सामग्रीमा जानुहोस्

सोमरस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वैदिक परम्परामा, सोम वा सोमरस प्रारम्भिक वैदिक आर्यहरूका बीचमा महत्त्व राख्ने एक अनुष्ठानिक पेय हो।[][][] ऋग्वेदमा यसको उल्लेख छ विशेषगरी सोम मण्डलमा गरिएको छ। भगवद्गीताको अध्याय ९ मा पनि यो पेयको चर्चा गरिएको छ।[] यो इरानी पेय हाओमसँग समान छ।[][]

ग्रन्थहरूले एक वनस्पतिको रस निकालेर सोम तयार गर्ने विधिको वर्णन गर्दछन्। सो वनस्पतिको पहिचान अहिले अज्ञात रहेतापनि विद्वानहरूबीच यस विषयमा बहस जारी छ। प्राचीन वैदिक धर्म र जरथुस्त्र धर्ममा पेय र वनस्पतिको नाम ठ्याक्कै एउटै भने छैन।[]

मूल वनस्पतिको सम्भावित पहिचानको बारेमा धेरै अनुमानहरू गरिएका छन्। आयुर्वेद, सिद्ध चिकित्सासोमयज्ञका अभ्यासकर्ताहरू (जसलाई सोमयाजी भनिन्छ) यस वनस्पतिलाई "सोमलता" को रूपमा चिनाउँछन्।[]

वैदिक धर्म, भारतीय उपमहाद्वीपको सिन्धु नदी उपत्यका क्षेत्रमा बसाइँ सरेका केही वैदिक हिन्द-आर्य मानिसहरू अर्थात् आर्य हरूको धर्म थियो।[][१०][११] हिन्द-आर्यहरू हिन्द-इरानी भाषा परिवारको एउटा शाखाका वक्ता थिए, जसको उत्पत्ति सिन्तास्ता संस्कृतिमा भएको थियो र पछि आन्दोनोभा संस्कृतिको रूपमा विकसित हुन पुगेको थियो। यो अन्ततः मध्य एसियाली स्टेप्सको कुर्गन संस्कृतिबाट विकसित भएको थियो।[१२] शास्त्रीय युग भन्दा पूर्वका वैदिक विश्वास र अभ्यासहरू परिकल्पना गरिएको आदिम-भारोपेली धर्मसँग नजिकबाट सम्बन्धित थिए,[१३][note १] र यसले आन्दोनोभा संस्कृतिका अनुष्ठानहरूसँग सम्बन्ध देखाउँछ, जसबाट हिन्द-आर्य मानिसहरूको वंशज मानिन्छ।[] एन्थोनीका अनुसार, पुरानो भारतीय धर्म सम्भवतः वर्तमान उज्बेकिस्तानको जेराभसान नदी र वर्तमान इरानबीचको सम्पर्क क्षेत्रमा भारोपेली आप्रवासीहरूका बीचमा उदय भएको थियो।[१४] यो "पुरानो मध्य एसियाली र नयाँ भारोपेली तत्वहरूको एक मिश्रित (syncretic) मिश्रण" थियो[१४] जसले ब्याक्ट्रिया–मार्गियाना पुरातात्विक परिसरबाट "विशिष्ट धार्मिक विश्वास र अभ्यासहरू" सापटी लिएको थियो।[१५] यो मिश्रित प्रभावलाई यस संस्कृतिबाट सापटी लिइएका कम्तीमा ३८३ गैर-भारोपेली शब्दहरूले समर्थन गर्दछ जसमा देवता इन्द्र र अनुष्ठानिक पेय सोम समावेश छन्।[१६]

वेदहरूमा, सोम शब्दलाई पेय पदार्थ, बिरुवा र यसको देवताका लागि प्रयोग गरिन्छ। सोम पिउनाले अमरत्व प्राप्त हुन्छ (अमृत, ऋग्वेद ८.४८.३)। इन्द्रअग्नीलाई प्रशस्त मात्रामा सोम सेवन गर्ने देवताहरूकध रूपमा चित्रण गरिएको छ। वैदिक विचारधारामा, इन्द्रले सर्प दानव वृतासुरसँग लड्दा ठूलो मात्रामा सोम पिएका थिए। मानिसहरूले सोम सेवन गर्ने कुरा वैदिक अनुष्ठानमा राम्ररी प्रमाणित छ। सोम मण्डल ऋग्वेदको पूर्ण रूपमा सोम पवमानलाई समर्पित छ र यो अनुष्ठानको त्यो क्षणमा केन्द्रित छ जहाँ सोम निचोरेर, छानेर, पानी र दूधसँग मिसाएर भाँडामा खन्याइन्छ। यी कार्यहरूलाई विभिन्न कुराहरूको प्रतिनिधित्वको रूपमा वर्णन गरिएको छ, जसमा राजाले क्षेत्र विजय गर्ने, सूर्यको ब्रह्माण्डमा यात्रा, वा साँढेले गाईहरूसँग (दूधद्वारा प्रतिनिधित्व) सम्भोग गर्न दौडने जस्ता कुराहरू समावेश छन्। सोमको सबैभन्दा महत्वपूर्ण कथा यसको चोरीको बारेमा छ। यसमा, सोम मूल रूपमा स्वर्गको किल्लामा धनुर्धर कृशानुद्वारा कैद गरिएको थियो। एक चीलले सोम चोरेर, कृशानुबाट सफलतापूर्वक भागेर, सोमलाई मनु, पहिलो यजमानकहाँ पुर्‍याउँछ। यसबाहेक, सोमलाई ऋग्वेदको अन्तिम भाग र मध्य वैदिक कालमा चन्द्रमासँग जोडिएको छ। सूर्यकी छोरी सूर्या, कहिलेकाहीँ सोमकी पत्नी भएको उल्लेख गरिन्छ।[१७]

वेदहरूमा, सोम बिरुवा र देवताको नाम पनि हो।"[१८]

  1. यस विषयमा १९९७ सम्मका प्रकाशनहरूको अवलोकनका लागि Kuzʹmina (2007), The Origin of the Indo-Iranians, p. 339 हेर्नुहोस्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Monier Williams (1899), A Sanskrit–English Dictionary, Oxford, the Clarendon Press, OCLC 458052227, page 1249.
  2. soma. CollinsDictionary.com. Collins English Dictionary - Complete & Unabridged 11th Edition. Retrieved 2 December 2012.
  3. Flood (1996), An Introduction to Hinduism, p.43
  4. "Bhagavad Gita: The Song of God", www.holy-bhagavad-gita.org, JKYog, Chapter 9, Verse 20, एसएसआइएन B0747RJJNG, Wikidata Q108659922
  5. Toorn, Karel van der; Becking, Bob; Horst, Pieter Willem van der (१९९९), Dictionary of Deities and Demons in the Bible (अङ्ग्रेजीमा), Wm. B. Eerdmans Publishing, पृ: ३८४, आइएसबिएन 978-0-8028-2491-2, अन्तिम पहुँच २४ जनवरी २०२१
  6. Guénon, René (२००४), Symbols of Sacred Science (अङ्ग्रेजीमा), Sophia Perennis, पृ: ३२०, आइएसबिएन 978-0-900588-77-8, अन्तिम पहुँच २४ जनवरी २०२१
  7. Victor Sarianidi, Viktor Sarianidi in The PBS Documentary The Story of India
  8. Singh, N. P. (१९८८), Flora of Eastern Karnataka, Volume 1, Mittal Publications, पृ: ४१६, आइएसबिएन 9788170990673
  9. 1 2 Kuz'mina 2007, पृष्ठ 319.
  10. Singh 2008, पृष्ठ 185.
  11. Heesterman 2005, पृष्ठ. 9552–9553.
  12. Anthony 2007.
  13. Roger D. Woodard (१८ अगस्ट २००६), Indo-European Sacred Space: Vedic and Roman Cult, University of Illinois Press, पृ: 242–, आइएसबिएन 978-0-252-09295-4
  14. 1 2 Anthony 2007, पृष्ठ 462.
  15. Beckwith 2011, पृष्ठ 32.
  16. Anthony 2007, पृष्ठ. 454–455.
  17. Stephanie Jamison (२०१५), The Rigveda –– Earliest Religious Poetry of India, Oxford University Press, पृ: 42–43, आइएसबिएन 978-0190633394
  18. Stevenson, Jay (२०००), The Complete Idiot's Guide to Eastern Philosophy (अङ्ग्रेजीमा), Indianapolis: Alpha Books, पृ: 46, आइएसबिएन 9780028638201