सामग्रीमा जानुहोस्

सोडियम क्लोराइड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोडियम क्लोराइड क्रिस्टल

सोडियम क्लोराइड सोडियमको एक अजैविक यौगिक हो, जसलाई नुन वा सामान्य नुन पनि भनिन्छ। यसको रासायनिक सूत्र NaCl हो। यसमा सोडियम र क्लोराइड आयनहरू १:१ अनुपात पाइन्छ । यो एक आयनिक यौगिक हो। यो पारदर्शी , हाइग्रोस्कोपिक, र खनिज हलाइट रूपमा हुन्छ। यसको खाद्य रूपमा, यो सामान्यतया मसला र खाद्य संरक्षक रूपमा प्रयोग गरिन्छ। सोडियम क्लोराइडको ठूलो मात्रा धेरै औद्योगिक प्रक्रियाहरूमा प्रयोग गरिन्छ, र यो सोडियम र क्लोरिनको प्रमुख स्रोत हो। समुद्री पानीको लवणता मुख्यतया यसमा रहेको सोडियम क्लोराइडको कारणले हुन्छ। त्यसैगरी, धेरै बहुकोशिकीय जीवहरूको बाह्य तरल पदार्थको नुनिलोपन पनि तिनीहरूमा रहेको सोडियम क्लोराइडको कारणले हुन्छ।

सोडियम क्लोराइड खानामा र खाद्य संरक्षणको लागि प्रयोग गरिन्छ। धेरै औद्योगिक प्रक्रियाहरूमा ठूलो मात्रामा सोडियम क्लोराइड चाहिन्छ। सोडियम र क्लोरिन यौगिकहरूको उत्पादनको लागि सोडियम क्लोराइड सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। सोडियम क्लोराइड सडकबाट बरफ हटाउन पनि ठूलो मात्रामा प्रयोग गरिन्छ।[]

हाल नुन समुद्री पानी र नुन तालहरूबाट सामुद्रिक पानीको वाष्पीकरणद्वारा ठूलो मात्रामा उत्पादन गरिन्छ। चट्टान नुन उत्खनन पनि एक प्रमुख स्रोत हो। चीन विश्वको नुनको मुख्य आपूर्तिकर्ता हो।[] २०१७ मा, विश्व उत्पादन २८ करोड टन अनुमान गरिएको थियो, शीर्ष पाँच उत्पादक (मिलियन टनमा) चीन (६८.०), संयुक्त राज्य अमेरिका (४३.०), भारत (२६.०), जर्मनी (१३.०), र क्यानडा (१३.०) हुन्।[] नुन पोटासियम उत्खननको पनि एक उपउत्पाद हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Westphal, Gisbert et al. (2002) "Sodium Chloride" in Ullmann's Encyclopedia of Industrial Chemistry, Wiley-VCH, Weinheim doi:10.1002/14356007.a24_317.pub4.
  2. Kostick, Dennis S. (अक्टोबर २०१०), "Salt", U.S. Geological Survey, 2008 Minerals Yearbook, मूलबाट १ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०११
  3. Bolen, Wallace P. (जनवरी २०१८), "Salt", U.S. Geological Survey, 2018 Mineral Commodity Summaries, मूलबाट २२ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१८