सामग्रीमा जानुहोस्

स्मार्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्मार्त
गणेश-केन्द्रित पञ्चायतनमा स्मार्तका पाँच प्रमुख देवताहरू: गणेश (बीचमा), शिव (माथि बायाँ), आदि शक्ति (माथि दायाँ), विष्णु (तल बायाँ) र सूर्य (तल दायाँ)
गणेश-केन्द्रित पञ्चायतनमा स्मार्तका पाँच प्रमुख देवताहरू: गणेश (बीचमा), शिव (माथि बायाँ), आदि शक्ति (माथि दायाँ), विष्णु (तल बायाँ) र सूर्य (तल दायाँ)
स्थापनाकर्ता
आदि शङ्कराचार्य[]
धर्म
हिन्दु धर्म
शास्त्रहरू
वेद  स्मृतिशास्त्र
भाषाहरू
संस्कृत, प्राचीन तमिल भाषा
सम्बन्धित जातीय समूहहरू
बब्बुरकम्मे, अइयर, देशस्थ, होयसाल कर्नाटक ब्राह्मण, आदि।
पश्चिमी भारतमा स्मार्त ब्राह्मणहरू (सन् १८५५–१८६२)

स्मार्त परम्परा हिन्दु धर्मको एउटा यस्तो आन्दोलन हो जुन पुराण साहित्यको विकास र विस्तारसँगै अगाडि बढेको थियो।[] यसले चारवटा दार्शनिक धारहरू, अर्थात् उत्तर मीमांसा, अद्वैत, योग र आस्तिकता (ईश्वरवाद) को समन्वयलाई प्रतिबिम्बित गर्दछ। स्मार्त परम्पराले संकीर्ण साम्प्रदायिकतालाई अस्वीकार गर्दछ भने यो पाँचवटा मन्दिर वा स्थानमा पाँच देवताहरूको उपासनाका लागि प्रसिद्ध छ जहाँ गणेश, शिव, शक्ति, विष्णुसूर्य जस्ता देवीदेवताहरूलाई समान मानिन्छ।[] स्मार्त परम्परा विस्तृत यज्ञ र कर्मकाण्डहरूमा आधारित पुरानो श्रौत परम्पराको तुलनामा भिन्न थियो।[][] स्मार्त परम्पराका विचार र अभ्यासहरू हिन्दु धर्मका अन्य महत्त्वपूर्ण ऐतिहासिक आन्दोलनहरू जस्तै शैव, ब्राह्मणवाद, वैष्णवशाक्त धर्मसँग निकै हदसम्म मेल खान्छन्।[][][]

स्मार्त परम्परा हिन्दु धर्मको (प्रारम्भिक) शास्त्रीय कालमा सामान्य युगको सुरुतिर विकसित भएको थियोे भने ब्राह्मणवाद र स्थानीय परम्पराहरू बीचको अन्तरक्रियाबाट आधुनिक हिन्दु धर्मको उदय भएको मानिन्छ।[][] स्मार्त परम्परा अद्वैत वेदान्तसँग निकट छ र यसले आदि शङ्कराचार्यलाई आफ्नो संस्थापक वा सुधारक मान्दछ।[१०] शङ्कराचार्यले अन्तिम सत्य निराकार र 'निर्गुण' (गुणरहित) हुन्छ र कुनै पनि प्रतीकात्मक ईश्वरले सोही उद्देश्य पूरा गर्छ भन्ने तर्कको वकालत गरेका थिए।[११] यसै विश्वासबाट प्रेरित भएर, स्मार्त परम्पराका अनुयायीहरूले पाँच हिन्दु देवताहरूका साथै आफ्नो अभ्यासमा छैठौँ निराकार ईश्वर (ब्रह्म) लाई पनि समावेश गर्दछन्।[११] विलियम ज्याक्सनका अनुसार यस परम्पराको दृष्टिकोण "अद्वैतवादी र एकात्मवादी" रहेको छ।[१२]


स्मार्त शब्दले ती ब्राह्मणहरूलाई पनि बुझाउँछ जसले 'गृह्य सूत्र' भनिने स्मृति ग्रन्थहरूमा विशेषज्ञता हासिल गरेका हुन्छन्। [१३][१४][१५][१६] स्मृति ग्रन्थहरूमा केन्द्रित हुने स्मार्त ब्राह्मणहरू श्रौत ब्राह्मणहरू भन्दा फरक हुन्छन्, जसले श्रुति ग्रन्थहरू अर्थात् वेदमा आधारित जटिल यज्ञ र कर्मकाण्डहरूमा विशेषज्ञता राख्दछन्।[१७]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

स्मार्त शब्द स्मृतिबाट बनेको विशेषण हो।[१८] स्मृति हिन्दु ग्रन्थहरूको एक विशिष्ट समूह हो जुन सामान्यतया कुनै लेखकसँग सम्बन्धित हुन्छ र परम्परागत रूपमा लिखित रूपमा रहे पनि समयअनुसार परिमार्जन भइरहन्छ। यसको विपरित श्रुति (वैदिक साहित्य) लाई लेखकविहीन मानिन्छ, जुन पुस्तान्तरणका क्रममा मौखिक रूपमा सञ्चार गरिएको थियो र स्थिर राखिएको थियो।[१९][२०]

'स्मार्त' का धेरै अर्थहरू छन्:[१८][२१]

  • स्मरण वा स्मृतिसँग सम्बन्धित
  • स्मृतिमा लिपिबद्ध गरिएको वा स्मृतिमा आधारित
  • परम्परामा आधारित, परम्परागत कानुनद्वारा निर्धारित वा स्वीकृत
  • परम्परागत कानुन र वेदान्त सिद्धान्तमा पोख्त वा त्यसद्वारा निर्देशित कट्टर ब्राह्मण

स्मार्त परम्पराको सन्दर्भमा, 'स्मार्त' शब्दको अर्थ "स्मृतिको अनुयायी" भन्ने हुन्छ।[२२] मोनिएर विलियम्सका अनुसार, स्मार्त शब्द विशेषगरी "आदि शङ्कराचार्यद्वारा स्थापित सम्प्रदाय"सँग सम्बन्धित छ।[२१] दक्षिण भारतका केही परिवारहरूले श्रौत विधिलाई कडाईका साथ पालना गर्छन् र कुनै पनि वेदान्त प्रणालीलाई स्वीकार गर्दैनन्। तिनीहरूमा महिलाहरूले समेत जनै लगाउने चलन रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. U Murthy (1979), Samskara, Oxford University Press, ISBN 978-0195610796, p. 150.
  2. 1 2 Flood 1996, पृष्ठ 113.
  3. "Smarta sect | Hinduism", Encyclopedia Britannica (अङ्ग्रेजीमा)।
  4. Knipe 2015, पृष्ठ. 36–37.
  5. Flood 1996, पृष्ठ. 113, 134, 155–161, 167–168.
  6. Sanderson, Alexis. "The Saiva Age: The Rise And Dominance Of Saivism During The Early Medieval Period". In Genesis And Development of Tantrism, Edited By Shingo Einoo. Tokyo: Institute Of Oriental Culture, University Of Tokyo, 2009. Institute Of Oriental Culture Special Series, 23, pp. 276–277.
  7. John Shephard (2009), Ninian Smart On World Religions, Ashgate, आइएसबिएन ९७८-०७५४६६६३८७, p. 186.
  8. Hiltebeitel 2013.
  9. Flood 1996.
  10. U Murthy (1979), Samskara, Oxford University Press, आइएसबिएन ९७८-०१९५६१०७९६, p. 150.
  11. 1 2 L. Williamson (2010), Transcendent in America: Hindu-inspired Meditation Movements as New Religion, New York University Press, आइएसबिएन ९७८-०८१४७९४५००, p. 89.
  12. William Jackson (1994), Tyāgarāja and the Renewal of Tradition, Motilal Banarsidass, आइएसबिएन ९७८-८१२०८११४६१
  13. Knipe 2015, पृष्ठ 36.
  14. Buhnemann, Gudrun, Puja: A Study In Smarta Ritual, Publications Of The De Nobili Research Library, Gerold & Co., Vienna, 1988. pp. 32–33.
  15. Buhnemann, Gudrun, Mandalas And Yantras In The Hindu Traditions, Leiden, Brill, 2003. p. 57. "Initially A Brief Explanation Of The Word Smarta May Be In Order. Smarta Is A Rather Loosely Used Term Which Refers To A Brahmin Who Is An 'Adherent Of The Smrti' And Of The Tradition Which Is 'Based On The Smrti'."
  16. Flood, Gavin (1996), An Introduction To Hinduism, Cambridge University Press. p. 17. "There Is Also An Important Tradition Of Brahmans Called Smartas, Those Who Follow The Smrti Or Secondary Revelation ..." p. 56. "The Brahmans Who Followed The Teachings Of These Texts Were Known As Smartas, Those Who Followed The Smrtis ..." p. 113. "The Brahmans Who Followed The Puranic Religion Became Known As Smarta, Those Whose Worship Was Based On The Smrtis, Or Pauranika, Those Based On The Puranas."
  17. Gavin Flood (२००६), The Tantric Body: The Secret Tradition of Hindu Religion, I. B. Tauris, पृ: 6–7, आइएसबिएन 978-1-84511-011-6
  18. 1 2 Spoken Sanskrit Dictionary, smArta
  19. Wendy Doniger O'Flaherty (1988), Textual Sources For The Study Of Hinduism, Manchester University Press, आइएसबिएन ०-७१९०-१८६७-६, Pages 2–3
  20. Doniger 1999, पृष्ठ 1017.
  21. 1 2 Monier Monier-Williams (१९२३), A Sanskrit–English Dictionary, Oxford University Press, पृ: ११५४।
  22. Dermot Killingley (2007), Encyclopedia Of Hinduism (Editors: Denise Cush Et Al), Routledge, आइएसबिएन ९७८-०७००७१२६७०, Page 456