सामग्रीमा जानुहोस्

स्टेफनी मिकम्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्टेफनी मिकम्यान
सन् २०१८ मा मिकम्यान
जन्मस्टेफनी मेरी मिकम्यान
(1976-09-24) २४ सेप्टेम्बर १९७६ (उमेर ४९)
हार्टफोर्ड, कनेक्टिकट, अमेरिका
मातृ शिक्षाप्रतिष्ठानबोस्टन विश्वविद्यालय (बिएस)
पेशा
व्यवसायी

व्यावसायिक कुस्ती खेलाडी

कार्यकाल
सन् १९८९–वर्तमान (व्यवसाय)


सन् १९९८–२०१८ (कुस्ती)

उपाधि
कोनर्स केयरकी सह-संस्थापक[]
कार्यकारी समिति सदस्य
एड काउन्सिल (सन् २०२०–वर्तमान)[]

पिट्सबर्ग बाल अस्पताल फाउन्डेसन (सन् २०१५–वर्तमान)[] युएसओ मेट्रोपोलिटन वासिङ्टन (सन् २०११–वर्तमान)[] डब्ल्यूडब्ल्यूई (सन् २०१५–२०२३)[]

जीवनसाथी
(
वि २००३)
सन्तान
मातापिता
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नाम
  • स्टेफनी मिकम्यान[]
  • स्टेफनी म्याकमोहन-हेल्म्सले[]
उचाई फिट ८ इन्च (१.७३ मी)[]
तौल१४३ पाउन्ड (६५ किग्रा)[]
उत्पत्तिग्रिनविच, कनेक्टिकट
पदार्पणजुन २७, १९९८
सन्यासअप्रिल ८, २०१८
हस्ताक्षर
परिवारमिकम्यान परिवार

स्टेफनी मेरी मिकम्यान लभेक[] (/məkˈmænləˈvɛk/ mək-MAN-lə-VEK; जन्म उपनाम मिकम्यान; जन्म सेप्टेम्बर २४, १९७६)[] एक अमेरिकी महिला व्यवसायी तथा सेवानिवृत्त व्यावसायिक कुस्ती खेलाडी हुन्। उनी सन् १९९८ र २०२३ को बीचमा डब्ल्यूडब्ल्यूई भित्रका विभिन्न भूमिकाहरूका लागि परिचित छिन्।[]

भिन्सलिन्डा मिकम्यानकी छोरी, उनी मिकम्यान परिवारको सदस्यको रूपमा चौथो पुस्ताकी कुस्ती प्रवर्द्धक हुन्। उनले १३ वर्षको उमेरमा डब्ल्यूडब्ल्यूईको लागि काम गर्न सुरु गरेकी थिइन् भने त्यसबेला उनले क्याटलगको लागि मर्चेन्डाइजको मोडेलिङ पनि गर्दै थिइन्। मिकम्यानले सन् १९९९ मा द अन्डरटेकरसँगको कथानकको एक भागको रूपमा डब्ल्यूडब्ल्यूई (त्यतिबेला विश्व कुस्ती महासङ्घ (डब्ल्यूडब्ल्यूएफ)) को लागि नियमित रूपमा प्रसारणमा देखा पर्न थालिन्। टेस्टसँगको पर्दामा सङ्क्षिप्त सम्बन्ध पछि, मिकम्यानको ट्रिपल एचसँग संलग्नता भएको थियो जसलाई उनले पर्दामा र पछि वास्तविक जीवनमा पनि विवाह गरेकी थिइन्।

उनले डब्ल्युडब्ल्युएफ महिला उपाधि एकपटक जितेकी थिइन्। सन् २००१ मा, उनी द इन्भेजनको समयमा एक्स्ट्रिम च्याम्पियनसिप रेस्लिङकी मालिक थिइन्। अर्को वर्ष, उनी स्म्याकडाउनको महाप्रबन्धक थिइन्, तर आफ्नो बुबा सँगको "आई क्विट" खेल पछि उनी नियमित रूपमा टेलिभिजनमा देखा पर्न छाडेकी थिइन्।

धेरै वर्षसम्म केवल छिटपुट उपस्थितिहरू गरेपछि, मिकम्यानले सन् २००८ मा मा सामान्य प्रबन्धकको रूपमा नियमित रूपमा प्रसारणमा फर्किएको केही समयपछि पुनः अनुपस्थित भएकी थिइन्। उनी सन् २०१३ मा उनी नियमित रूपमा पर्दामा फर्किँदै यसपटक न्याय गर्ने, धम्की दिने मालिकको व्यक्तित्वको साथमा पर्दाकी प्रमुख सञ्चालन अधिकारी ट्रिपल एचपछिको प्रमुख व्यक्तित्व थिइन्। एक शक्ति जोडीको रूपमा, उनीहरूले द अथोरिटी गुट गठन गरेका थिए जसले प्रायः छायाँमा रहेका आदेशहरू अन्य समूह सदस्यहरूलाई दिने गर्दथे भने उनीहरूले "व्यवसायको लागि यो कार्य उत्तम रहेको" भनी बताउँदै र[सार्वजनिक स्नेहको प्रदर्शनमा संलग्न हुन्थे। मिकम्यानले अप्रिल २०१८ मा रेसलमेनिया ३४मा आफ्नो अन्तिम इन-रिङ खेल खेलेकी थिइन् जसपछि उनले कम्पनी भित्र कार्यकारी भूमिकाहरूमा ध्यान केन्द्रित गर्न जारी राखिन्।

मिकम्यानको व्यावसायिक जीवन न्युयोर्कमा डब्ल्युडब्ल्युएफ कार्यालयहरूको लागि लेखा कार्यकारीको रूपमा सुरु भएको थियो भने त्यसपछि उनी कम्पनीकी मुख्य लेखिका र रचनात्मक लेखन निर्देशक बनेकी थिइन्। सन् २००६ मा, उनी रचनात्मक लेखनको वरिष्ठ उपाध्यक्षमा पदोन्नति भइन्। एक वर्षपछि, उनी रचनात्मककी कार्यकारी उपाध्यक्ष बनिन्। सन् २०१३ देखि २०२२ सम्म, मिकम्यानले कम्पनीकी प्रमुख ब्रान्ड अधिकारीको रूपमा सेवा गरिन्। जुलाई २०२२ मा, उनको बुबाको यौन तस्करी र उत्पीडनको आरोप र मुखबन्दी पैसा तिरेको कारणले अवकाश पछि मिकम्यानलाई सङ्क्षिप्त रूपमा प्रमुख कार्यकारी अधिकारी र अध्यक्षा र पछि निक खानसँगै डब्ल्युडब्ल्युईको सह-प्रमुख कार्यकारी अधिकारी नामित गरिएको थियो।[१०] उनले जनवरी २०२३ मा आफ्नो बुबाको कम्पनीमा फिर्ता पछि डब्ल्युडब्ल्युईबाट राजीनामा दिएकी थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "WWE's Triple H and Stephanie McMahon Launch 'Connor's Cure' Charity", pittsburghmagazine.com, जुन २४, २०१४, मूलबाट सेप्टेम्बर ११, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २८, २०१५
  2. "WWE CBO Stephanie McMahon Joins Ad Council to Drive Social Change", Bleeding Cool, अप्रिल २८, २०२०, मूलबाट सेप्टेम्बर २५, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २५, २०२२
  3. "Stephanie McMahon joins Children's Hospital of Pittsburgh Foundation Board of Trustees", WWE Community, मूलबाट सेप्टेम्बर २५, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २५, २०२२
  4. "Home", usometrodc.org, मूलबाट जुलाई १४, २०१४-मा सङ्ग्रहित।
  5. "WWE Elects Stephanie McMahon, Paul Levesque and Robyn Peterson to B.O.D.", WWE Corporate, मूलबाट फेब्रुअरी २६, २०१५-मा सङ्ग्रहित। अभिलेखिकरण फेब्रुअरी २६, २०१५ वेब्याक मेसिन
  6. 1 2 3 "Stephanie McMahon Profile", Online World of Wrestling, मूलबाट जुलाई ३०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १, २००८
  7. 1 2 "Stephanie McMahon", CAGEMATCH.net, मूलबाट अप्रिल ६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १, २०१५
  8. Palumbo, Dave, "Stephanie Levesque: First Daughter of the WWE, Super Mom of 3, Woman with Food Demons!", RXMuscle, मूलबाट मार्च १३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३०, २०११ अभिलेखिकरण मार्च १३, २०१६ वेब्याक मेसिन
  9. "Stephanie McMahon Resigns as Co-CEO of WWE", Variety (अङ्ग्रेजीमा), जनवरी १०, २०२३, मूलबाट जनवरी १०, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १०, २०२३
  10. "WWE & Board of Directors Announce New CO-CEOs Stephanie McMahon and Nick Khan" (अङ्ग्रेजीमा), WWE, मूलबाट जुलाई २५, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ११, २०२३