सॉधेको मासु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

सांदेको मासु

मासु लाई पोलेर वा उसिनेर मसला सँग सॉधेको

यो परिकार जुन सुकै मासुको पनि बनाउन सकिन्छ। जस्तै कुखुरा, हाँस ,खसी, रांगा ,सुकेको माछा इत्यादि। नेपालमा हाँस सॉधेको ,खसी सॉधेको र वंदेल सॉधेको विषेश प्रसिद्द् छ भने छोयलाको रूपमा सॉधेको रॉगाको मासु, नेवारी खानाको अभिन्न अङ्ग हो |

  • सामग्री : १ किलो मासु (बोसो नभएको तर मनपर्ने भएमा छाला राखे हुन्छ), ५० ग्राम सुकेको रातो खुर्सानी भुटेर पिनेको, ५० ग्राम लसुनर अदुवाको पेष्ट, १/१ चम्चा जिरा धनियाँको धुलो, भुटेर पिधेको आधा आधा चम्चा मरिच, टिमुरको धुलो, नुन बेसार इच्छानुसार र मुठा हरियो लसुन, तोरीको तेल ५० ग्राम।
  • बनाउने विधि : मासु सफा गरेर चेप्टो लामो पीस गर्नु र नुन बेसारमा मोली आधा घण्टा छोडिदिनु। अब गोल कोइला वा ग्याँस वा स्टोभमा एउटा जाली राखी मासुलाई राम्रोसँग पोल्नु र पोलेको मासुमा सबै मसलाहरू राखी मोल्नु। यदि इच्छा भएमा अलिकति कागति पनि राख्न सकिन्छ। पोल्नको सट्टा उसिनेर पनि गर्न सकिन्छ |