सामग्रीमा जानुहोस्

स्थिर सम्पत्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्थिर सम्पत्ति (अङ्ग्रेजी: Fixed Assets) भन्नाले एक वर्ष भन्दा बढीको प्रयोगयोग्य अवधि रहेको सम्पत्ति हो । यसलाई जायजेथा, प्लाण्ट र उपकरण (पीपीई) पनि भनिन्छ। स्थिर सम्पत्ति गैर चालु प्रकृतीको भौतिक सम्पत्ति हो जसलाई संस्थाले उपयोग मार्फत आर्थिक लाभ लिने गर्दछ ।

नेपाल लेखामान १६ मा स्थिर सम्पत्तिको सट्टा जायजेथा, प्लाण्ट र उपकरण भन्ने शब्दको प्रयोग भएको भएता पनि यि दुई शब्दलाई पर्यायवाची शब्दको रूपमा प्रयोग हुने गरेको छ । नेपाल लेखामान १६ अनुसार जायजेथा, प्लाण्ट र उपकरण यस्ता भौतिक सम्पत्ति हुन्ः

(क) उत्पादन वा सामान वा सेवाहरूको आपूर्तिमा प्रयोगको लागि, अरूलाई भाडामा, वा प्रशासनिक उद्देश्यका लागि राखिएको हुन्छ ; र (b) १२ महिना भन्दा बढी अवधिमा प्रयोग हुने अपेक्षा गरिन्छ।

स्थिर सम्पत्ति दुई प्रकारका हुन्छन्ः

  • स्वामित्वमुक्त सम्पत्ति भन्नाले स्वामित्वको साथ खरिद तथा प्रयोग गरिएको सम्पत्ति हो , र
  • पट्टा सम्पत्तिको अर्थ एक निश्चित अवधिको लागि अस्थायी स्वामित्व अधिकारको साथ प्रयोग गरिएको सम्पत्ति हो।

स्थिर सम्पत्तिलाई संस्थाको ग्राहक वा अन्तिम प्रयोगकर्ताहरूलाई सिधै बेचिएको सम्पत्ति बाहेकका सम्पत्तिको रूपमा पनि परिभाषित गर्न सकिन्छ।