ग नामाकरण गरे।

पछि, बाल्टिकमा नेभा नदी बग्ने ठाउँ नजिकैको निनशान्ट्स भनिने गढीमा स्विडेनीहरूले आफ्नो अडान लिए। मे १७०३ मा स्विडेनी फौजको पूरै पराजय भयो। यो विजयले गर्दा सम्पूर्ण नदीमुख-भूमि रूसीहरूको नियन्त्रणमा भयो। तुरुन्तै पिटरले नेभाको मुखमा सुरक्षा दिन नजिकैको जायाशी टापुमा गढी बनाउन थाले र यो सहर को निर्माण विधिवत रुप मा शुरु भयो।

सेन्ट पिटर्सवर्ग अरू थुप्रै राजधानी शहरहरूजस्तो नभई सुरुदेखि नै एउटा प्रभावकारी राजधानी बनाउन योजना मिलाईएको थियो। यो सुदूर उत्तर अर्थात्‌ हालको आंकोरेज, अलास्काको जस्तै अक्षांसमा अवस्थित भए तापनि पिटर निर्माणकार्यमा अघि बढे। लेक लाडोगा र नोभगोरोड इलाकाबाट काठ ल्याइयो। पिटरले निर्माणको लागि ढुंगा ल्याउन सकेको एउट कारण त, कोटा तोकिदिएर थियो। सेन्ट पिटर्सवर्गमा सामान ल्याउने प्रत्येक रूसीले ढुंगाहरूको एउटा परिमाण पनि ल्याउनुपर्थ्यो। साथै, पिटरले सर्वप्रथम मस्कोमा र पछि तिनको सम्पूर्ण साम्राज्यमा ढुंगे घर बनाउन निषेध गरे। फलस्वरूप, बेरोजगार डकर्मीहरू सेन्ट पिटर्सवर्गमा काम गर्न आए। यस शहरको निर्माणकार्य द ग्रेट सोभियत इन्साइक्लोपीडिया-ले बताएअनुसार “त्यतिबेलाको समयको लागि असामान्य गतिमा” अघि बढ्यो। ढल निकास, जगको खम्बा, सडक, भवन, चर्च, अस्पताल र सरकारी कार्यालयहरू चाँडै देखा पर्न थाले। यो शहर स्थापना भएको वर्ष, जहाज बनाउने ठाउँमा निर्माणकार्य सुरु भयो र यो पछि गएर रूसी सेनाको मुख्यालय भयो र नौसैनिक विभाग भनेर चिनियो।

The Bronze Horseman, monument to Peter the Great

कार्यालयहरूको निर्माण[सम्पादन गर्नुहोस्]

सन्‌ १७१० मा जारहरू गर्मी महिनामा बस्नको लागि समर प्यालेस अर्थात्‌ ग्रीष्मकालीन दरबारको निर्माणकार्य सुरु भयो। सन्‌ १७१२ मा रूसको राजधानी र यसका थुप्रै सरकारी कार्यालयहरू मस्कोबाट सेन्ट पिटर्सवर्ग सारियो। यो सहरको पहिलो ढुंगे दरबारको निर्माणकार्य १७१४ मा पूरा भयो र यो हालसम्म संरक्षित छ। यो दरबार यस शहरको पहिलो राज्यपाल, एलेक्जान्डर मेन्शिकोभको लागि निर्माण गरिएको थियो। त्यही वर्ष उही गढीभित्र पिटर-पल कथिड्रल अर्थात्‌ विशाल गिर्जाघरको निर्माणकार्य सुरु भयो। यसको अग्लो गजुर, सहरकै चिनारी हो। नेभा नदीमा विन्टर प्यालेस अर्थात्‌ हिउँदकालीन दरबार पनि निर्माण गरियो तर १७२१ मा यसलाई भत्काएर ढुंगाको संरचना बनाइयो। पछि लगभग १,१०० वटा कोठा भएको हालको विन्टर प्यालेस बनाइयो। यो भव्य दरबार शहरको केन्द्र अनि सरकारी सङ्ग्रहालय अवस्थित सहरको प्रख्यात हर्मिटाज भएको छ।

सेन्ट पिटर्सवर्गको पहिलो दशकमा उल्लेखनीय वृद्धि भयो र १७१४ सम्म शहरभित्र मात्रै ३४,५०० जति घरहरू निर्माण भइसकेको रिपोर्ट गरियो। कुनै रोकटोक विना दरबार तथा विशाल भवनहरू निर्माण हुन थाले। सेन्ट पिटर्सवर्गका बाहिरी इलाकाहरूमा पनि निर्माणकार्य उल्लेखनीय थियो। पिटरको निवास, ग्रेट प्यालेसको निर्माणकार्य १७१४ मा पिटरहफमा सुरु भयो र यसलाई अहिले पेट्रोडभोरेट्स भनिन्छ। त्यतिन्जेल, सार्सकोइ सेला, हाल पुस्किन भनिने नजिकैको सहरमा पिटरकी श्रीमतीको लागि भव्य क्याथरिन प्यालेस अर्थात्‌ दरबार निर्माण गरियो। त्यही दशकको पछिल्लो भागमा दुइटा दक्षिणी इलाकाहरू, पाभ्लोस्क र गाचिनामा दुइटा भव्य दरबार निर्माण गरियो। यो नयाँ विकसित शहरको सौन्दर्यलाई यसका थुप्रै नदी र नहरहरूमाथि निर्माण गरिएका सयौं पुलहरूले अझ बढायो। तसर्थ, सेन्ट पिटर्सवर्गलाई अक्सर “उत्तरको भेनिस” भनेर बयान गरिएको छ।

सेन्ट पिटर्सवर्गमा आउने पर्यटकहरू हेर्ने कुरा थुप्रै भएकोले कहाँबाट सुरु गर्ने होला भनेर वाल्ल पर्छन्‌। हर्मिटाजमा पुग्दा त्यस्तो अलमल्ल हुन्छ। एउटा अनुमान अनुसार सयौं प्रदर्शन कक्षहरूमा राखिएका प्रत्येक वस्तुको लागि एक मिनेट मात्र बिताउने हो भने पनि यात्रा पूरा गर्न वर्षौं लाग्नेछ।अरू भने सेन्ट पिटर्सवर्गको सबैभन्दा ठूलो धन भनेको यसको बाले भन्छन्‌। उदाहरणका लागि प्रख्यात मारिनिस्की रंगमञ्चमा क्रिस्टलका फोहराहरू मुनि बसेर चारैतिर हेर्न सकिन्छ अनि भित्तामा झण्डै ४०० किलोग्राम सुनको लेप लगाइएको छ। यस्तो भूमिकामा संसारकै सबैभन्दा उत्कृष्ट बाले हेर्न सकिन्छ।

अन्तराष्ट्रिय सम्बन्ध[सम्पादन गर्नुहोस्]

भगिनी सहरहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ १.१८ १.१९ १.२० १.२१ १.२२ १.२३ १.२४ १.२५ १.२६ १.२७ १.२८ १.२९ १.३० १.३१ १.३२ १.३३ १.३४ १.३५ १.३६ १.३७ १.३८ १.३९ १.४० १.४१ १.४२ १.४३ १.४४ १.४५ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named saint_petersburg
  2. "Barcelona's Sister cities", 2008 Ajuntament de Barcelona (City council's webpage), मूलबाट १५ जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  3. "Bethlehem Municipality", bethlehem-city.org, मूलबाट २४ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २००९ 
  4. "Bordeaux – Rayonnement européen et mondial" (Frenchमा), Mairie de Bordeaux, मूलबाट ७ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१३ 
  5. "Bordeaux-Atlas français de la coopération décentralisée et des autres actions extérieures" (Frenchमा), Délégation pour l'Action Extérieure des Collectivités Territoriales (Ministère des Affaires étrangères), मूलबाट ७ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०१३ 
  6. "St. Petersburg to promote Cebu as tourism spot", Cebu Tourism News, मूलबाट ४ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१६ 
  7. "Colorful Daegu", मूलबाट २० अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  8. "Dresden Twin cities", 2008 Landeshauptstadt Dresden (City of Dresden: Dresden.de), मूलबाट १६ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  9. "Edinburgh – Twin and Partner Cities", 2008 The City of Edinburgh Council, City Chambers, High Street, Edinburgh, EH1 1YJ Scotland, मूलबाट २८ मार्च २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २००८ 
  10. "Gdańsk Official Website: 'Miasta partnerskie'" (Polish, Englishमा), 2009 Gdańsk, मूलबाट २३ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २००९ 
  11. "Stadt Graz: Sister Cities", मूलबाट १२ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  12. "Twin Towns – Graz Online", graz.at, मूलबाट ८ नोभेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१० 
  13. "Sister Cities of Istanbul", अन्तिम पहुँच २ नोभेम्बर २००८ 
  14. Erdem, Selim Efe (३ नोभेम्बर २००३), "İstanbul'a 49 kardeş" (Turkishमा), Radikal, मूलबाट २६ नोभेम्बर २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २००८, "49 sister cities in 2003" 
  15. "Le Havre Website – Twin Towns", (in English) 2006–2008 Ovidio Limited., अन्तिम पहुँच ३० नोभेम्बर २००८ 
  16. "Los Angeles City Council: Sister cities of Los Angeles", मूलबाट १९ जुलाई २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  17. "Partner Cities of Lyon and Greater Lyon", 2008 Mairie de Lyon, मूलबाट १९ जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २००८ 
  18. "Friendship Agreements", Manchester City Council, मूलबाट ११ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  19. "International relations: Saint Petersburg", मूलबाट २६ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  20. "City of Melbourne – International relations – Sister cities", City of Melbourne, मूलबाट ५ जुलाई २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २००९ 
  21. "Official Website of Municipal Corporation of Greater Mumbai", Municipal Corporation of Greater Mumbai, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  22. "Villes jumelées avec la Ville de Nice" (Frenchमा), Ville de Nice, मूलबाट २९ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१३ 
  23. "Osaka and the World, the official website of the Osaka city", मूलबाट २२ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  24. "Twinnings", Central Union of Municipalities & Communities of Greece, अन्तिम पहुँच २५ अगस्ट २०१३ 
  25. Plovdiv Sister cities वेब्याक मेसिन अभिलेखिकरण २ नोभेम्बर २०११ मिति
  26. "Partnerská města HMP" [Prague – Twin Cities HMP] (Czechमा), Portál "Zahraniční vztahy" [Portal "Foreign Affairs"], १८ जुलाई २०१३, मूलबाट २५ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१३ 
  27. "Tenerife", मूलबाट २५ मे २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ फेब्रुअरी २०१२ 
  28. "Twinning Cities", City of Thessaloniki, अन्तिम पहुँच १ डिसेम्बर २००८ 
  29. "Miasta partnerskie Warszawy" (पोल्यान्डेलीमा), um.warszawa.pl, ४ मे २००५, मूलबाट ६ डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २००८ 
  30. "Zagreb Sister Cities", मूलबाट ८ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ डिसेम्बर २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]