सामग्रीमा जानुहोस्

स्तन इस्त्रीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्तन इस्त्रीकरण,[] जसलाई स्तन समतल पार्ने पनि भनिन्छ, भनेको कडा वा तातो वस्तुहरू प्रयोग गरेर यौवनावस्थामा पुगेकी केटीको स्तनलाई थिच्ने र दबाउने काम हो भने यसको उद्देश्य भनेको स्तनको विकास रोक्नु वा यसलाई गायब पार्नु हो।[][] यो अभ्यास सामान्यतया पीडितको नजिकको महिला व्यक्तित्वद्वारा गरिन्छ र परम्परागत रूपमा आमा, हजुरआमा, काकी, वा महिला अभिभावकले गर्ने गर्छन् र कथित रूपमा केटीलाई यौन उत्पीडन र बलात्कारबाट जोगाउन यस कार्य गरिएको दावी गर्छन्।[][] परिवारको नाम कलङ्कित गर्ने प्रारम्भिक गर्भावस्था रोक्न, एचआइभी/एड्स जस्ता यौन सञ्चारित सङ्क्रमणहरूको फैलावट रोक्न,[] वा बाल विवाहमा बाध्य पार्नुको सट्टा केटीलाई शिक्षा हासिल गर्न अनुमति दिन यो कार्य गरिएको पाइन्छ।[][]

यो प्रायः क्यामरूनका केही भागहरूमा अभ्यास गरिन्छ र स्तनहरू बढ्न थाले पछी उनीहरू यौनसम्पर्कको लागि तयार भएको मानिन्छ।[] प्रमाणले यो कार्य क्यामेरोनी डायस्पोरामा फैलिएको भनि सुझाव दिन्छ[] उदाहरणका लागि बेलायतमा, जहाँ कानुनले यसलाई बाल दुर्व्यवहारको रूपमा परिभाषित गर्दछ। स्तन इस्त्रीकरणको लागि सबैभन्दा व्यापक रूपमा प्रयोग हुने उपकरण भनेको सामान्यतया कन्दमुलहरू कुट्न प्रयोग गरिने काठको मुसल हो।[][] प्रयोग हुने अन्य उपकरणहरूमा पातहरू,[] केरा, नरिवलको बोक्रा,[] पिस्ने ढुङ्गा, डाडु, पन्युँ,[] र कोइलामा तताइएका हथौडाहरू समावेश छन्।[] विशेष गरी बुबा वा अन्य पुरुष व्यक्तिहरू पीडितलाई देख्न वा प्रक्रियाको बारेमा सचेत हुन नसकून् भन्ने उद्देश्यले इस्त्री गर्ने अभ्यास सामान्यतया साँझ वा बिहानको समयमा घरको भान्सा जस्ता निजी क्षेत्रमा गरिन्छ।[१०] पीडितको अस्वीकार र स्तनको प्रतिरोधमा निर्भर गर्दै, मालिस गर्ने प्रक्रिया एक हप्तादेखि धेरै महिनाको बीचमा जतिबेला पनि हुन सक्छ। स्तनहरू लगातार बाहिर निस्किरहेको देखिने अवस्थामा, इस्त्री गर्ने अभ्यास हप्ता वा महिनाको लागि एक पटकमा दिनमा एक पटक भन्दा बढी हुन सक्छ।

स्तन इस्त्रीकरण स्तन मालिसको प्राचीन अभ्यासबाट लिइएको हुन सक्छ।[] स्तन मालिसको उद्देश्य न्यानो वस्तुहरूले स्तन मालिस गरेर विभिन्न स्तनको आकारलाई समान बनाउन र स्तनपान गराउने आमाहरूको पीडा कम गर्न मद्दत गर्नु हो।

स्वास्थ्य परिणामहरू

[सम्पादन गर्नुहोस्]

स्तन इस्त्रीकरण अत्यन्तै पीडादायी हुन्छ र यसले तन्तुलाई क्षति पुर्‍याउन सक्छ।[] सन् २००६ सम्म, यसको प्रभावहरूमा कुनै चिकित्सा अध्ययन भएको छैन। यद्यपि, चिकित्सा विशेषज्ञहरूले यसले स्तन क्यान्सर, सिस्ट र डिप्रेसन निम्त्याउन सक्ने चेतावनी दिन्छन् र सायद यसले पछि स्तनपानमा बाधा पुर्‍याउन सक्छ।[११] यसका अतिरिक्त, स्तन स्त्रीकरणले केटीहरूलाई फोडा, सिस्ट, सङ्क्रमण, र स्थायी तन्तु क्षतिको जोखिममा पार्छ, जसको परिणामस्वरूप स्तनमा पिम्पल, स्तनको आकारमा असन्तुलन, र दागबाट दूधमा सङ्क्रमण हुन्छ। क्षतिको चरम अवस्थामा, स्तन इस्त्रीकरणको शिकार भएका महिलाहरूबाट निदान गरिएको स्तन क्यान्सरको दस घटनाहरू बाहिर आएका छन्।[१२] जिजद्वारा रिपोर्ट गरिएका अन्य सम्भावित असरहरूमा विकृत स्तन र एक वा दुवै स्तनको उन्मूलन समावेश छ। स्तनलाई थिच्न र मालिस गर्न तातो पातहरू प्रयोग गर्नेदेखि, बड्ने ग्रन्थिलाई कुचल्न पिस्ने ढुङ्गा प्रयोग गर्ने सम्म गरि यस अभ्यास गम्भीरता नाटकीय रूपमा भिन्न हुन्छ।[] यस भिन्नताको कारण, स्वास्थ्य परिणामहरू सौम्य देखि तीव्र सम्म भिन्न हुन्छन्। बाल अधिकार सूचना नेटवर्कले बच्चा जन्माएपछि आमाको दूध विकासमा ढिलाइ भएको रिपोर्ट गर्छ, जसले नवजात शिशुहरूको जीवनलाई खतरामा पार्छ।[]

स्तन इस्त्रीकरणले महिलाहरूलाई यौन क्रियाकलापमा डराउन बनाउन सक्छ। कतिपय पुरुषहरूले स्तन झर्नुले महिलाहरूको यौन अनुभवलाई कम गर्छ भनेका छन् यद्यपि यो कुरा महिलाहरूले पुष्टि गरेका छैनन्।[]

धेरै महिलाहरूले स्तन इस्त्रीकरण गराएपछि मानसिक आघात पनि भोग्छन्। पीडितहरूले यो सजाय जस्तो महसुस गर्छन् र प्रायः दोषलाई भित्रैबाट आत्मसात गर्छन्, र भविष्यमा स्तनपान गराउन डराउँछन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ १.४ १.५ Rebecca Tapscott (१४ मे २०१२), "Understanding Breast "Ironing": A Study of the Methods, Motivations, and Outcomes of Breast Flattening Practices in Cameroon", Feinstein International Center (Tufts University), मूलबाट १२ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०१४  वेब्याक मेसिन अभिलेखिकरण १२ नोभेम्बर २०२० मिति
  2. २.० २.१ २.२ २.३ २.४ Randy Joe Sa'ah (२३ जुन २००६), "Cameroon girls battle 'breast ironing'", BBC News, अन्तिम पहुँच २००८-०१-०२ 
  3. ३.० ३.१ ३.२ Ruth Gidley and Megan Rowling (७ जुलाई २००६), "Millions of Cameroon girls suffer "breast ironing"", AlertNet, Reuters, मूलबाट मे २१, २०१०-मा सङ्ग्रहित।  Reproduced at the Child Rights Information Network. Retrieved 2011-04-02.
  4. ४.० ४.१ ४.२ Sylvestre Tetchiada (१३ जुन २००६), "An Unwelcome 'Gift of God'", IPS News, अन्तिम पहुँच २००८-०१-०२ 
  5. Vitalis Pemunta, Ngambouk (२०१६-११-३०), "The Social Context of Breast Ironing in Cameroon", Athens Journal of Health 3 (4): 335–360, आइएसएसएन 2241-8229, डिओआई:10.30958/ajh.3-4-5 
  6. Dugan, Emily (२६ सेप्टेम्बर २०१३), "'Breast ironing': Girls 'have chests flattened out' to disguise the onset of puberty", Independent (London), अन्तिम पहुँच २७ सेप्टेम्बर २०१३ 
  7. Lazareva, Inna (२६ जनवरी २०१९), "Revealed: 'dozens' of girls subjected to breast-ironing in UK", The Guardian, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९ 
  8. Lazareva, Inna (१३ फेब्रुअरी २०१९), "Breast-ironing: UK government vows to tackle abusive practice", The Guardian, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९ 
  9. "Campaign launched to counter "breast ironing"", PlusNews, २८ जुन २००६, मूलबाट २०१२-०२-१३-मा सङ्ग्रहित। 
  10. Njume, Nkwelle Norbert Nicholas (2019) (enमा). The Long-Term Health-Related Outcomes of Breast Ironing in Cameroon - ProQuest (Doctor of Philosophy in Public Health thesis). Walden University. ढाँचा:ProQuest. 
  11. Irving Epstein; Leslie Limage (२००८), The Greenwood encyclopedia of children's issues worldwide, Greenwood Publishing Group, पृ: ८४, आइएसबिएन 978-0-313-33616-4, अन्तिम पहुँच २०१२-०२-१७ 
  12. Vitalis Pemunta, Ngambouk (२०१६-११-३०), "The Social Context of Breast Ironing in Cameroon", Athens Journal of Health 3 (4): 335–360, आइएसएसएन 2241-8229, डिओआई:10.30958/ajh.3-4-5 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]