सोनपुर पशु मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनपुर पशु मेला
सोनपुर पशु मेला
शैलीधार्मिक
मितिनोभेम्बर - डिसेम्बर
आरम्भकार्तिक पूर्णिमा
आवृत्तिवार्षिक
स्थान(हरू)सोनपुर
निर्देशाङ्क२५°४१′N ८५°११′E / २५.६९°N ८५.१८°E / 25.69; 85.18निर्देशाङ्कहरू: २५°४१′N ८५°११′E / २५.६९°N ८५.१८°E / 25.69; 85.18
देशभारत
स्थापनावैदिक कालमा
सहभागीहरूहिन्दुहरू
उपस्थिति>२,५००,०००-३,०००,०००
गतिविधिसांस्कृतिक कार्यक्रम, किनमेल, क्षेत्रीय र भारतीय खाना, गुणस्तरीय ऊनी र काश्मिरी लुगाहरू, साहसिक सवारीहरू र अन्य धेरै
आयोजनकर्ताबिहार राज्य पर्यटन विकास प्राधिकरण
वेबसाइटhttps://tourism.bihar.gov.in/

सोनपुर पशु मेला कार्तिक पूर्णिमा (पूर्णिमाको दिन) मा नोभेम्बरडिसेम्बर महिनाहरूमा सोनपुर, बिहार,[१][२] गंगा (गण्डक) नदीको सङ्गममा आयोजित गरिन्छ।[३] [४] यसलाई हरिहर क्षेत्र मेला पनि भनिन्छ। आजसम्म, यो एसियाको सबैभन्दा ठूलो पशु मेला हो र सामान्यतया यो पन्ध्र दिनदेखि एक महिनाको अवधिसम्म आयोजन हुने गर्दछ।[५] यो ऐतिहासिक रूपमा वैदिक कालमा सुरु भएको थियो। सोनपुर पशु मेलाले तमिलनाडुदिल्ली जस्ता टाढाका ठाउँहरूबाट व्यापारीहरूलाई आकर्षित गर्ने गर्दछ। सन् २०१८ मा यो मेला नोभेम्बर २१ मा सुरु भएर २२ डिसेम्बरसम्म चलेको थियो।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

भगवान विष्णु गज र ग्रहसँग

सुरुमा मेलाको स्थल हाजीपुर थियो र सोनपुरको हरिहरनाथ मन्दिरमा मात्र पूजा हुन्थ्यो तर, मुगल सम्राट औरङ्गजेबको शासनकालमा मेलाको स्थान सोनपुरमा सारिएको थियो।[७] हरिहर नाथको मन्दिर मूलतः श्री रामले राजा जनकको दरबारमा माता सीताको हात जित्न जाँदा निर्माण गरेको मानिन्छ। राजा मान सिंहले पछि मन्दिर मर्मत गराएको पनि बताइएको छ। वर्तमान अवस्थामा रहेको हरिहरनाथ मन्दिरको निर्माण मुगल कालको अन्त्यमा एक प्रभावशाली व्यक्ति राजा राम नारायणले गराएका थिए।[८]

सोनपुर पवित्र नदी गङ्गागण्डकको सङ्गममा अवस्थित भएकाले हिन्दू धर्मावलम्बीहरूले यसलाई पवित्र स्थलका रूपमा लिने गर्छन्। मेला बाहेक सोनपुर मेलामा आउने मानिसहरुको एउटा उद्देश्य हरिहरनाथ मन्दिरको अभिसरणमा नुहाउने र दर्शन गर्नु पनि रहेको छ।

स्वच्छ व्यापार[सम्पादन गर्नुहोस्]

सोनपुर मेलामा विदेशी पर्यटकहरू

सोनपुर मेलामा सबै जातका कुकुर, भैँसी, गधा, अरबी घोडा, खरायो, बाख्रा र कहिलेकाहीँ ऊँटका धेरै पशुहरू किन्न सकिन्छ। यस मेलामा विभिन्न प्रकारका चराकुखुराहरू समेत उपलब्ध छन्। तर, सबैलाई आकर्षित गर्ने क्षेत्र हात्ती बजार हो, जहाँ हात्तीहरू बिक्रीका लागि पङ्क्तिमा रहेका हुन्छन्। यति ठूलो सङ्ख्यामा हात्तीको व्यापार हुने एक मात्र स्थान सोनपुर मेला हो, यद्यपि तिनीहरू कानूनी रूपमा बेच्न सकिदैन।[९] सोनपुर पशु मेलाको मैदानमा अन्य धेरै प्रकारका पसलहरू राखिएका हुन्छन्। भारतको वन्यजन्तु संरक्षण ऐन, १९७२ लाई कडाइका साथ लागू गर्ने र हात्ती मालिकलाई स्वामित्व प्रमाणपत्र हस्तान्तरण गर्न अस्वीकार गरेको कारण सन् २००४ देखि सोनपुर मेलामा हात्तीको व्यापारमा प्रतिबन्ध लगाइएको छ। यी साना पसलहरूमा कपडा, फर्निचर, खेलौना, भाँडाकुँडा र कृषि उपकरण, गहना र हस्तशिल्पसम्मका विभिन्न प्रकारका सामानहरू पाइन्छन्। मेलाको प्रमुख आकर्षण भने बिक्रीको उद्देश्यका लागि सुन्दर ढङ्गले सजाइएको असङ्ख्य हात्तीहरूको दृश्य नै हुने गर्दछ। सन् २००१ देखि सन् २००४ को अवधिमा सोनपुर मेलामा ९२ हजार ३५४ हात्ती बेचबिखनको लागि ल्याइएको थियो,[१०] सन् २०१६ मा १३ वटा हात्तीलाई बिक्रीको लागि नभएर प्रदर्शनको लागि मात्र ल्याइएको थियो। सन् २०१७ को मेलामा ३ हाथीहरू प्रदर्शनको लागि राखिएका थिए।[११] सन् २०१७ मा, केन्द्रीय सरकारले सोनपुर पशु मेलामा पशु नियमहरूको क्रूरता रोकथाम गर्ने अभिप्रायले गाईवस्तुको बिक्रीमा प्रतिबन्ध लगाएको थियो। [१२]

भारतीय रेलवेद्वारा यस स्थानमा एउटा 'रेलग्राम' स्थापना गरिएको छ,[१३] जहाँ बच्चाहरूको लागि खेलौना ट्रेन समेत रहेको छ।[१४] ग्रामीण बस्तीका विभिन्न वस्तु तथा परिवेशहरू खिच्ने उद्देश्यले विदेशी पर्यटकहरूलाई समेत सोनपुर मेलाले आकर्षित गर्ने गरेको छ।[१५][१६] फोटो खिच्ने बाहेक, हात्तीले धेरैजसो विदेशी पर्यटकलाई लोभ्याउने गर्छ। बिहार राज्य पर्यटन विकास निगमद्वारा सोनपुर मेलामा स्विस कटेजहरू स्थापना गरिएको छ,[१७] इन्टरनेट सुविधा, गण्डक नदीमा मोटर डुङ्गाको सवारी, पर्यटक गाउँमा खाना र पटना विमानस्थलदेखि सोनपुरसम्म प्रि-पेड ट्याक्सीहरू उपलब्ध रहेको छ।[१८][१९] सोनपुर मेलाको अवधिमा त्यहाँ डिज्निल्यान्ड पार्क बनाइने गरिन्छ। [२०]

जानकारी[सम्पादन गर्नुहोस्]

हरिहर क्षेत्र सोनपुर मेला आधिकारिक रेकर्डमा [२१]
वर्ष हात्तीहरू घोडाहरू गोरु
२००१ ९२ १५,०३५ १,००,०००
२००४ ३५४ १५,०३५ १,३२,७५४
२००७ ७७ ८,५८० ८,१८६
२०१४ ३९ ५,५८० १,००,०००
२०१५ १७ ४,५८० १,००,०००
२०१६ १३ ४,०२० १,००,०००
२०१७ ५,४०० १,००,०००

अवधि : एक महिना (लगभग नोभेम्बर महिनामा — डिसेम्बर) [२२]

चक्र : वार्षिक

सन् २०१३ मा यो मेला नोभेम्बर १६ मा सुरु भएर १५ डिसेम्बरसम्म आयोजन भएको थियो।[२३]सन् २०१८ सोनपुर हरिहर क्षेत्र मेला नोभेम्बर २१ बाट सुरु भए २२ डिसेम्बरमा समाप्त भएको थियो।[२४][२५] मेलामा डुङ्गा दौड, कुस्ती, नौका विहार जस्ता कार्यक्रम हुने गर्दछ।[२६]

यातायात[सम्पादन गर्नुहोस्]

सोनपुर रेलवे स्टेशन

सोनपुर सडक र रेलवेद्वारा सहज र पहुँच योग्य छ। यसबाहेक, यो बिहारको राजधानी पटनाबाट मात्र २५ किलोमिटरको दूरीमा रहेको छ। पटना देशका अन्य भागहरूसँग हवाई, रेलवे र सडक मार्गद्वारा राम्रोसँग जोडिएको छ। मेलाको समयमा, बिहार राज्य पर्यटन विकास प्राधिकरणले पटना देखि सोनपुरसम्म फेरीहरू पनि व्यवस्थित गर्दछ। यहाँसम्म पहुँचको लागि विभिन्न ट्याक्सी र कार भाडा सेवाहरू छन् जसले विदेशी, पर्यटकहरूलाई निजी यातायातको सेवा प्रदान गर्ने गर्दछ। [२७]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Marriages made in Sonepur cattle fair", मूलबाट २०१७-११-०७-मा सङ्ग्रहित। 
  2. "Destinations :: Sonepur", मूलबाट २०१७-११-०१-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०१ मिति
  3. "Sonepur Mela kickstarts", मूलबाट २०१७-१२-२३-मा सङ्ग्रहित। 
  4. "Destinations :: Patna", मूलबाट २०१४-०९-१८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-१८ मिति
  5. "Sonepur fair losing its elephant charm", मूलबाट २०१७-०६-११-मा सङ्ग्रहित। 
  6. "Sonpur Mela 2018", मूलबाट २०१४-११-०२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-०२ मिति
  7. "The gentle giants of Sonepur", मूलबाट २०१७-०८-२५-मा सङ्ग्रहित। 
  8. Sonepur Cattle Fair 2007 - Sonepur Cattle Fair, India 2007 - Sonepur Cattle Fair Bihar, India 2007 वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-०९ मिति
  9. "DNA profiling of elephants at Patna’s Sonepur fair to stop illegal transactions" 
  10. "At the centuries-old Sonepur cattle fair, animals are no longer the main attraction", मूलबाट २०१७-११-१३-मा सङ्ग्रहित। 
  11. "Tuskers bid adieu to Sonepur Mela", मूलबाट २०१७-११-१३-मा सङ्ग्रहित। 
  12. Khan, Mohd Imran, "India’s restriction on cattle sale has dulled the shine of ‘Asia’s largest animal festival’", Scroll.in (en-USमा), अन्तिम पहुँच २०२२-१२-०२ 
  13. "अगर सोनपुर मेला घूम रहे हैं तो रेल ग्राम प्रदर्शनी जरूर देखें", मूलबाट २०१७-११-१४-मा सङ्ग्रहित। 
  14. "AGM inaugurates ‘Railgram’ at Sonepur fair", मूलबाट २०१७-११-१३-मा सङ्ग्रहित। 
  15. "Rustic touch of Sonepur Mela attracts foreigners", मूलबाट २०१७-०८-३१-मा सङ्ग्रहित। 
  16. "Through foreign eyes, Sonepur fares better Visitors say state's cattle mela mirrors real India more than Pushkar fair does", मूलबाट २०१७-०८-२५-मा सङ्ग्रहित। 
  17. "Foreign tourists line up for Sonepur fair Swiss cottages", मूलबाट २०१७-११-०७-मा सङ्ग्रहित। 
  18. "Swiss cottages at Sonepur fair a tourist delight", मूलबाट २०१७-१२-२३-मा सङ्ग्रहित। 
  19. "Swiss cottages to cost more", मूलबाट २०१७-१०-२०-मा सङ्ग्रहित। 
  20. "2 days on, govt stalls yet to open at Sonepur Mela", मूलबाट २०१७-१२-२३-मा सङ्ग्रहित। 
  21. "बिहार: सोनपुर पशु मेले में अब तक सिर्फ 3 हाथी पहुंचे", मूलबाट २०१७-११-०७-मा सङ्ग्रहित। 
  22. "Sonpur mela" 
  23. "World Famous Sonepur Cattle Fair to begin on November 16", Biharprabha News, मूलबाट २६ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अक्टोबर २०१३ 
  24. "Sonepur Mela to be a 32-day affair", मूलबाट २०१७-०९-०६-मा सङ्ग्रहित। 
  25. "इस बार 32 दिनों का होगा हरिहर क्षेत्र सोनपुर मेला", मूलबाट २०१७-०८-२५-मा सङ्ग्रहित। 
  26. "इस बार 32 दिनों का होगा हरिहर क्षेत्र मेला", मूलबाट २०१७-०८-२५-मा सङ्ग्रहित। 
  27. "How to reach Sonepur Town?", मूलबाट २५ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]