सोल्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सोल्मा
देश नेपाल
राज्यकोशी
जिल्लातेह्रथुम जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा४,०९३
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सोल्मा नेपालको कोशी अञ्चलको तेह्रथुम जिल्लाको एक गाँउ विकास समिति हो । यो जिल्ला सदरमुकामदेखि पश्चिममा पर्दछ। यो ठाउ रमणीय स्थान भित्र पर्दछ। तेह्रथुम जिल्लाको पहिचान बोकेको तीनजुरे र चिया खेती यसै गा.वि.स. का पहिचानहरू हुन। यस गा.वि.स.मा १ वटा उच्च मा. वि., २ नि. मा. वि. र ५ वटा प्रा. वि. हरू रहेका छन् ।

ब्राम्हण, क्षेत्री, लिम्बू, मगर, गुरुङ, राई, तामाङ, शेर्पा, दलित (कामी, दमाई, सार्की) भुजेल र अन्य जातजाति यस गा.वि.स. का प्रमुख बासिन्दा हुने। यस गा.वि.स.मा उत्पादन हुने प्रमुख खाद्यान्न बालीहरूमा धान, मकै, कोदो हुन भने तरकारी बालीमा आलु, बन्दाकोवी, फूलकोवी, मटर, टमाटर, साग आदि हुन। नगदे वालीमा अलैंची, चिया, अमलिसो, अदुवा, चिराइतो आदि हुन। पशुपालन तथा दुग्ध व्यवसाय पनि यहाँका बासिन्दाको पेशा रही आएको छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]