सामग्रीमा जानुहोस्

स्प्रिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोइक स्प्रिङ

स्प्रिङ भनेको थिच्दा, तान्दा वा बटार्दा बल हटाएपछि आफ्नो पूर्ववत् आकारमा फर्कन सक्ने उपकरण हो। यो धेरै हदसम्म कठोर सामग्री (सामान्यतया धातु) बाट बनेको हुन्छ। यसलाई कुन्डली वा त्यस्तो आकारमा ढालिएको हुन्छ जसबाट यो पूर्ववर्ती आकारमा फर्कन सक्छ। स्प्रिङलाई थिच्दा, तान्दा, बटार्दा, मोड्दा यसमा स्थिति शक्ति ऊर्जा भण्डारण हुन्छ। दैनिक प्रयोगमा, स्प्रिङ शब्द प्रायः कोइल स्प्रिङलाई जनाउँछ, तर स्प्रिङ्को कयौँ अलग-अलग डिजाइनहरू पनि हुन्छन्। आधुनिक स्प्रिङहरू सामान्यतया स्प्रिङ स्टिलबाट बनाइन्छ। गैर-धातु स्प्रिङको उदाहरण धनुष हो, जुन परम्परागत रूपमा लचिलो काठबाट बनेको हुन्छ, जुन तान्दा तीर चलाउन ऊर्जा भण्डारण गरिन्छ।

१५औँ शताब्दीको सुरुतिर ढोकाको ताल्चामा कोइल स्प्रिङ प्रयोग गरिन्थ्यो।[][] पहिलो स्प्रिङ-सञ्चालित घडीहरू त्यही शताब्दीमा देखा परेका थिए [][][] र १६औँ शताब्दीमा पहिलो ठुला घडीहरूमा विकसित भए।

सन् १६७६ मा बेलायती भौतिकशास्त्री रोबर्ट हुकले हुक्स नियमको प्रतिपादन गरे, जस अनुसार स्प्रिङले प्रयोग गर्ने बल यसको विस्तारसँग समानुपातिक हुन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Springs How Products Are Made, 14 July 2007.
  2. 1 2 White, Lynn Jr. (१९६६), Medieval Technology and Social Change, New York: Oxford Univ. Press, पृ: 126–27, आइएसबिएन 0-19-500266-0
  3. Usher, Abbot Payson (१९८८), A History of Mechanical Inventions, Courier Dover, पृ: ३०५, आइएसबिएन 0-486-25593-X
  4. Dohrn-van Rossum, Gerhard (१९९८), History of the Hour: Clocks and Modern Temporal Orders, Univ. of Chicago Press, पृ: १२१, आइएसबिएन 0-226-15510-2