स्तन आकार असमानता
स्तन आकार असमानता (अङ्ग्रेजी: Anisomastia) भनेको स्तनको आकारमा असामान्य भिन्नता हुने अवस्था हो। यो स्तनको आयतनमा फरकपनसँग सम्बन्धित हुन्छ। यस अवस्थामा एउटा स्तन अर्कोको तुलनामा धेरै ठूलो हुन्छ। सामान्यतया सानो मात्राको असमानता प्रायः सबै महिलामा देखिने कुरा भए पनि, एनिसोमास्टिया भने असाधारण किसिमको हुन्छ। एनिसोमास्टियाको उपचार प्रायः शल्यक्रिया (स्तन बृद्धि वा कमी गर्ने शल्यक्रिया) मार्फत स्तनको आकार मिलाइने गरिन्छ तर केही प्रयासमा शल्यक्रिया विना नै हर्मिनल विधि वा अल्ट्रासाउन्ड तरंग जस्ता विधि पनि अपनाइन्छन्।[१] स्वस्थ महिलामा जसले पछि स्तन क्यान्सर विकास गरे, उनीहरूमा प्रारम्भिक रूपमा स्तन असमानता बढी देखिएको पाइएको देखिन्छ जसबाट स्तन असमानता संभावित जोखिम सूचक रहेको हुन सक्दछ।[२][३]
कारणहरू
[सम्पादन गर्नुहोस्]स्तन आयतन शरीरको संरचना (तौल, उचाइ र स्तन घनत्व) सँग बलियो सम्बन्धित हुन्छ भने उमेर र पहिलो महिनावारी हुने उमेरसँग मात्र कमजोर सम्बन्ध देखिएका पाइन्छन्। सन्तान संख्या वा पहिलो बच्चा जन्माउने उमेरसँग भने यसको कुनै सम्बन्ध पाइँदैन। स्तन ग्रन्थीसँग सम्बन्धित हर्मोनहरू, विशेष गरी एस्ट्रोजेन, प्रतिरक्षा प्रणालीलाई दबाउने भएकाले हानिकारक हुने कुरा केही अनुसन्धानहरूले बताएका छन्। बढी तौल भएका महिलामा बोसोको मात्रा बढी हुने हुँदा एस्ट्रोजेन उत्पादन पनि बढी हुन्छ र यसले स्तनलाई ठूलो बनाउँछ। अत्यधिक एस्ट्रोजेन स्तरले केही महिलामा स्तन असमानता बढाउने प्रवृत्ति देखाउन सक्छ, तर हल्का–मध्यम असमानता सामान्य र सामान्यतया स्वास्थ्यको लागि त्यति जोखिमपूर्ण हुँदैन। त्यस्तै, आनुवंशिक गुणस्तर उच्च भएका महिलाहरूमा उच्च एस्ट्रोजेन स्तर हुँदाहुँदै पनि स्तनहरू समान आकारका देखिन सक्छन्। यसैले, ठूलो र सममित स्तनहरू केही अनुसन्धानकर्ताहरूले महिलाको उच्च फेनोटाइपिक गुणस्तरको सम्भावित संकेतको रूपमा वर्णन गरेका छन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sudarsa, Shita Diwyani; Suyata, Astrinita Lestari; Samsarga, Gede Wara; Putri, Anak Agung Istri Ayu Detritha Sarasmartha (२०२४-०७-०५), "Current understanding and future directions in diagnosis and treatment in breast asymmetry: a literature review", Intisari Sains Medis (अङ्ग्रेजीमा) 15 (2): 715–722, आइएसएसएन 2503-3638, डिओआई:10.15562/ism.v15i2.2078।
- ↑ Scutt, Diane; Lancaster, Gillian A.; Manning, John T. (२००६), "Breast asymmetry and predisposition to breast cancer", Breast cancer research: BCR 8 (2): R14, आइएसएसएन 1465-542X, डिओआई:10.1186/bcr1388, पिएमआइडी 16563179, पिएमसी 1557716।
- ↑ Scutt, D; Manning, J T; Whitehouse, G H; Leinster, S J; Massey, C P (१९९७-१०-०१), "The relationship between breast asymmetry, breast size and the occurrence of breast cancer.", British Journal of Radiology 70 (838): 1017–1021, आइएसएसएन 0007-1285, डिओआई:10.1259/bjr.70.838.9404205।
- ↑ Manning, J. T.; Scutt, D.; Whitehouse, G. H.; Leinster, S. J. (१९९७-०७-०१), "Breast asymmetry and phenotypic quality in women", Evolution and Human Behavior 18 (4): 223–236, आइएसएसएन 1090-5138, डिओआई:10.1016/S0162-3095(97)00002-0।