स्थानीय तह निर्वाचन, २०७४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्थानीय तह निर्वाचन, २०७४
Nepali local election, 2017
नेपाल
← २०६३ २०७४ बैशाख ३१ र २०७४ जेष्ठ ३१ २०७९ →

४ महानगरपालिका
१३ उपमहानगरपालिका
२४६ नगरपालिका
४८१ गाउँपालिका
  Sher bahadur.jpg KP Oli.jpeg Prachanda 2009.jpg
नेता शेरबहादुर देउवा खड्गप्रसाद ओली प्रचण्ड
पार्टी काँग्रेस नेकपा एमाले नेकपा (माके)
शीर्ष नेताको रुपमा ७ मार्च २०१६ जुलाई २०१४ मे १९९९

  Kamal Thapa 2015.jpg
नेता कमल थापा
पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी
शीर्ष नेताको रुपमा २० फेब्रुअरी २०१७

स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४१ नगरपालिका र ४८६ गाउँपालिकामा दुई चरणमा मिति २०७४ बैशाख ३१ र २०७४ जेष्ठ ३१ मा हुने भएको छ । [१] २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात हुन लागेको यो पहिलो स्थानीय तहको निर्वाचन हो ।[२]

पृष्ठभूमि[सम्पादन गर्ने]

सन् २००६ मा ज्ञानेन्द्र शाहको राज्यसत्तामा नेपालका ५३ नगरपालिकामा स्थानीय निर्वाचन गराइएको थियो तर प्रमुख राजनैतिक दलहरूद्वारा निर्वाचन वहिष्कारका कारण निर्वाचनमा जनताको झिनो उपस्थितिका साथै न्यून मतदान भएको थियो ।[३] सन् २००६ भन्दा पहिले सन् १९९७ मा स्थानीय निकायको निर्वाचन भएको थियो जसको अवधि ५ वर्ष तोकिएको थियो । सन् २००२ मा निर्वाचन हुने भएपनि आन्तरिक गृहयुद्धका कारण सो निर्वाचन हुन सकेन ।

नेपालको संविधान २०७२ लागू भएपछि राष्ट्रिय स्तरीय, प्रदेश स्तरीय र स्थानीय स्तरीय गरि ३ स्तरीय शासन प्रणालीको आरम्भ गरिएको हो । संविधान अनुरुप स्थानीय तह कार्यान्वयन गर्नका निमित्त नेपाल सरकारले बालानन्द पौडेलको अध्यक्षतामा स्थानीय निकाय पुनर्संरचना आयोगको गठन गरेको थियो । सो आयोगले ७१९ वटा स्थानीय तहको अवधारणा सरकार समक्ष प्रस्तुत गरेको थियो जसलाई पछि सरकारले सुधार गरेर ७४४ बनाएको हो । सन् २०१७ मार्च १० मा नयाँ नीति अनुरुप पुराना गाउँ विकास समितिहरूलाई गाभेर गाउँपालिका गठन गरेको हो ।[४]

निर्वाचन प्रणाली[सम्पादन गर्ने]

स्थानीय निकायमा एउटा अध्यक्ष/मेयर र एउटा उपाध्यक्ष/उपमेयर रहने व्यवस्था गरिएको छ । यस वाहेक स्थानीय निकायलाई वडामा विभाजन गरिएको छ जसमा एउटा वडा अध्यक्ष र ४ सदस्य रहने व्यवस्था गरिएको छ । ४ सदस्यहरू मध्ये अनिवार्य रुपमा २ महिला हुनुपर्ने उल्लेख छ । सम्पूर्ण पदहरूको अवधि ५ वर्षको लागि तोकिएको छ । प्रत्यक्ष रुपमा निर्वाचन व्यवस्था भएको हुनाले सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजय घोषित गरिनेछ ।[५]

स्थानीय निकाय प्रकार विकल्प
महानगरपालिका एक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
उप महानगरपालिका एक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
नगरपालिका एक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
गाउँपालिका एक अध्यक्ष, एक उपाध्यक्ष, एक वडा अध्यक्ष र ४ वडा सदस्य

आयोजन[सम्पादन गर्ने]

निर्वाचन खर्च[सम्पादन गर्ने]

स्थानीय तहको निर्वाचन गर्न प्रमुख राजनैतिक दलहरू तयार भएपछि निर्वाचन गर्नका लागि नेपाल सरकारको मन्त्रिपरिषदद्वारा निर्वाचन आयोगसँग सल्लाह सुझाव गरेर वि.सं. २०७४ वैशाख ३१ (सन् २०१७ मार्च १४) मा निर्वाचन गर्ने निर्णय गरेको हो ।[६][७][८]स्थानीय निकायको निर्वाचन गर्नका लागि मन्त्रिपरिषदले निर्वाचन आयोगलाई १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ छुट्याएको हो ।[८]

वि.सं. २०७४ बैशाख ३१ मै देशभर निर्वाचन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएको मोर्चासँग सरकारको सहमति भएपछि स्थानीय निकायको निर्वाचन दुई चरणमा हुने भएको हो ।[९][१०]सहमति अनुसार पहिलो चरणको निर्वाचन वि.सं. २०७४ बैशाख ३१ र दोश्रो चरणको निर्वाचन वि.सं. २०७४ जेष्ठ ३१ गते हुने भएको हो ।[९]

स्थानीय तहको निर्वाचन गराउन सुरक्षा व्यवस्था कडा र चुस्त बनाउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याएको हो ।[११]

निर्वाचन कार्यक्रम[सम्पादन गर्ने]

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन २ चरणमा गर्ने भएको हो । निर्णयअनुसार पहिलो चरणको निर्वाचन वि.सं. २०७४ बैशाख ३१ (सन् २०१७ मार्च १४) मा नेपालको नयाँ गठित प्रदेश नं. ३, प्रदेश नं. ४प्रदेश नं. ६मा सञ्चालन गरिएको छ भने दोश्रो चरणको निर्वाचन वि.सं. २०७४ जेष्ठ ३१ (सन् २०१७ जुन १४) मा प्रदेश नं. १, प्रदेश नं. २, प्रदेश नं. ५प्रदेश नं. ७मा सञ्चालन हुने भएको छ ।

मतदान[सम्पादन गर्ने]

निर्वाचन परिणाम[सम्पादन गर्ने]

पहिलो चरण[सम्पादन गर्ने]

पहिलो चरणको निर्वाचन सकिए लगत्तै थालिएको मतगणना अनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी स्थानमा मेयर/अध्यक्ष बनाउन सफल भएको छ । पहिलो चरण अन्तर्गत ३ प्रदेशहरूको ३४ जिल्लाको २८३ स्थानमा भएको निर्वाचन परिणाममा एमाले अगाडी रहेको छ भने नेपाली काङ्ग्रेस दोश्रो स्थानमा रहेको छ ।[१२][१३] पहिलो चरणको निर्वाचनमा ७१% मतदान भएको नेपाल निर्वाचन आयोगले जनाएको हो ।[१४]

११५ १०१ ४६
एमाले नेपाली काङ्ग्रेस माओवादी केन्द्र
पार्टी नेकपा (एमाले) काङ्ग्रेस नेकपा (माके) राप्रपा जनमोर्चा
नेता खड्गप्रसाद ओली शेरबहादुर देउवा प्रचण्ड कमल थापा चित्रबहादुर केसी
KP Oli.jpeg Sher bahadur.jpg Prachanda 2009.jpg Kamal Thapa 2015.jpg
सिट ११५ (४०%) १०१ (३६%) ४६ (१६%) १ (०.२%) १ (०.२%)
११५ / २८३
१०२ / २८३
४६ / २८३
१ / २८३
१ / २८३

पार्टीगत विवरण[सम्पादन गर्ने]

पार्टी विजय सिट[१५] मत प्रतिशत परिवर्तन
नेकपा (एमाले) ११७ ४०%
काङ्ग्रेस १०३ ३६%
नेकपा (माके) ४६ १६%
राप्रपा ०.२%
जनमोर्चा ०.२%
सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी ०.२%
स्वतन्त्र उम्मेदवार १.४१% -
जम्मा २८३

स्थानीय तहका अङ्गहरू[सम्पादन गर्ने]

वडापालिका[सम्पादन गर्ने]

गाउँपालिका[सम्पादन गर्ने]

नगरपालिका[सम्पादन गर्ने]

मत बदरका कारणहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Grassroots democracy". Himal Media. http://nepalitimes.com/page/political-power-of-the-ballot-local-elections-nepal. अन्तिम पहुँच मिति: 12 May 2017. 
  2. Koirala, Kosh Raj. "Local polls after 20 years, finally". Nepal Republic Media. http://www.myrepublica.com/news/15240/. अन्तिम पहुँच मिति: 2 April 2017. 
  3. "Nepal Assessment 2006". Institute for conflict management. http://www.satp.org/satporgtp/countries/nepal/assessment2006.htm. अन्तिम पहुँच मिति: 4 April 2017. 
  4. "New local level structure comes into effect from today". International Media Network Nepal (Pvt) Ltd. https://thehimalayantimes.com/nepal/new-local-level-structure-comes-effect-today/. अन्तिम पहुँच मिति: 2 April 2017. 
  5. "हेर्नुहोस्, तपाईले भोट हाल्ने मतपत्र (नमूनासहित)". http://www.onlinekhabar.com/2017/03/564592/. अन्तिम पहुँच मिति: 2 April 2017. 
  6. "दुई दशकपछि स्थानीय चुनाव घोषणा". १० फागुन २०७३. http://www.nagariknews.com/news/14793/. 
  7. "वैशाख ३१ मै चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध". ७ चैत्र २०७३. http://www.onlinekhabar.com/2017/03/559511/. 
  8. ८.० ८.१ "वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा". ९ फागुन २०७३. http://www.onlinekhabar.com/2017/02/545596/. 
  9. ९.० ९.१ "स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सरकार र मोर्चाको सहमति". ९ बैशाख २०७४. http://kantipur.ekantipur.com/news/2017-04-22/20170422200450.html. 
  10. "स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सरकार र मोर्चाबीच सहमति". ९ बैशाख २०७४. http://www.onlinesaptari.com/2017/04/22/8827. 
  11. "निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयद्वारा साढे सात अर्ब निकासा". २० बैशाख २०७४. http://setopati.com/chapa-bata/68472/. 
  12. http://election.nagariknews.com/
  13. http://election.onlinekhabar.com/
  14. "स्थानीय चुनावमा उत्साहजनक सहभागिता, ७१ प्रतिशत मत खस्यो". http://www.onlinekhabar.com/2017/05/584973/. अन्तिम पहुँच मिति: ३१ बैशाख २०७४. 
  15. "निर्वाचन परिणाम". अनलाइन खबर. http://election.onlinekhabar.com/. अन्तिम पहुँच मिति: ७ जेष्ठ २०७४.