सेन्ट हेलेन्स पर्वत
| सेन्ट हेलेन्स पर्वत | |
|---|---|
![]() | |
| सर्वोच्च बिन्दु | |
| शिखर | ८,३६३ फिट (२,५४९ मी) |
| प्रमुखता | ४,६०५ फिट (१,४०४ मी) |
| सूचीकरण |
|
| निर्देशाङ्क | ४६°११′२८″ उत्तर १२२°११′४०″ पश्चिम / ४६.१९१२०००° उत्तर १२२.१९४४०००° पश्चिम[१] |
| नामाकरण | |
| स्थानीय नाम |
|
| भूगोल | |
| अवस्थिति | स्कामानिया काउन्टी, वासिङ्टन, संयुक्त राज्य अमेरिका |
| मूल शृङ्खला | क्यासकेड पर्वतश्रेणी |
| भौगोलिक मानचित्र | संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण सेन्ट हेलेन्स पर्वत |
| भूगर्भशास्त्र | |
| चट्टानको उमेर | < ४०,००० वर्ष |
| सक्रिय मिश्रित ज्वालामुखी | |
| ज्वालामुखी चाप | क्यासकेड ज्वालामुखीय कक्ष |
| अन्तिम विस्फोट | सन् २००४-२००६ |
| आरोहण | |
| प्रथम आरोहण | थोमस जे ड्राइवर, सन् १८५७ मा |
| सबभन्दा सजिलो मार्ग | ज्वालामुखीको दक्षिणी ढलानको हुँदै आरोहण (विस्फोट क्षेत्रको सबैभन्दा नजिक) |
सेन्ट हेलेन्स पर्वत (आदिवासी काउलिट्जहरू माझ लाओएतलात'ला र क्लिकितातहरू माझ लुविट वा लुवाला-क्लाउको रूपमा परिचित) संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्र वासिङ्टनको स्कामानिया काउन्टीमा अवस्थित एक सक्रिय मिश्रित ज्वालामुखी हो। यो ओरेगनको पोर्टल्यान्डबाट ५० माइल (८० किलोमिटर) उत्तरपूर्व र वासिङ्टनको सियाटलबाट ९६ माइल (१५४ किलोमिटर) दक्षिणमा अवस्थित छ। सेन्ट हेलेन्स पर्वतको अङ्ग्रेजी नाम बेलायती कूटनीतिज्ञ लर्ड सेन्ट हेलेन्सको नामबाट राखिएको थियो जो १८औँ शताब्दीको उत्तरार्धमा यस क्षेत्रको सर्वेक्षण गरेका एक अन्वेषक जर्ज भानकुभर मित्र थिए। यो ज्वालामुखीय पर्वत खतरनाक विस्फोट र अग्नी मेघ प्रवाहको लागि प्रसिद्ध छ।
यो पर्वत सन् १९८० मे १८ का दिन भएको विनाशकारी विस्फोटको लागि कुख्यात छ जुन संयुक्त राज्य अमेरिकाको इतिहासमा सबैभन्दा घातक र आर्थिक रूपमा विनाशकारी विस्फोट थियो। विस्फोटमा ७५ जनाको मृत्यु, लगभग २५० घर, ४७ पुल, १५ माइल (२४ किलोमिटर) रेलमार्ग र १८५ माइल (१९८ किलोमिटर) राजमार्ग नष्ट भएका थिए। रिक्टर स्केलमा ५.१ म्याग्निच्युडको भूकम्पका कारण आएको पहिरोका कारण पर्वत शिखरको उचाइ ९,६७७ फिट (२,९५० मिटर) बाट ८,३६३ फिट (२,५४९ मिटर) मा खस्किएको थियो भने भत्किएको भग्नावशेषको आकार ०.७ घन माइल (२.९ वर्ग किलोमिटर) थियो। सन् १९८० को ज्वालामुखी विस्फोटपछि सन् २००८ सम्म यस पर्वतले निरन्तर ज्वालामुखीय गतिविधिको अनुभव गरेको छ। भूगर्भविद्हरूले भविष्यमा हुने विस्फोटहरू अझ विनाशकारी हुने भविष्यवाणी गरेका छन् यद्यपि सेन्ट हेलेन्स पर्वत लोकप्रिय पदयात्रा क्षेत्र हो भने यहाँ मानिसहरू वर्षैभरी यो पर्वत चढ्नका लागि आउने गरेका छन्। सन् १९८२ मा सेन्ट हेलेन्स पर्वत राष्ट्रिय ज्वालामुखी स्मारकको स्थापना गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "सेन्ट हेलेन्स पर्वत", Geographic Names Information System, United States Geological Survey।
