सौर्य चुलो

सौर्य कुकर वा सौर्य चुल्हो भनेको सूर्यको प्रकाश र ताप ऊर्जा प्रयोग गरेर खाना पकाउने उपकरण हो। हाल प्रयोगमा रहेका धेरै सौर्य कुकरहरू तुलनात्मक रूपमा सस्तो, कम प्रविधियुक्त उपकरणहरू हुन्, यद्यपि केही परम्परागत चुलो जत्तिकै शक्तिशाली वा महँगो हुन्छन्।[१] र उन्नत, ठूला स्तरका सौर्य कुकरहरूले सयौं मानिसहरूको लागि खाना पकाउन सक्छ[२]सौर्य चुल्होलाई इन्धन चाहिँदैन र सञ्चालन गर्न लागत-प्रभावी हुने भएकाले, वन फँडानी र मरुभूमिकरण कम गर्न मानवीय संस्थाहरूले सुपथ मूल्यमा सौर्य चुलो वितरण गरिरहेका छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]प्राचीन समयमा, सौर्य ऊर्जाको प्रयोग ग्रीक, रोमी र चिनियाँ सभ्यताहरूमा अस्तित्वमा रहेको विश्वास गरिन्थ्यो, यद्यपि खाना पकाउनको लागि होइन।[३]
सौर्य चुलोको सिद्धान्तको पहिलो शैक्षिक विवरण जेनेभाका भूगर्भशास्त्री, मौसमविद्, भौतिकशास्त्री र अल्पाइन अन्वेषक होरेस-बेनेडिक्ट डे सासुरले १७६७ मा दिएका थिए। सूर्यको प्रकाशद्वारा खाना पकाउने सिद्धान्त १८७० को दशकमा फ्रान्सेली विदेशी सेनामा ठूलो मात्रामा विकसित भएको थियो।[४]
कार्य सिद्धान्त
[सम्पादन गर्नुहोस्]प्रकार
[सम्पादन गर्नुहोस्]फाइदा तथा सिमितता
[सम्पादन गर्नुहोस्]फाइदा
[सम्पादन गर्नुहोस्]- उच्च-कार्यक्षमता भएका प्याराबोलिक सौर्य चुलो र भ्याकुम ट्यूब चुलोले २९० °सेल्सियस (५५० °फह्रेन्हाइट) भन्दा माथिको तापक्रम हासिल गर्न सक्छन्। यसको प्रयोग मासु ग्रिल गर्न, तरकारीहरू फ्राइ गर्न, सुप बनाउन, रोटी पकाउन र केही मिनेटमा नै पानी उमाल्न प्रयोग गर्न सकिन्छ। भ्याकुम ट्यूब प्रकारका चुलोहरू चिसो र बादल लागेको मौसममा पनि तातो हुन सक्छन्।
सिमितता
[सम्पादन गर्नुहोस्]भारतको सौर्य ऊर्जा गाउँ
[सम्पादन गर्नुहोस्]आन्ध्र प्रदेशको तिरुपतिबाट १२५ किलोमिटर उत्तरपश्चिममा अवस्थित ब्यासनिवारीपल्ले गाउँ भारतको पहिलो गाउँ हो जहाँ पूर्ण रूपमा सौर्य ऊर्जामा खाना पकाइन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Solar Cookers: Varieties and Styles", CantinaWest, मूलबाट १६ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१४। अभिलेखिकरण १६ फेब्रुअरी २०१८ वेब्याक मेसिन
- ↑ "World's Largest 38500-meal Solar Kitchen in India", inhabitat, मूलबाट ३० मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१४। अभिलेखिकरण ३० मार्च २०१९ वेब्याक मेसिन
- ↑ "Solar Cooking History", www.solarcooker-at-cantinawest.com, मूलबाट २०२२-११-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-१४। अभिलेखिकरण २०२२-११-१४ वेब्याक मेसिन
- ↑ Nichols, C. Alan. THE TRACKING SOLAR COOKER अभिलेखिकरण २०१९-०७-२८ वेब्याक मेसिन. solarcooking.org