सामग्रीमा जानुहोस्

सोविता गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोविता गौतम
आधिकारिक तस्वीर, २०८२
नेपालको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री
पद बहाली
१३ चैत २०८२
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीबालेन शाह
उपराष्ट्रपतिरामसहाय यादव
पूर्वाधिकारीअनिलकुमार सिन्हा
प्रतिनिधि सभा सदस्य
पद बहाली
१३ चैत २०८२
पूर्वाधिकारीविक्रम पाण्डे
निर्वाचन क्षेत्रचितवन ३
कार्यकाल
२०७९ असोज ६  २०८२ भदौ २७
पूर्वाधिकारीमाधवकुमार नेपाल
उतराधिकारीसुनील केसी
निर्वाचन क्षेत्रकाठमाडौँ २
व्यक्तिगत विवरण
जन्म (1995-06-17) १७ जुन १९९५ (उमेर ३०)
दोलखा, नेपाल
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षाबिए एलएलबी (नेपाल ल क्याम्पस, त्रिवि)
पेशाअधिवक्ता, राजनीतिज्ञ

सोविता गौतम (जन्म: २०५२ असार ३) एक नेपाली राजनीतिज्ञ हुन् जसले १३ चैत २०८२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको रूपमा सेवा गरिरहेकी छिन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९मा काठमाडौँ २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्।[] २७ वर्षको उमेरमा उनी प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कान्छी सदस्य बनेकी थिइन्।[] उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य हुन्।[]

गौतम एक युवा कार्यकर्ता र पेसाले अधिवक्ता पनि हुन्।[] उनले चार वर्षभन्दा बढी समय नेपाल टेलिभिजनमा "स्वास्थ्य सरोकार" नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेकी थिइन्। विगतमा उनले नेपालमा 'सहायक प्रजनन प्रविधि' लाई संस्थागत र नियमन गर्नुपर्ने आवश्यकताका बारेमा लेखहरू लेखेकी छिन्।[]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

सोविता गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छिन्। घिमिरेको पहिलो विवाहबाट एक सन्तान छन्।[]

सोविता गौतमले काठमाडौँ विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातक गरेकी छिन्। उनले कानुन, सुशासन र सार्वजनिक नीतिमा आफ्नो शैक्षिक रुचिलाई अगाडि बढाउँदै नेपाल ल क्याम्पसबाट बिए एलएलबीको अध्ययन पूरा गरेकी थिइन्। गौतमको शैक्षिक जीवन युवा वकालत, विद्यार्थी नेतृत्व र नागरिक संलग्नता, सामाजिक न्याय र लोकतान्त्रिक सुशासनका मुद्दाहरूमा केन्द्रित थियो, जसले उनलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको थियो।

राजनीतिक वृत्ति

[सम्पादन गर्नुहोस्]

सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको संस्थापक सदस्य हुन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ उनले काठमाडौँ-२ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी थिइन्। उनले १५,२२९ मत प्राप्त गर्दै नेकपा (एमाले)का उम्मेदवार मणिराम फुयाललाई ३,६७४ मतले पराजित गरेकी थिइन्। उक्त क्षेत्रका अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती देवी पोखरेल र नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तिमगर थिए। यो निर्वाचनसँगै उनी प्रतिनिधि सभाको सबैभन्दा कान्छी सदस्यमध्ये एक बनेकी थिइन्।[]

२०८२ भदौ को जेन्जी नेतृत्वको आन्दोलन र त्यसपछिको अन्तरिम सरकार गठन तथा २०८२ फागुनमा घोषित निर्वाचनपछि, गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन ३ निर्वाचन क्षेत्रबाट उम्मेदवारी घोषणा गरेकी थिइन् जहाँ उनले नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार तथा पूर्व भरतपुरकी नगरप्रमुख रेनु दाहाललाई ३८,६६२ मतान्तरले पारजित गरेकी थिइन्।[]

संसदीय गतिविधिहरू

[सम्पादन गर्नुहोस्]
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै सोविता गौतम

प्रतिनिधि सभामा निर्वाचित भएदेखि नै गौतम सुशासन, राजनीतिमा युवा सहभागिता, पारदर्शिता र जवाफदेहिताका विषयमा हुने छलफलहरूमा सक्रिय छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यको रूपमा उनले राजनीतिक सुधार, भ्रष्टाचार विरुद्धको लडाइँ र लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणका एजेन्डाहरूलाई अगाडि बढाएकी छिन्। उनले युवाहरूसँग सम्बन्धित मुद्दाहरू उठाउन पनि महत्त्वपूर्ण भूमिका खेलेकी छिन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "काठमाडौंका तीन क्षेत्रमा रास्वपाको जित", अनलाइन खबर, २३ नोभेम्बर २०२२, अन्तिम पहुँच २३ नोभेम्बर २०२२
  2. Kharel, Samik, "New faces win Nepal polls, vow to 'change political discourse'", Al Jazeera।
  3. "Rastriya Swatantra Party wins three Kathmandu constituencies", The Kathmandu Post, २३ नोभेम्बर २०२२, अन्तिम पहुँच २४ नोभेम्बर २०२२
  4. "Sobita Gautam - The Kathmandu Post", १० अगस्ट २०२२, अन्तिम पहुँच २७ नोभेम्बर २०२२
  5. "Mind the legal gap", १० अगस्ट २०२२, अन्तिम पहुँच २७ नोभेम्बर २०२२
  6. Pradafash, English, "RSP Lawmaker and Maoist-Linked Businessman Prove Love Conquers All", English Pardafas
  7. "सदनले हाम्रो कुरा सुनेन, अब जनताकहाँ जान्छौंः सोबिता गौतम", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२६-०३-२१
  8. "बागमती प्रदेश- चितवन, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ सूची", निर्वाचन आयोग