स्वर्गद्वारी महाप्रभु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




स्वर्गद्वारी महाप्रभु[सम्पादन गर्ने]

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्म संस्थापनार्थाय संभवामि युगे युगे ।।]]

संसारमा धार्मिक क्रियाकलापतिर रुचि र आस्था घटेर मानव समाज जुन बेला स्वर्थान्धता र निन्दनीय कामतिर प्रवृत्ति बढाउन थाल्दछ त्यस

समयमा भगवान्ले अवतार ग्रहण गरेर सन्मार्गको निर्देश गर्नुहुन्छ भन्ने भाव उपर्युक्त श्लोकमा प्रकट भएको छ । यज्ञादिकर्म, वेदाध्ययन, सर्वभूत

दया, परोपकार, ममता, वसुधैव कुटुम्बकम् जस्ता मानवीय भावनालाई मानिसले विर्सन लागेको देखी मानव समुदायमा सद्भाव, मानवीय नाता

कायम राखी धर्मलाई लोप हुनबाट बचाउनका लागि साक्षात् वैकुण्ठबासी नारायण नै प्रभुका रूपमा अवतीर्ण हुनुभएको बिश्वास सबैलाई छ । जसको

प्रभावले आजसम्म दुर्गम तर ज्यादै रमणीय स्वर्गद्वारी शैलशिखरमा सदियौं देखि (११६ वर्ष भन्दा पनि लामो समयदेखि) स्वाहाकारका गगनभेदी

ध्वनि, चित्तरंजक वेदध्वनि गुन्जायमान छ ।

स्वर्गद्वारी महाप्रभु (स्वामी कपिलानन्द)काे जन्म वर्तमान नेपालको मध्यपश्चिमांचल क्षेत्र अन्तर्गत पर्ने रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.

सं. १९१६ सालको श्रावणशुक्ल पुत्रदा एकादशी तिथिमा भएको हो । बाल्यकालमा अनेक अलौकिक लीला गर्दै महाप्रभुले आफू जन्मेको गाउँमा पनि

अनेक महायज्ञ गरी वि. सं. १९५२ बाट प्युठान जिल्लामा पर्ने पवित्र तीर्थ भूमि स्वर्गद्वारीमा विश्वशान्तिको पवित्र कामनाले अखण्ड महायज्ञ

प्रारम्भ गर्नुभएको हो । महाप्रभु आफ्नो पाँच वर्षको उमेरदेखिनै तपस्वी हुनुभएकोले वहाँलाई बाल तपस्वी भनिन्छ । महाप्रभुले सिद्ध सन्त

सच्चिदानन्द गिरिबाट सन्यासदीक्षा लिनुभएको थियो तसर्थ वहाको अर्को नाम स्वामी हंसानन्द गिरि हो ।

महाप्रभुको तपस्वी जीवनमा वि.सं. १९२९ देखी १९४१ सम्मको अवधिलाई विशेष महत्त्वका साथ लिइन्छ । यो अवधिभर वहाँले समाजबाट टाढा

रही निराहार रही ब्रह्म चिन्तनमा र ठूला ठूला यज्ञहरू गर्दै दिनहरू बिताउनुभयो । महाप्रभुको जीवनलाई नियाल्दा हामीले बिर्सन नहुने अर्का

महत्वपूर्ण व्यक्तित्व हुन् स्वामी बोधानन्द गिरि (पूजारी महाराज) । पुजारीमहाराजको जन्म वि. सं. १९१७ सालमा रुकुम जिल्लामा भएको हो ।

पूजारीमहाराज पनि सिद्ध सन्त हुनुहुन्थ्यो । आफ्नो बल्यावस्थादेखि नै तलाउको बिचमा तपस्या गरी ब्रह्मचिन्तनमा लाग्नुभएका पूजारीमहाराज

स्वर्गद्वारी महाप्रभुको अनन्य भक्त भई अन्तिम समयसम्म पनि महाप्रभुको साथ दिनु भयो ।

यहाँ विभिन्न धार्मिक कार्य अविच्छिन्न रुपमा चल्दै आएका छन् । यहाँ पुग्ने दर्शनार्थी वैदिकसंस्कृतिको सजीव र जल्दोबल्दो रुप माधुरिको

शालीनतालाई अनुभव गरी नतमस्तक बन्दछन् । वैदिक सनातनधर्मको आधारस्तम्भ स्वर्गद्वारी आश्रमको संस्थापक त्रिकालदर्शी श्री स्वर्गद्वारी

महाप्रभु वि.सं. १९९७ को मार्ग शुक्लपक्षको चौथी तिथिमा आफ्नो पांचभौतिक शरीर त्यागी महासमाधिमा लीन हुनुभएको थियो ।