स्मारटोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपएसईएचके315
उद्योगमोबाइल दूरसञ्चार
स्थापितसन् १९९२
केन्द्रीय कार्यालयहङकङ
सेवा क्षेत्र
मुख्य व्यक्ति
  • रेमण्ड कोर्क (अध्यक्ष)[१]
  • एना यिप (कार्यकारी)
ब्रान्डहरू
  • SmarTone
  • Extra
सेवाहरूदूरसञ्चार सेवा
कर्मचारी सङ्ख्या
ह्रास १,८९८:12 (२,१२८[२])
मूल सङ्गठनसुन हुङ काइ सम्पत्ति
सहायक कम्पनीहरू
  • स्मारटोन मोबाइल सञ्चार
  • स्मारटोन-कम्युनिकाइज मोभिइस
वेबसाइटwww.smartone.com

स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनी लिमिटेड व्यापारीक नाम स्मारटोन (सरलीकृत चिनियाँ: 數碼通), मुख्यतया चीनका दुईवटा प्रमुख प्रशासनीक क्षेत्र हङकङमकाउमा दूरसञ्चार सेवा प्रदान गर्ने कम्पनी हो जसमा यसले मोबाइल फोन मासिक योजना, मुल्य अभिवृद्धि सेवा र मोबाइल फोन तथा विभिन्न उपकरणहरूको पनि बिक्रीवितरण गर्दै आइरहेको छ।[३] ३० जुलाई २०१४ देखि गृह फाइबर विस्तृत पट्टि इण्टरनेट सेवा तथा विस्तृत पट्टि टेलिफोन सेवाहरू प्रदान गर्दै आइरहेको छ। यसले आफ्नो क्षेत्र भित्र चौँथो पुस्ता तता तेस्रो पुस्ता सञ्जाल सेवा पनि सञ्चालन गर्दछ। स्मारटोन हङकङमा आधारित बहु-उद्योग कम्पनी सन हुङ काईको सहायक कम्पनी हो।

कम्पनीको बारेमा[सम्पादन गर्नुहोस्]

यसले सेवा विमोसप्र ९००, विमोसप्र-१८००, डब्ल्यू-सिडिएमए (२१०० मेगाहर्ज आवृत्ति) र एलटिई-२६०० मा ब्राण्ड नाम स्मारटोनले सेवा सञ्चालन गर्दछ। कम्पनी हङकङमा मोबाइल फोन सञ्चालक हो। स्मारटोन बहु उद्योग कम्पनीको रूपमा हङकङ सेयर बजारमा, हङकङको प्रमुख ४ वटा दूरसञ्चार प्रदायकहरू मध्ये सूचीकृत छ। सन् २०१६ का अनुसार यसका हङकङमा ३१ वटा बजार रहेको छ भने हङकङ टापूमा ८ वटा, काउलुनमा ११ वटा र नयाँ क्षेत्रहरूमा १२ वटा बजारहरू रहेका छन्। [४]

कम्पनी सन हुङ काई सम्पत्तिको सहायक कम्पनी हो जसले यसको ७०.९८% को स्वामित्व लिएको छ र यो बर्मुडामा दर्ता भएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एना इन हुन्। आर्थिक वर्ष सन् २०१४/२०१५ मा यसले कुल नाफा ९३५ हङकङ डलर निकालेको थियो। स्मारटोन मोबाइल सञ्चार, स्मारटोन (बिभिआई) मार्फत, अप्रत्यक्ष रूपमा स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनीको पूर्ण सहायक कम्पनी हो। स्मारटोन-कम्युनिकाओस मोभिस एसए वा स्मारटोन मकाउ, स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनीको ७२% स्वामित्वमा रहेको छ।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

स्मारटोनलाई सुन हङ काई सम्पत्ति र एबिसी सञ्चारले सन् १९९२ मा सुरुवात गरेका थिए। यसले आफ्नो सेवा मार्च १९९३ मा एसिया तथा हङकङको पहिलो विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सञ्जालको रूपमा सेवा सञ्चालन गरेको थियो। मार्च १९९८ मा यसले पि प्लस सञ्चारको अधिग्रहण गरेको थियो जसले गर्दा यसले अर्को ब्राण्ड एक्स्ट्रा प्रयोग विश्वव्यापी मोबाइल सञ्चार प्रणाली १८०० को लागि गरेको थियो। ब्राण्ड एक्स्ट्रा सन् २००२ मा समाप्त भयो र स्मारटोनको दोहोरो ब्याण्ड सञ्जालसँग समायोजन भयो।[६]

बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनसँग डिसेम्बर २००४ मा यसले साझेदारी सम्झौता गरेको थियो र त्यस लगत्तै नयाँ ब्राण्ड "स्मारटोन-भोडाफोन" आधिकारिक रूपमा अप्रिल २००५ मा, सुरुवात गरिएको थियो। यो ब्राण्ड हङकङमा मात्र प्रयोगमा ल्याइएको थियो। स्मारटोनले वास्तविक ब्राण्ड नाम मकाउमा पनि सञ्चालनमा ल्याएको थियो। [७]

१९ सेप्टेम्बर २०११ मा, स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनी लिमिटेडले भोडाफोनसँगको बजार सहयोगलाई नवीकरण नगर्न घोषणा गरेको थियो र डिसेम्बर २०११बाट यसको ब्राण्ड स्मारटोनमा फिर्ता गरिएको थियो।[८]

सञ्जाल विकास[सम्पादन गर्नुहोस्]

= हङकङ[सम्पादन गर्नुहोस्]

दोस्रो पुस्ता[सम्पादन गर्नुहोस्]

मार्च १९९३ – एसियाको पहिलो विश्वव्यापी मोबाइल सञ्चार प्रणाली मोबाइल सञ्जालको सुरुवात

डिसेम्बर १८९३ – एसियाको पहिलो स्वचालित-विश्वव्यापी मोबाइल सञ्चार प्रणाली रोमिङ सेवाको सुरूवात

डिसेम्बर २००२ –स्मारटोन इनको सुरुवात, ग्राहकहरूको लागि एक स्वामित्व उन्नत बहु मिडिया सेवा मोबाइल पोर्टलको सुरूवात।[९]

सेप्टेम्बर २०१४ – आर्थिक वर्षको सन् २०१३/२०१४ को प्रतिवेदन प्रकाशित

तेस्रो पुस्ता सञ्जाल[सम्पादन गर्नुहोस्]

डिसेम्बर २००४ – तेस्रो पुस्ता सञ्जालको सुरुवात

जुलाई २०९७ – कुनै पनि तेस्रो पुस्ता सहितको फोनको प्रयोग गर्दा ग्राहकले फ्ल्यास श्रव्य दृश्य प्रवाह गर्न सक्षम बनाउने विश्वको पहिलो कम्पनी बनेको थियो।

अप्रिल २०१० – २८.८ मेगाबाइट प्रति सेकेण्डको इण्टरनेट गति

सेप्टेम्बर २००१ – हङकङका सफलतापूर्वक तेस्रो पुस्ता अनुमतिपत्रको बोली

मार्च २०११ – तेस्रो पुस्ताको लागि ८५० मेगाहर्ज आवृत्तिको लिलामीमा सफलता हासिल। [१०]

चौँथो पुस्ता[सम्पादन गर्नुहोस्]

अगष्ट २०१२ – १८०० मेगाहर्ज आवृत्ति सहितको, चौँथो पुस्ता सञ्जालको सुरुवात गरियो जसले हङकङमा उपलब्ध सबै स्मार्टफोनहरूलाई समर्थन गर्दछ।[१०]

सेप्टेम्बर २०१२ मा – आईफोनमा चौँथो पुस्ता प्रस्ताव गर्न एप्पलद्वारा स्वीकृति प्राप्त एकमात्र मोबाइल सञ्जाल सञ्चालन बनेको थियो

नोभेम्बर २०१२ – एमटिआर टापूमा चौँथो पुस्ता दीर्घकालीन सञ्जाल सञ्चालन र सबै सुरुङहरूमा सञ्जालको विस्तार।[११]

पाँचौ पुस्ता[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१६ – एरिक्सनसँग ५ वर्षे पाँचौ पुस्ता सञ्जाल साझेदारी सम्झौतामा हस्ताक्षर।[१२][१३]

मकाउ[सम्पादन गर्नुहोस्]

दोस्रो पुस्ता[सम्पादन गर्नुहोस्]

जुलाई २००१ – मकाउमा विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सुरुवात।

तेस्रो पुस्ता[सम्पादन गर्नुहोस्]

जुलाई २०१० – मकाउमा तेस्रो पुस्ता सञ्जालको सञ्चालन

चौँथो पुस्ता[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१५ – मकाउमा चौँथो पुस्ता सञ्जालको सुरुवात।[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. 委任執行董事及總裁、終止出任暫代總裁及變更授權代表及接收法律程序文件代表 2016-05-23
  2. 數碼通電訊集團有限公司2015 / 2016 年度之中期業績公佈(P.8) 僱員及購股權計劃
  3. 光纖寬頻 – Standalone वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-२२ मिति數碼通電訊集團 4/2017
  4. SmarTone> 聯絡我們> 分店地址 2016-07-26
  5. "2014/2015年度之全年業績公佈", 數碼通, २०१५-०९-०१। 
  6. "數碼通統一品牌結束Extra 下月合併十二門市 客戶可轉用雙頻網", 太陽報 (चिनियाँमा) (हङकङ), २२ जुलाई २००२, अन्तिम पहुँच २२ नोभेम्बर २०१८ 
  7. "數碼通及Vodafone雙方同意不再延續市場營銷合作", 數碼通, २०११-०९-१९। 
  8. SmarTone 與 Vodafone 簽訂夥伴合作協議 ,2004年12月15日
  9. 電訊管理局:第三代流動服務頻譜競投結果公佈 वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-२९ मिति
  10. १०.० १०.१ SmarTone> 關於我們> 里程碑
  11. 香港五大LTE網絡宣佈打通港鐵主要路線,那非主要的呢? वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-२५ मिति,2013年1月22日
  12. 3HK 與 SmarTone 也宣佈延伸其 4G LTE 網絡覆蓋了 वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-२९ मिति,2013年11月10日
  13. SmarTone 進一步擴展港鐵內 4G LTE 網絡覆蓋
  14. 《市民日報》數碼通推出4G服務,2015-11-12[dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट[dead link]